Butwal Today

दाउन्ने सडक खण्ड पुनः अवरुद्ध

१८ आश्विन २०८१, शुक्रबार
अ+
अ-

बर्दघाट, १८ असोज ।

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाउन्ने पहाड सडक खण्ड पुनः अवरुद्ध भएको छ । असोज १४ गते साँझ ५ बजेबाट अवरुद्ध भइ करिव १७ घण्टापछि सँचालन आएको सडक सोही ठाउँमा पुनः भस्किइ अवरुद्ध भएको इलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।

करिव ६ बजेबाट अवरुद्ध सडक अहिले मर्मत कार्य जारी रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपेन्द्र वानियाँले बताए । १४ गते बेलुका भस्किएकै ठाउँमा पुनः सडक भस्किन पुगी बाटो पूर्ण रुपमा अवरुद्ध छ, सडक सञ्चालनको लागि मर्मतको काम भइरहेको छ, प्रहरी निरिक्षक बानियाँले जानकारी दिए । करिव ५० मिटर बाटो भस्किएको उनले जानकारी दिए ।

मर्मत कार्य सहजताको लागि पूर्व जाने सवारीलाई बर्दघाट र पश्चिम आउने सवारीलाई दुम्किबासमै रोकी सडक मर्मत कार्य जारी राखेको उनले बताए । चाडपर्वको बेला सवारी चाप बढेको र यात्रु एवं मालवाहक सवारीलाई गन्तब्यमा पुर्याउन निरन्तर सडक मर्मतको काम भैरहेको समेत उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?