ट्रेंडिंग:

>> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ? 

रोटरी क्लव अफ बुटवल चौतारीको योगअभ्यासमा पथिक फाउण्डेशनको साथ

१९ आश्विन २०८१, शनिबार
१९ आश्विन २०८१, शनिबार

बुटवल, १९ असोज ।

रोटरी क्लव अफ बुटवल चौतारीले क्लवको २२२ औं नियमित बैठकका अवसरमा योगा, ध्यान सहित विजयादशमीको शुभकामना कार्यक्रम गरेको छ ।

पथिक फाउण्डेशन योगाहल तिलोत्तमा–३ शंकरनगरमा आयोजित कार्यक्रममा क्लवका सदस्य रोटरीयनहरुलाई योगा तथा ध्यान गराइएको थियो । त्यस्तै सोही अवसरमा दसैंको शुभकामना आदानप्रदान कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा क्लवका निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी, पश्चिम नवलपरासीका जिल्ला न्यायाधीश हरि प्रसाद पंगेनी, क्लवका संस्थापक अध्यक्ष डा. विष्णुप्रसाद घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस्तै कार्यक्रममा पथिक फाउण्डेशन रुपन्देहीका संयोजक माधव पौडेलले योगा तथा ध्यान, यसको महत्व, यसले मानिसको जीवनमा पार्ने सकारात्मक प्रभावबारे जानकारी गराएका थिए । स्वास्थ्यका लागि योग र ध्यान अपरिहार्य रहेको भन्दै पौडेलले अहिले सबैतिर यसको महत्व बढ्दै गएको र आम नागरिक योगा तथा ध्यानप्रति आकर्षित हुने गरेको बताए । पथिक फाउण्डेशनले शनिबार आफ्नै आर्थिक व्यवस्थापनमा रोटरीयनहरुलाई योग तथा ध्यानमा सहभागी गराएको हो ।

क्लवका अध्यक्ष नुमेन्द्र पौडेलले क्लवले बेलाबेलामा रचनात्मक कार्यक्रम गर्दै आइरहेको जानकारी गराउँदै व्यक्ति कुनै पनि काम गर्नका लागि पूर्णरुपमा स्वस्थ रहनुपर्छ भन्ने मान्यताका साथ शनिबार दसैं शुभकामनाका साथमा सम्पूर्ण रोटरीयनहरुलाई योगअभ्यास तथा ध्यान गराइएको बताए । उनले आगामी कात्तिक २४ गते हुने रक्तदान कार्यक्रममा रोटर्याक्ट क्लव अफ बुटवल चौतारीले पनि सहभागिता जनाउने बताए । रोटर्याक्ट क्लव अफ बुटवल चौतारीका अध्यक्ष गोविन्द पाण्डेले रक्तदान कार्यक्रममा आफ्नो क्लवले पनि सहकार्य गर्ने जानकारी गराएको पौडेलले बताए । त्यस्तै रोटर्याक्ट क्लव अफ भैरहवा चौतारीका अध्यक्ष आकाश पौडेल र इन्टर्याक्ट क्लव अफ बुटवल चौतारीका अध्यक्ष राहुल पाण्डेले पनि रक्तदानमा सहकार्य गर्ने भएका छन् । यी तिनैवटा क्लव रोटरी क्लव अफ बुटवल चौतारीका भातृ संस्था हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?