Butwal Today

विपद् जोखिम व्यवस्थापन कार्यकारी समितिको बैठक जारी

१८ आश्विन २०८१, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक जारी  छ ।

बैठक विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय सिंहदरबारमा जारी रहेको छ । बैठकमा विपदपछिको उद्धार, राहत र पुन: निर्माणको बारेमा छलफल हुने बताइएको छ ।

हालैको बर्षापछि सरकारले उद्धार र राहतमा प्रभावकारी काम गर्न नसको आरोप लागिरहेका बेला समितिको बैठक बसेको छ ।