ट्रेंडिंग:

>> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ? 

रामग्राम स्तुप क्षेत्रमा प्रहरी बिट र रामग्राम विकास कोषको कार्यालय स्थापना

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

सुनवल, १८ असोज

भगवान गौतमवुद्धको एक मात्र सिंगो अस्थीधातु सुरक्षित रहेको स्थल नवलपरासीको रामग्राम ७ उजैनीमा प्रहरी बिट स्थापना गरिएको छ । पर्यटकीय तथा ऐतिहासिक स्थल रामग्राम स्तुप क्षेत्रमा अवान्छित क्रियाकलाप हुन थालेपछि अस्थायी प्रहरी बिट स्थापना गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

स्तुप क्षेत्रमा लागुऔषधको सेवन गर्ने, सिमा क्षेत्रबाट अवैध आयातको मार्गको रुपमा समेत प्रयोग हुन थालेपछि स्थानिय तह संगको समन्वयमा प्रहरी बिट स्थापना गरेको प्रहरी उपरिक्षक ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए । प्रहरी बिटका लागि रामग्राम नगरपालिकाले निर्माण गरेको पर्यटन सुचना केन्द्रको भवन उपलब्ध गराईएको छ ।

लामो समय देखि रामग्राम नगरपालिका र यस क्षेत्रका स्थानियहरुले उक्त स्थानमा प्रहरी बिट स्थापनाको माग गर्दे आएका थिए । रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले लामो प्रयास पछि उजैनीमा प्रहरी बिट स्थापना गर्न सफल भएको बताउदै स्थानियबासीले समाजमा समाजिक सद्भाव कायम गर्न भूमिका खेल्नुपर्नेमा जोड दिए । रामग्राम स्तुप यस क्षेत्रको मात्र नभएर देशकै गहना भएकाले यसको महत्व सबैभन्दा पहिले स्थानियबासीले बुझेर अपनत्व लिनुपर्ने बताए । अझै पनि स्थानिय समुदायमा स्तुपको महत्वको विषयमा जानकारी नभएको भन्दै उनले अब नगरपालिको पाठ्यक्रममै स्तुपको विषय समेट्ने योजना बनाएको जानकारी दिए । लुम्बिनीमा वुद्ध जन्मिएको भएपनि अहिले वुद्धको अस्थी रामग्राममा रहेकाले वुद्ध धर्मालम्बिहरुले अझै पनि वुद्ध जिउदो रहेको स्थलको रुपमा रामग्रामलाई लिने भएकाले लुम्बिनी विकास कोषले बजेट विनियोजन गर्दा रामग्राम स्तुप माथी विभेद गर्न नहुने बताए ।

प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले स्थानियबासीको सहयोगले मात्रै शान्ती सुरक्षा र अमनचयन कायम गर्न सकिने उल्लेख गर्दै आवश्यक सुचना उपलब्ध गराइ प्रहरीलाई सहयोग गर्न पनि आह्वान गरिन् । स्थानिय राधेरमण पाण्डेले प्रहरी बिट स्थापनाले स्तुप क्षेत्रको समग्र शान्ती सुरक्षाको अवस्था सुधार गर्न मदत पुग्ने बताए । प्रहरी बिटमा प्रहरी सहायक निरिक्षक (असई) को नेतृत्वमा ५ जना प्रहरी खटिने प्रहरी नायव उपरिक्षक रेशम बोहोराले जानकारी दिए ।

यसैगरी रामग्राम स्तुप क्षेत्रको विकास र प्रर्वद्धनमा ढिलासुस्ती भएको भन्दै रामग्राम नगरपालिकाले स्थानिय तह मातहत रहने गरी रामग्राम विकास कोष गठन गरेको छ । जसको कार्यालय समेत स्तुप क्षेत्रको सुचना केन्द्रकै भवनमा स्थापना गरिएको छ । उक्त कोषको कार्यालय पनि प्रहरी बिट रहेकै भवनमा रहने गरी आज स्थापना गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिको यसअघिनै नगर प्रमुख संयोजक रहने गरी रामग्राम विकास कोषको गठन गरिसकेको छ । लुम्बिनी विकास कोषले स्तुपको विकासमा ध्यान नदिएको भन्दै नगरपालिकाले रामग्राम विकास कोष गठन गरेको हो । पटक पटक प्रदेश तथा संघिय सरकारको ध्यानआर्कषण गराउदा समेत लुम्बिनी विकास कोष अन्र्तगत पर्ने रामग्राम स्तुप क्षेत्रमा कुनै पनि काम हुन नसकेकाले आवश्यक समन्वय गर्ने गरी कोष वृद्धि गरेर काम गर्न रामग्राम विकास कोष बनाईएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यम बहादुर कुँवरले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?