Butwal Today

सुनको मुल्यमा नयाँ किर्तिमान

१८ आश्विन २०८१, शुक्रबार
अ+
अ-

काठमाण्डौ

सुनको भाउ हालसम्मकै महँगो भएको छ । आज सुनको भाउ ४ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६१ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज ३० रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ६० हजार नौ सय रुपैयाँ थियो भने यसअघि यही असोज ११ गते तोलामा एक लाख ६१ हजार २ सय रुपैयाँसम्म पुगेको थियो ।