ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

जिवन बदलिएर जेसिका

डान्स, महिला—पुरुषको स्वरमा गीत गाउन सक्नु उनको फरक क्षमता हो । हिन्दी, नेपाली गीतहरू ब्यवसायिक गायकजस्तै मजाले गाउँछिन । ‘भगवानले मलाई फरक क्षमता दिएको छ । महिला पुरुष दुबैको स्वरमा गीत गाउँन सक्छु’, महिला आवाजमै उनले सुनाईन,‘हाल मेरो माग बढ्न थालेको छ ।
२० आश्विन २०८१, आइतबार
२० आश्विन २०८१, आइतबार

बाँके, २० असोज ।
केही वर्षअघि उनी जीवन खडका भनेर चिनिन्थे । भित्रि मनले महिला बन्ने रहर । तर सामाजिक बाध्यता थियो । भित्रि इच्छा दबाएरै बसे । तर दबाएर कतिन्जेल बस्न सक्ने ? ‘हाल म जेसिका खडकाले चिनिन् थालेकी छु,’ कोहलपुर नगरपालिका ४ की २५ वर्षीया सुन्दरी खुलिन । सानै छँदा बुबा-आमा बिते । माया गर्ने भेटिएनन् । बिद्यालय जान्थे । शारिरीक स्वभाव महिलाको जस्तो थियो ।
साथीभाईहरूले मजाकमा उडाउँथे । उनको आत्माबल कमजोर बन्थ्यो । तर बिद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा भने चर्चा उनकै थियो । कारण— डान्सर । हरेक गीतमा नाच्थिन । दर्शकहरू नाचको प्रशंसा गर्थे । केटी बनेर नाच्न पाउँदा उनी हुरुक्कै हुन्थिन । ‘सानै उमेरदेखि मेरो केटी बन्ने चाहना थियो । सांस्कृतिक कार्यक्रमले त्यो जुराउँथ्यो,’ उनले मनको बहा पोखिन,‘समान्य अवस्थामा महिला बनेर हिड्न समस्या हुन्थ्यो । तर सांस्कृतिक कार्यक्रममा भने महिला बन्न छुट थियो ।’ कलाले लैंगिक विभेद स्वीकार्दैन ।’
जान्ने भएदेखि जेसिका बनेर नखुल्दासम्म लामो समय उनी उकुसमुकुसमै बिताईन । इच्छा दबाएर बाँचिन । अन्तरआत्माले महिला बन्ने सपना पूरा नहुँदा एक्लै रुन्थिन । सामाजिक परिबेशले बाँधेको थियो । एक मनले महिला बनेर स्वछन्द भएर हिड्न चाहन्थिन । तर सामाजले गर्ने ब्यवहारले आफूलाई रोक्थिन । ‘एक्लै घरमा भएका बेला रुन्थे । आफूले आफैलाई धिकार्थे,’ जेसिकाले भनिन्,‘नाच्नु र गाउनु मेरा बाल्यकालदेखिको रहरले यहाँसम्म ल्याई पु¥यो ।’ तेस्रो लिंगी होईन । उनी आफूलाई महिला भन्न बढी रुचाउँछिन ।
जेसिका जति नाच्नमा पोख्त छिन त्यही धेरै गीत गाउँन पनि । अनौठो के भने उनी महिला र पुरुष दुबैको आवाजमा गीत गाउँछिन् । मेला महोत्सवमा उनको माग बढ्न थालेको छ । डान्स, महिला—पुरुषको स्वरमा गीत गाउन सक्नु उनको फरक क्षमता हो । हिन्दी, नेपाली गीतहरू ब्यवसायिक गायकजस्तै मजाले गाउँछिन । ‘भगवानले मलाई फरक क्षमता दिएको छ । महिला पुरुष दुबैको स्वरमा गीत गाउँन सक्छु,’ महिला आवाजमै उनले सुनाईन,‘हाल मेरो माग बढ्न थालेको छ । गीतका लागि पनि अफर आईरहेका छन् ।’ सुरुमा उनले थारु भाषाको गीत गाउने अवसर पाएका थिए । उक्त गीत रुचाइएपछि माग बढेको हो । राजधानी काठमाडौंबाट पनि गीतका लागि अवसर आउन थालेकोमा उनी निकै खुसी छन् । ‘पहिले जतिनै दुःख गरेपनि हाल आएर मेरो सपना पूरा हुन थालेको छ,’ उनले भनिन्,‘अवसरहरू पाउन थालेको छु । आफूलाई त्यसरी नै तयारी पनि गरिरहेको छु ।’
तेस्रो लिंगीहरूको हकहितमा काम गर्ने संघसंस्थाहरूको सहयोग पाएपछि उनलाई खुल्न सहज भएको हो । ‘जन्म दिने बुबाआमाले जीवन नाम दिए । कर्मले जेसिका,’ उनले भनिन् । जेसिकको संघर्षपछिको सफलताको प्रचार हुँदै गएपछि सन्चार माध्यमहरूले अन्र्तवार्ता र कुराकानीका लागि बोलाउन थालेका छन् ।
टेलीभिजन र रेडियोहरूमा उनले संघर्षपछिको सफलता बारे बोलिरहेकी छन् । ‘पहिले अनेकथरी भन्नेहरू प्रसंशा गर्न थालेका छन्,’ उनले भने,‘जेसिकाका नामले चर्चामा आउन सकेकोमा निकै खुसी छु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?