ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

तिलोत्तमा व्यापार संघले मंसिरमा व्यापार महोत्सव गर्ने

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

बुटवल ।

तिलोत्तमा व्यापार संघको आयोजनामा आगामी मंसिर ६ गतेदेखि मणिग्राममा तिलोत्तमा व्यापार महोत्सव एवं कृषि तथा पर्यटन महोत्सव हुने भएको छ ।

‘‘व्यावसायिक दक्षता अभिवृद्धि र स्वरोजगारः सुदृढ आर्थिक विकासका निम्ति व्यापार विस्तार’’ भन्ने मुल नाराका साथ यहि मंसिर ६ गते देखि १८ गते सम्म तिलोत्तमा व्यापार तिलोत्तमा व्यापार महोत्सव–२०८१ एवं कृषि तथा पर्यटन महोत्सव हुने भएको छ । संघले शुक्रबार तिलोत्तमामा पत्रकार सम्मेलनको आयोजना गरी मेला आयोजना हुने बारेमा जानकारी गराएको हो ।

संघका संस्थापक अध्यक्ष जेपी कंडेलले तिलोत्तमा क्षेत्रको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि उद्योग, व्यापार, शिक्षा, स्वास्थ्य, कृषि, पशुपंक्षी र पर्यटन क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने मेलाको दीर्घकालीन लक्ष्य रहेको बताए । मेलामा मध्यकालीन लक्ष्यमा आन्तरिक बजार सवलीकरणका लागि व्यावसायिक उत्थान तथा निकासीयोग्य वस्तुको पहिचानमा जोड दिइने छ । यस्तै महोत्सवमा १० करोड बरावरको कारोबार तथा २ लाख दर्शक भित्र्याई स्थानीय आर्थिक विकासमा तीव्रता ल्याउने अपेक्षा गरिएको कण्डेलले जानकारी दिए ।

तिलोत्तमा व्यापार संघका निर्वतमान अध्यक्ष बाबुलाल भुषालले व्यापारलाई विस्तार, प्रवद्र्धन, आधुनिकीकरण, विशिष्टीकरण गर्ने र व्यवसायीहरूको हकहितको रक्षाका लागि सक्षम, सुदृढ, स्वच्छ प्रतिष्पर्धी व्यवसायीहरूको आस्था र भरोसाको केन्द्रका रूपमा यस तिलोत्तमा व्यापार संघको २०७१ साल भाद्र ३१ गते विधिवत स्थापना गरिएको जानकारी दिए । तिलोत्तमा नगरपालिकाभित्र व्यावसायिक विधि र प्रक्रियाको प्रणाली बसाल्नका लागि र प्रभावकारिता स्थापित गर्ने क्रममा होस् या नगरबासीहरूसँगको कुनै अप्ठ्यारो परिस्थितिमा समेत यस संघले निरन्तर सहयोग गर्दै आइरहेको निर्वतमान अध्यक्ष भुषालको भनाई रहेको छ ।

मंसिर ६ देखि आयोजना हुने व्यापार मेलामा यस क्षेत्रमा राष्ट्रिय स्तरको व्यापार केन्द्रको विकास गर्ने, युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्दै सिपमूलक तालिमबाट स्वरोजगारको सृजना गर्ने, लक्ष्य लिएको संघका अध्यक्ष नेत्र प्रसाद न्यौपानेले जानकारी दिए । विभिन्न वस्तु तथा सेवाहरुको एकै स्थलमा प्रर्दशनी गरी ग्राहकसंग प्रत्यक्ष अन्तरक्रिया गर्ने, निकासीयोग्य वस्तुको पहिचान एवं बजार प्रवद्र्धनमा सहयोग पु्र्याउने, वैदेशिक लगानीका सम्भावना पहिचान गरी त्यसका लागि आवश्यक वातावरणको निर्माण गर्ने समेत लक्ष्य मेलाले लिएको छ ।

स्थानीय वस्तु तथा सेवाको बजार प्रवद्र्धन गर्ने एवं उद्यमी व्यवसायीहरुलाई प्रोत्साहन गर्ने, स्थानीय उत्पादनमा गुणात्मक सुधारगरी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धी बनाउन सहयोग गर्ने, कृषिजन्य उत्पादनको बजार प्रवद्र्धन गर्ने, तिलोत्तमा आसपासका अन्य पर्यटकीय स्थलहरुको पहिचान गरी विकासमा सहयोग पुयाउने मेहोत्सवको उद्देश्य रहेको छ ।

यस्तै देश–विदेशका व्यवसायीहरुसंग अनुभव आदान–प्रदानको अवसर प्रदान गर्ने, उत्पादक र उपभोक्ता बीच सुमधुर सम्बन्ध अभिवृद्धि गर्ने, लोकसंस्कृतिलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउने, कृषि पेशालाई व्यवसायिक रुपमा उन्मुख गराउन सहयोग गर्ने, अत्याधुनिक प्रविधि, उपकरण एवं मेसिनका वारेमा जानकारी गराउने, बजार अनुसन्धान एवंम नयाँ वस्तु विकासका अवसर सृजना गर्ने, व्यावसायिक चेतना अभिवृद्धि गर्ने, सूचना प्रविधि सम्बन्धि जानकारी गराउने, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा अवसरको खोजी गर्ने समेत उद्देश्य मेलाको रहेको अध्यक्ष न्यौपानेको भनाई छ ।

महोत्सवमा जनचेतना ¥याली आयोजना, गोष्ठी, कार्यशाला र अन्तक्र्रियाको आयोजना, सूचना केन्द्रको संचालन, महोत्सव गतिविधि छायांकन, प्रसारण र वृत्तचित्र प्रदर्शन, सांस्कृतिक कार्यक्रम संचालन र खेलकुद संचालन गरिने समेत योजना रहेको जानाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?