ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

मासु व्यवसायी पशु बधशालामा नजाने

१९ आश्विन २०८१, शनिबार
१९ आश्विन २०८१, शनिबार

बुटवल, १९ असोज ।
बुटवलमा मासु व्यवसाय गर्दै आएका व्यवसायीहरूले बुटवल उपमहानगरपालिकाले ठेक्का सम्झौता गरी सञ्चालनमा आएको बधशालामा नजाने घोषणा गरेका छन् ।बुटवल उपमहानगरपालिकाले खसीबोका अनिवार्य रूपमा पशुबधशालामा बध गरेको मासु मात्रै प्रयोग गर्न कडाईगरेपछि मासु व्यवसायीहरूले पहिला आफ्नो पहलमा उद्यमी महिला, मासु व्यवसायीहरूको साझा पहलमा सम्झौता नै गरेको बधशाला नियतवस अन्य नीजी कम्पनीलाई दिएको भन्दै बधशाला बहिस्कार गर्ने घोषणा गरेका हुन ।

मासु व्यवसायी संघ रूपन्देहीका अध्यक्ष विशाल थापाले बुटवल उपमहानगरपालिकाले हेफर ईन्टरनेशनलको प्राविधिक सहयोगमा प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाको लगानीमा स्थापना भएको बधशाला लाई मासु व्यवसायीहरूको सहभागीता विना चलाउने दिने कारण नै षडयन्त्र भएको बताए । उनले व्यवसायीहरूको सहभागीतामा ३५ हजार भन्दा बढि महिला उद्यमी सहकारी मार्फत ४ वटा ईन्भेष्टमेन्ट कम्पनीको लगानीमा रहेको बुटवल मासु उत्पादन तथा प्रसोधन उद्योग लिमिटेडलाई दिने गरी मिति २०७८ असोज ७ गते परियोजनाको मनासय पत्र नगरपालिकाले आह्वान गरे अनुसार सोही बर्षको पुस २७ गते मासु उत्पादन तथा प्रसोधन प्रालिले पेश गरेको प्राविधि प्रस्ताव मुल्यांकन गरी आर्थिक प्रस्ताव खोल्न बोलाएको थियो । सोही अनुसार २०७९ जेठ ११ गते सम्झौताको लागि बोलाएको थियो । माघ २९ गते नगरपालिका प्रमुख, उपप्रमुख सहित प्रमुख प्रशासकीय अधिकृत रहेफर ईन्टरनेशनल सहितको सहभागीतामा बुटवल मासु उत्पादन तथा प्रसोधन प्रालिका अध्यक्ष सहित सञ्चालकहरूको समेत सहभागीतामा बार्षिक रूपमा ४७ लाख ३९ हजार रूपैयाँमा बधशाला सञ्चालन गर्ने निर्णय समेत गरेको थियो ।

सो निर्णयको अनुमोदन कार्यपालिका बैठकलले फागुन २ गते स्वीकृत समेत गरेको छ । यस्तै चैत २७ गते बैंक ग्यारेन्टीको लागि समेत पत्र बुटवल उपमहानगरपालिकाले प्रालिलाई आग्रह गरेको थियो । तर २०८० जेठ ३ गते नगरपालिकाले विभिन्न कारण देखाउँदै बोलपत्र पुरानो सम्झौता अनुसार गर्न सक्ने भन्दै रद्द गरेको थियो ।
यसरी व्यवसायी, किसान, महिला उद्यमी समूहको विचमा गरेको सम्झौता भन्दा विपरित नयाँ टेन्डर आह्वान गरेपछि अहिले मुक्तीनाथ लाईभस्टक बैंकले बुटवलको बधशाला सञ्चालन गरिरहेहेको छ । यसरी पहिला सम्झौता गरेको व्यवसायीको संस्थाको रद्द गरी अर्को कम्पनीलाई टेन्डर दिएपछि व्यवसायीहरूले सुरु देखि नै यको विरोध गर्दै आएका थिए ।

व्यवसायीहरूलाई व्यवसाय गर्न नपाउने अवस्था सृजना गरेको बुटवल मासु उत्पादन तथा प्रसोधन उद्योग प्रालिका अध्यक्ष समेत रहेका मासु व्यवसायी कृष्ण प्रसाद पौडेल बताउँछन् । उनले अहिले व्यवसायीहरूलाई अनिवार्य रूपमा मुक्तीनाथ संग मात्रै किन्नुपर्ने सर्त अगाडि सारेर बुटवल उपमहानगरपालिकाले सिन्डीकेट लागु गरेको आरोप पौडेलको छ ।
नयाँ बधशाला स्थापनाको लागि समेत बन्द गर्ने गरी नगरपालिकाले बनाएको मासु जाँचले बन्देज गरेको भन्दै यसको विरोध गरिएको व्यवसायी विशाल थापा बताउँछन् ।

उद्यमी महिला ईन्भेष्टमेन्ट प्रालिका अध्यक्ष तथा महिला सहकारी उद्यमी संस्थाका संयोजक होमादेवी पौडेलले प्रदेश भित्र रहेका ३५ हजार भन्दा बढि महिला सदस्यहरूलाई नगरपालिकाले बधशालामा लगानी र सहभागी हुन बाट रोकेर लात हान्ने काम गरेको बताईन् ।
हेफर ईन्टरनेशनल नेपालका कार्यक्रम प्रबन्ध प्रेम श्याम्बुले हेफरले बधशाला स्थापनाको लागि ५ करोड भन्दा बढि प्राविधिक सहयोग गरेको भन्दै पहिलाकै स्थितिमा महिला उद्यमीहरूको सहभागिता भएमा सञ्चालनको लागि थप सहयोग गर्ने सक्ने गरी रकम समेत बिनियोजन गरिएको बताउँछन् । तर महिला उद्यमीहरूको सहभागीता बिना यसमा थप सहयोग नगर्ने उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?