ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

ब्रोन्कस्कोपी मेशिनसहित छाती तथा फोक्सो रोगको उपचार अब बुटवलमै 

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

बुटवल, १८ असोज ।

श्वास–प्रश्वास तथा फोक्सोका विरामीहरूलाई लक्षित गर्दै बुटवलमा पहिलो ब्रोन्कस्कोपी मेशिनसहितको विशेषज्ञ सेवा सुरु भएको छ । यो सेवा विशेषगरी श्वासप्रश्वाससम्बन्धी समस्या भएका विरामीहरूको रोग निदान र उपचारमा महत्वपूर्ण मानिन्छ । छाति तथा फोक्सोरोग विशेषज्ञ डा प्रशान्त कुवर र कृष्ण पोखरेलले संघर्ष फार्मेसी, बुटवल पल्मो क्लिनिकमार्फत मेशिन सहितको यो सेवा शुभारम्भ गरेका हुन ।

ब्रोन्कस्कोपी प्रविधिबाट फोक्सो र श्वासनलीको आन्तरिक भागको निरीक्षण गर्न सकिने डा. प्रशान्त कुवरले बताए । ‘विभिन्न प्रकारका श्वासप्रश्वाससम्बन्धी रोगहरू, क्यान्सर, संक्रमण वा अन्य समस्याहरूको पहिचान गर्न यसले मद्दत गर्दछ ।’—उनले भने । यो मेशिन बहुउपयोगी भएको भन्दै उनले छातीमा दागहरु जुन छातिको क्यान्सर वा टिबि दुबै हुनसक्छ त्यो पहिचान गर्न सजिलो हुने उनले दाबी गरे । ब्रोन्कस्कोपी मेशिनको प्रयोगले चिकित्सकहरूले श्वासप्रश्वाससम्बन्धी समस्या, क्यान्सर, संक्रमण वा अन्य रोगको पहिचान गर्न बायोप्सीमार्फत टिस्यु नमूना सजिलै प्राप्त गर्न सकिने भएको छ । नमूनाको परीक्षणले रोगको सही पहिचान र उपचार योजना बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ । स्वासनलीमा अड्किएको बस्तु निकाल्न साथै आईसियुमा रहेका बिरामीको स्वास नलीमा जम्मा हुने कफ समेत हटाउन सकिने उनले बताए ।

एक कार्यक्रमका बिच वरिष्ठ फिजिसियन डा नन्दु पाठक र डा कुवरको छाति तथा फोक्सोरोग विशेषज्ञ डा प्रशान्त कुवरका बुबा धर्म ध्वज कुवरले संयुक्त रुपमा क्लिनिकको उद्घाटन गरे ।

यो सेवा बुटवलमा स्थापित भएपछि अब श्वासप्रश्वासका समस्याहरू भएका विरामीहरूलाई उपचारका लागि राजधानी काठमाडौँ वा अन्य ठूला सहरहरू जानुपर्ने बाध्यता हट्ने डा. नन्दु पाठक बताउछन । स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउदै स्वास्थ्य हब बनाउन मद्यत मिल्ने उनको दाबी छ ।

क्लिनिकका संचालक कृष्ण पोखरेलले रोगको सहि पहिचान नहुदा दुख पाएका बिरामीहरुलाई यो सेवा बरदान साबित हुने बताए । बुटवलमा नै पहिलो निजि लगानीमा छाति तथा फोक्सो उपचार केन्द्र भएको उनले बताए । सामाजिक उत्तरदायित्व अन्तरगत असहाय, जेष्ठ नागरिकलाई निशुल्क सेवा दिन तथा औषधीमा विशेष छुटको ब्यवस्था रहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?