ट्रेंडिंग:

>> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो >> सञ्चारमन्त्री खरेल भन्छन् – राजनीतिमा अब युवाहरुको दबदबा कायम हुनुपर्छ >> नयाँ चार मन्त्री थपिने भएपछि भूमिमन्त्री सिन्हाको मन्त्रालय फेरिने >> संस्थापन समूहबाट सभापतिमा डा. प्रकाशशरण महतको दाबी >> चौथोपटक मन्त्रिपरिषद् विस्तार हुँदै, को-को बन्दैछन् नयाँ मन्त्री ? >> सुन तोलामा ३ हजार ५ सयले बढ्यो, चाँदीले दिनहुँ नयाँ रेकर्ड बनाउँदै >> सशस्त्रद्वारा १७ बुँदे निर्वाचन परिचालन नीति सार्वजनिक >> एशिया कप आजदेखि यूएईमा शुरू, नेपालले भोलि श्रीलङ्कासँग खेल्ने >> दाउन्ने क्षेत्रमा कामले तिब्रता लिएपनि यात्रुलाई भने सास्ती >> अस्ट्रियाले विद्यालयमा लगायो हिजाब लगाउन प्रतिबन्ध >> बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवा दोषी ठहर, दुई वर्ष जेल सजाय >> निर्वाच वैशाखसम्म पुगे पनि स्वभाविक रुपमा स्वीकार गर्नुपर्छ : विश्वप्रकाश शर्मा >> तत्कालीन सीडीओ छवि रिजालमाथि भ्रष्टाचारको अनुसन्धान >> जेनजीसँगको सम्झौता कार्यान्वयन गर  >> कोलनगर उत्खननका भग्नावशेष पर्यटकले खुल्ला देख्न पाउने >> गुल्मीमा २० करोडको सुन्तला ‘बिजु बिरुवा’ मा किसानको आकर्षण >> एमाले केन्द्रीय सदस्यका लागि युवा नेता गोपाल रानाको उम्मेदवारी घोषणा >> एमालेको सचिवालय बैठक आज बस्दै >> भिजिट भिसा प्रकरण : यसरी हुन्थ्यो घुस लेनदेन >> दाङकी उर्मिला : टायल-मार्बल मिस्त्री पेशामा महिला पहिचान बनाउने साहसी हस्ती >> जेनजी आन्दोलनको क्षति मूल्याङ्कन समितिले बुझायो प्रतिवेदन, ८४ अर्व ४५ करोडको भौतिक क्षति >> यामाहा ‘ब्लु स्क्वायर’ शोरूम बुटवलको कालिकानगरमा सञ्चालनमा >> विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा >> विराटनगरले टस जित्यो, लुम्बिनीले पहिले ब्याटिङ गर्दै >> प्रतिनिधि सभा सदस्यका लागि नेपाली काङ्ग्रेस दाङबाट ३ निर्वाचन क्षेत्रमा २० जना सिफारिस  >> पूर्व सीडीओ रिजालको लिखित जवाफ- घुँडा मुनिसम्म गोली हान्ने आदेश दिएको हुँ >> गोवा आगलागी : भागेका नाइटक्लब मालिक लुथरा दाजुभाइ थाइल्यान्डमा पक्राउ >> घुसपैठले बल प्रयोग भयो, मेरो भूमिका छैन : पूर्वगृहमन्त्री लेखक >> लामिछाने र जोशीको मुद्दा आज पनि हेर्न नमिल्ने >> आरजु देउवा भन्छिन् – मेरो घरमा नोट जलेको होइन >> जेनजी र सरकारबिच सम्झौता, ७ वटा आयोग र संयन्त्र गठन हुने >> स्वास्थ्यमन्त्री गौतम भन्छिन् : नेपालमा बीमाको व्यवस्था दिगो छैन >> सुनको मूल्य आज तोलामा १ हजार रुपैयाँले बढ्यो >> ट्रम्पद्वारा नयाँ ‘गोल्ड कार्ड’ आप्रवासन भिसा सार्वजनिक >> सम्झौता वार्तामा घुसपैठ भएको सुदन गुरुङको दाबी

१९ औं सास्कृतिक साझको तयारीमा राधाकृष्ण

२० आश्विन २०८१, आइतबार
२० आश्विन २०८१, आइतबार

बुटवल, २० असोज । सामाजिक क्षेत्रमा अग्रसर बुटवलको राधाकृष्ण युवा क्लबले विजयादशमी तथा शुभ दिपावलीको अवसरमा सास्कृतिक साझ २०८१ आयोजना गर्ने भएको छ । क्लबको नियमित वार्षिक कार्यक्रम अनुसार नै यसवर्ष १९ औ संस्करणको सास्कृतिक साझको तयारी भएको क्लबका अध्यक्ष यम बरालले बताए । कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न सन्तोष भण्डारी संयोजक हुने गरि टिमलाई आवश्यक जिम्मेवारी दिईएको उनले बताए । स्थानिय कलाकारहरुलाई प्रोत्साहन मिल्ने गरि क्लबबाट विभिन्न सहयोगदाताहरुको सहयोगमा वर्षेनी मनोरन्जनात्मक कार्यक्रम गर्दै आएको उनले बताए ।

यसैबिच शनिबार क्लबको सचिवालयमा वडादशै तथा शुभ दीपावली शुभकामना आदानप्रदान कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ६ का वडा सदस्य चीनकाजी श्रेष्ठले नगरभित्र नै युवाहरुलाई एकजुट बनाएर सामाजिक कार्यमा क्लबबाट समाज सुधारका धेरै राम्रा गतिविधिहरु संचालन भएको बताए । यसमा स्थानिय सरकारबाट समेत सधै सहयोग गर्ने उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा वडा नं. ५ का वडासदस्य बिन्दु बिश्वकर्मा, रुपन्देही व्यापार संघका अध्यक्ष दिपक अधिकारी, सुन्दरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष तथा क्लबका सल्लाहकार बिरमान लामा, लुम्बिनी फलफूल तथा थोक तरकारी संघका पुर्वअध्यक्ष उजिर शाह, कृष्ण पोखरेल., मणि खनाल, टोल बिकास संस्थाका अध्यक्षहरु पुर्ण बि.क, बुद्ध बोहरा, सुरेन्द्र श्रेष्ठले समुदायमा अपनत्व हुने गरि आगामी दिनमा थप रचनात्मक कार्यक्रम गर्न सुझाव दिए ।

कार्यक्रममा क्लबका उपाध्यक्ष रिम बहादुर सारुले क्लबबाट निरन्तर वृहत रक्तदान, समुदायमा लागुऔषधबारे सचेतना, सडक दुर्घटना न्युनिकरण जस्ता कार्यक्रम समेत गर्दै आएको बताए ।

यसैगरि बुटवल उपमहानगरपालिका ५ स्थित तिनाउ पार्कमा क्लबबाट बालबालिका खेल्न पिङ बनाउने काम समेत भएको क्लबका सहसचिव सुमित खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?