ट्रेंडिंग:

>> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ? 

लिस्नुलाई झरना कपको उपाधि

१९ आश्विन २०८१, शनिबार
१९ आश्विन २०८१, शनिबार

तिलोत्तमा, १९ असोज । ३६ औं झरना रनिङ शिल्ड नकआउट फूटबल प्रतियोगिताको उपाधि लिस्नु युवा क्लबले हात पारेको छ । स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा कुन्जलापुरस्थित फुटबल मैदानमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा आयोजक झरना स्पोर्ट्स क्लबलाई १–० गोल अन्तरले पाखा लगाउँदै उपाधि चुमेको हो । उपाधिसंगै उसले नगद ३ लाख ३१ हजारसहित रनिङ शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता झरनाले नगद १ लाख ८१ हजार रुपैया, शिल्ड, मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो ।

निक्कै प्रतिस्प्रधात्मक खेलको पहिलो हाफ गोल रहित बराबरी भयो। खेलको ६२ औ मिनेटमा झरनाका डोकु ईजराईलीले लिस्नुका ओहेनेवा अदुसी पोकु हेनरीलाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई क्याप्टेन एन्जल महर्जनले जाली चुमाए । यो नै निर्णायक गोल बन्यो । खेलमा झरनाका जितेश गुरुङ सर्वाेत्कृष्ट खेलाडी बन्न सफल भए । उनले नगद १५ हजार,कपबाट पुरस्कृत पाए ।

त्यस्तै, झरनाका कुलदीप क्षेत्रीले उत्कृष्ट डिफेन्डर, लिस्नुका विशाल केसी उत्कृष्ट गोलरक्षक, झरनाका सन्तोष खत्री उत्कृष्ट मिडफिल्डर, लिस्नुका सुशील राइले उत्कृष्ट स्ट्राइकर, लिस्नुका बुद्धि पुन उत्कृष्ट प्रशिक्षक घोषित हुदै जनही १० हजार रुपैया, कपबाट पुरस्कृत भए । खेल अवधिभरि अनुशासनमा रहेर खेलेकोमा योङ स्टार मडाहाले फेयर टिमको पुरस्कार पाएको थियो ।

एक समारोहका बिच प्रमुख प्रायोजक नरजंग गुरुङ, अखिल नेपाल फुटबल संघका उपाध्यक्ष दिर्घ बहादुर केसी, क्लबका अध्यक्ष धनेन्द्र पौडेल, क्लबका सदस्य ठाकुर अधिकारीले विजेता, उपविजेता टिम तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।

२०२७ सालमा स्थानीय युवाबाट स्थापना भएको झरनाले हरेक वर्ष प्रतियोगिता गर्दै आएको छ । १६ टिम सहभागी भएको खेलमा रुपन्देही बाहेक कपिलवस्तु, पश्चिम नवलपरासी र स्याङ्जाको वालिङबाट समेत टिमको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?