ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

दशैंले सीमा पारी चहलपहल

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

लमही, १८ असोज ।
आर्थिक मन्दिका कारण सुस्ताएका दाङका बजारहरू चाडपर्व मुखमा पनि चहलपहल हुन सकेका छैनन । तर भारतीय बजारतर्फ भने नेपालमा चाडपर्व नजिकिएसँगै चहलपहल बढेको छ । लमही, भालुबाङ, गढवा लगायतका स्थानहरूमा व्यापारीहरूले व्यापारिक गतिविधिमा कमी भएको गुनासो गरेका छन् । उपभोक्ताहरू भने भारतीय बजारमा कम मूल्यमा सामान पाउँदा, सजिलो पहुँच हुँदा र बढ्दो महँगाईले आफूहरूलाइ भारतीय बजार जान बाध्य बनाएको बताउँछन् । उपभोक्ताहरूको रोजाइ भारतिय सिमा बजार परेपछि स्थानीय बजारलाई चाडपर्वको रौनक देखिएको छैन ।
लमहीका कपडा होलसेल व्यापारी अकवर अली अन्य समय ब्यापार नभए पनि चाडपर्वमा ब्यापार हुने आशाबादी थिए । तर दशैंको मुखमा आउँदा पनि ब्यापार नभएको भन्दै चिन्तित देखिन्छन् । उनी अब केही समय यस्तै स्थिति रहे सटर भाडा समेत तिर्न नसक्ने बताउँछन् । उनी जस्तै गढवाका राजु कौशल पनि निक्कै तनावमा देखिन्छन् । दैनिक गाडिका गाडी उपभोक्ता भारतीय बजार बढनी, रूपडिहा जाँदा स्थानीय बजार सुनसान भएको बताउँछन् । कैशलका अनुसार धेरै उपभोक्ता भारतीय बजार जानु मुख्य कारण हो । भारतीय बजारमा कम मूल्य र राम्रो सेवा पाइने भएकाले दैनिक हजारौं मानिस किनमेलका लागि सीमावर्ती बजारतर्फ लागिरहेका बताउँछन । लमही ३ कि राममोटी चौधरी स्थानीय बजारमा अत्याधिक मूल्य बढेकोले जोखिम मोलेर बढनी जाने गरेको बताइन् । झण्डै दोब्बर मूल्य भएकोले मान्छे यहाँ किन्न मान्दैनन त्यसैले गर्दा स्थानीय बजारहरूमा चहलपहल घटेको छ र व्यापारमा गिरावट आएको छ उनले भनिन ।

स्थानीय बजारलाई चलायमान बनाउन समस्याको समाधानका लागि, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष कमलजङ सिंह ठकुरीले सरकारलाई व्यापारिक नीति सुधार गर्न र घरेलु बजारलाई सशक्त बनाउन आग्रह गर्दै आएको बताए । यो समस्या समाधानका लागि १० बर्षदेखि राज्यसँग माग गरेका थियौ अब केही राहत हुने देखिएको छ उनले भने ।भारतीय बजारको दबदबा कम गर्न लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सीमा क्षेत्रमा एकीकृत जाँच सेवा विस्तारको योजना अघि सारेका छन । जसलाई व्यापारीहरूले स्वागत गरेका छन् ।

इता मुख्यमन्त्री चेतनारायण आचार्यले भारतीय सीमाबाट अवैध रूपमा हुने ब्यापार, मासु, दूध तथा अन्य कृषि उत्पादनहरूको पैठारी रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न सिमानामा कडा जाँच गर्ने निर्देशन दिएका छन् । उनले रूपन्देहीको सुनौली नाकामा एकिकृत सुरक्षा जाँच गरिदै आएको बताए । अब बाँकी सिमा क्षेत्रमा सोही प्रकृतिको सुरक्षा जाँचलाई अघि बढाउने तयारी गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, भन्सार कार्यालय, यातायात व्यवस्था कार्यालयको सेवा त्यही प्रदान गर्नेगरी सेवा विस्तारको योजना बनाइएको बताउँछन् ।

मुख्यमन्त्री आचार्यको निर्णयको दाङका ब्यापारीहरूमा राहत हुने भन्दै दाङका उबासको खुलेर स्वागत गरेका छन । दाङका उद्योग बाणिज्य संघहरूले लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सिमा क्षेत्रमा एकीकृत जाँच सेवा विस्तार गर्न निर्देशनको खुलेर स्वागत गर्दै कार्यान्वयनमा लैजान आग्रह गरेका छन । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमल सिंह ठकुरीले आफूहरूले बर्षौदेखि सरकारसँग माग गर्दै आएको सिमा क्षेत्रमा एकीकृत चेकजाँच प्रदेश सरकारले सम्बोधन गरेको कार्यान्वयनमा लैजान आग्रह गरे । उनले बर्षौदेखि भारतीय बजारको दबदबा कमी र स्थानीय ब्यापारीहरूलाई राहत हुने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?