ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित

संचारमाध्यम सबल हुन स्थानीय संचार नीति आवश्यक

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

बुटवल, १८ असोज ।
स्थानीय तहमा रहेका सञ्चारमाध्यमहरूलाई सबल बनाउन संचार नीति आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरूले बताएका छन् । संचार माध्यमलाई प्रोत्साहन गर्ने खालका नीति बनाउन सके र समान रूपमा अनुदान दिने हो भने सबै संचार माध्यमलाई सञ्चालनमा सहयोग हुने बताएका थिए ।
बिहीवार संचारिका समुह लुम्बिनी प्रदेश र एसिया फाउन्डेसनको नागरिक समाज र मिडियाको आर्थिक सहयोगमा स्थानीय तहको संचारनीति र संचारमाध्यममा सहभागिता बारे नीतिगत छलफल कार्यक्रममा सहभागीहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले नगरले संचारनीति, संचार नीति र विज्ञापन नीति बनाउन लागि परेको बताए । उनले यी तिनै पक्षलाई सबल बनाउन सके बुटवल नगर पनि सोचे जस्तो बन्ने बताए । यहाँ संचार माध्यमहरूले नगरको गुण र दोषको आधारमा समाचार लेख्न आग्रह गर्दै बुटवललाई सबल बनाउने पक्षमा सबै जिम्मेवार रहेको बताए । उनले आउँदा दिनमा नगरले कानुन र नीतिका विषयमा छलफल गरेर अगाडि बढ्ने धारणा व्यतm गरे ।
त्यसैगरी बुठवल उपमहानगर पालिकाका उपप्रमुख सावित्रा देवि अर्यालले कहिल्यै पनि नगर संचार माध्यमहरूलाई विभेद नगरेको बताईन । उनले कानुन अनुसार आफूहरू संचार नीति बनाएर स्थानीय तहको नेतृत्व लिन तयार रहेको बताईन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य भवानीप्रसाद पाण्डेयले नगरले अनुदान दिईरहँदा त्यहाँ कार्यरत पत्रकारको अवस्था बारे पनि जानकारी दिन आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दे संचारिका समुह लुम्बिनी प्रदेश अध्यक्ष अमृता अनमोलले संचार माध्यममा महिला र सिमान्तकृत समुदायको सहभागिता बढाउन आवश्यक रहेको बताईन । उनले नगरपालिकाले संचार माध्यमहरूमा अनुदान दिईरहँदा त्यहाँ महिला सहभागिताको विषयलाई पनि गम्भिर रूपमा हेर्न आवश्यक रहेको बताईन । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ सिपीखनाले नगरले गत वर्ष मात्रै करिव ७० लाख रुपियाँ वितरण गरेको बताए । उनले पछिल्लो समयमा केही संचार माध्यमहरूले आफूले पाए राम्रो र अरू संचार माध्यममा जाँदा नराम्रो भन्ने सोंचका कारण पनि नगरपालिकाका समस्या देखिएको बताए ।
कार्यक्रममा बोल्दै ग्लोबल आवाजका संचालक गौतम भुषालले संचार संस्था बाचे संचारकर्मी बाच्न सकिन्छ भन्ने विषयलाई बुझन आवश्यक रहेको बताए । त्यसै गरी नागरिक अनलाईका सम्पादक कपिल ज्ञवालीले नगरपालिकाले संचार माध्यमहरुलाई प्रोत्साहन गर्ने किसिमका नीति बनाउन आवश्यक रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?