ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

चाडपर्व लक्षित बिशेष सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गरौंः मुख्यमन्त्री आचार्य

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

लमही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले चाडवर्प लक्षित बिशेष सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनमा ध्यान दिन मातहतका निकायलाई निर्देशन दिएका छन । दसैं मनाउन शहरबाट गाउँ भित्रिने क्रम बढ्ने भएकाले यो समयमा सुरक्षित यात्राको प्रवन्ध मिलाउन मातहतका निकायलाई निर्देशन जारी गरेका छन।

झरीका कारण पहाडी जिल्ला जोड्ने सडक खण्डहरु अवरुद्ध थिए । तर, हाल ति सडक सुचारु छन । चाडपर्वको मुखमा सडक अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सुचारु गराउनेगरी तयारी अवस्थामा रहन पनि निर्देशन दिएका हुन ।‘चार्डपर्वको समयमा मानिसहरुको आवतजावत हुन्छ । सवारी साधनमा चाप पनि बढ्छ । यस्तो अवस्थामा यात्रुहरु ठगिन सक्ने जोखिम रहेकाले यस्ता गलत कामहरु हुन नदिन चाडपर्व लक्षित सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयन गरिनुपर्छ’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘सुरक्षित यात्रालाई सुनिश्चित गरिनुपर्छ ।’

लुम्बिनी प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागु भएको छ । दशै भित्रिएसंगै चाडपर्व लक्षित सुरक्षा योजनालाई कार्यान्वयन गर्न थालिएको हो । नेपाल प्रहरीले पूर्व पश्चिम लोकमार्ग सहित अन्य सडक क्षेत्रमा हुने सवारी दुर्घटना न्यूनिकरण गर्न बिशेष निगरानी अभियान चलाएको छ । सार्वजनिक सवारी साधनमा सिट क्षमता भन्दा बढी यात्रु नराख्ने, आरक्षण सिटको कार्यान्वयन, तिब्र गतिमा गुड्ने सवारी साधनलाई निगरानीमा राख्ने जस्ता कामहरु भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रमुख कुवेर कडायतले जानकारी दिनुभयो । सडक दुर्घटनाबाट हुने मानवीय क्षतिलाई घटाउने, चोरी, डकैती, लुटपाट जस्ता कुनै अपराधिक काम हुन नदिने, यात्रुहरुको भरपर्दो सुरक्षा व्यवस्था मिलाउनेगरी चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिउको हो ।

लुम्बिनी प्रदेशमा चाडपर्वलाई लक्षित गरेर ७ हजार ६ सय ४४ जना सुरक्षाकर्मी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पूर्व पश्चिम लोकमार्गमा यात्रु सहायता कक्ष समेत स्थापना गरिएका छन् । मानिसहरुको भिडभाड हुने क्षेत्रको पहिचान गरेर यस्ता सहायता कक्षा स्थापना गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रकाश भुसालले जानकारी दिए । यो संगै बजार अनुगमनलाई पनि एकिकृत रुपमा अघि बढाइएको छ । तीन तहकै सरकारको सहभागितामा एकिकृत रुपमा बजार अनुगमनलाई अघि बढाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?