ट्रेंडिंग:

>> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन

यस्ता छन् मुख्यमन्त्री कँडेलले सार्वजनिक गरेका उपलब्धिहरु

१८ आश्विन २०८१, शुक्रबार
१८ आश्विन २०८१, शुक्रबार

सुर्खेत, १८ असोज ।

कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले साढे ५ महिनाको अवधिमा गरेका कामको विवरण सार्वजनिक गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले १९ वटा सम्पादित कार्य सार्वजनिक गरेका हुन् ।

‘प्रदेश सरकार अन्तर्गतका सबै निकायहरुको वार्षिक कार्ययोजना स्वीकृत गराइ कार्ययोजना अनुसार कार्य सञ्चालन गरी समयमै प्रगति हासिल गर्न ९ बुँदे साझा प्रतिबद्धता गरिएको छ’ मुख्यमन्त्री कँडेलले भने, ‘सोही कार्ययोजना अनुसार कार्यसम्पादन भइरहेको छ ।’ कार्ययोजना तथा प्रतिवद्धता अनुसार भौतिक मन्त्रालय र उर्जा मन्त्रालय अन्र्तगत ठेक्का लगाउनुपर्ने ३ सय ५१ मध्ये झण्डै ६० प्रतिशत भन्दा बढी आयोजनाको ठेक्का आह्वान भइसकेको उनले जनाए ।

गतवर्ष कार्तिकमा जाजरकोट केन्द्रविन्दु भइ गएको भूकम्पका कारण क्षति भएका सामुदायिक विद्यालय र सरकारी अस्पतालको मर्मत तथा पूनर्निर्माणका लागि ५० करोड बजेट विनियोजन गरिएको मुख्यमन्त्री कँडेलले जनाए । ‘भुकम्पका कारण क्षतिग्रस्त विद्यालयको पुर्ननिर्माणको लागि छनौट प्रक्रियाको चरण शुरु भएको छ’ उनले भने, ‘यो कार्यक्रमबाट भुकम्पप्रभावित क्षेत्रका ७० वटा भन्दा बढी क्षतिग्रस्त विद्यालय तथा स्वास्थ्यचौकीको चालु आर्थिक वर्षभित्रै पुर्ननिर्माण गर्ने लक्ष्य राखिएको छ ।’

दशै तिहार जस्ता चाडपर्वमा हुन सक्ने सडक दुर्घटनालाई लक्षित गरी सरोकारवाला, यातायात व्यवसायी, प्रदेश प्रहरी लगायतका सुरक्षा निकाय, यातायात व्यवस्था कार्यालय लगायत सरोकारवालाहरूसँग छलफल कार्यक्रम आयोजना गरी सडक सुरक्षाको लागि सामूहिक प्रतिवद्धता गरिएको उनले जनाए ।

चालु आर्थिक वर्षको हालसम्म ४ दशलब ४४ प्रतिशत बजेट खर्च भएको छ । जसमा पूजीगततर्फ १ दशमलब ७१ प्रतिशत खर्च भएको कँडेलले जनाए ।

यस वर्षमा चारवटा महत्वपूर्ण विधेयक प्रदेश सभामा दर्ता भएको मुख्यमन्त्री कडेलले जनाए । लामो समयदेखी छलफलकै क्रमममा रहेको स्थानीय तहको सेवा सम्बन्धी विधयेक यसै चालु आर्थिक वर्षमा पटक पेश भई सभाबाट पारित भएको उनले जनाए ।

त्यसैगरी बजेट कार्यान्वयनको लागि कृषि, बन तथा सामाजिक मन्त्रालयसँग ४ वटा कार्यविधिहरु मन्त्रीपरिषद्ले पारित गरेको छ भने प्रदेश गौरवका आयोजना छनोट र अनुगमन तथा मूल््याङ्कन सम्बन्धी मापदण्डको मस्यौदा तयार गरिएको उनले जनाए ।

प्रदेश र स्थानीयतहबिचको अझ बढी समन्वय गर्ने उद्देश्यले योजना बनाउँदा र कार्यान्वयन गर्दा समन्वयको सुरुवात भएको छ । प्रदेशका निकायलाई स्थनीय तहमा कार्यान्वयन हुने आयोजनाका सम्बन्धमा जानकारी गराउने सहकार्यको संस्कृतिको सुरुवात गरिएको छ । जस अन्तर्गत प्रदेश सरकारबाट स्थानीय तहमा विनियोजन हुने आयोजनाहरुको नाम र बजेटबारे कार्यान्वयन हुनु पूर्व नै सम्बन्धित स्थानीय तहलाई अनिवार्य जानकारी गराउनु पर्ने व्यवस्था मिलाइएको छ ।

कर्णाली प्रदेश प्राप्तीको आन्दोलनका सहिद परिवारका एक÷एकजनालाई रोजगार दिने व्यवस्था मिलाउने गरी मन्त्रीपरिषद्ले पारित गरी कार्यान्वयनको चरणमा रहेको उनले जनाए । त्यसैगरी कर्णाली प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा तयारीको कार्य अन्तिम चरणमा रहेको छ ।

प्रदेशका मन्त्रालयहरुको काम कारवाहीलाई थप प्रभावकारी र व्यवस्थित गर्न तथा कामको प्रकृतिलाई मिलाउने गरी मन्त्रालय तथा कार्यालयहरुको पुर्नसंरचनाको अध्ययन गरी प्रतिवेदन पेश गर्न आर्थिक मामिला तथा योजनामन्त्री राजीव विक्रम शाहको नेतृत्वमा अध्ययन समिति गठन भएको छ ।

यस्तै प्रदेशको एकीकृत प्रशासनिक भवन तथा परिसर निर्माणलाई प्रदेश गौरवको आयोजनाका रूपमा प्रदेश सरकारबाट स्वीकृत गरी कार्य अगाडि बढाइएको छ । राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी रङ्गशाला वरिपरीको सडक तथा सुर्खेत विमानस्थल नजिकको पक्की नाला निर्माण लगायतको कार्यलाई तीव्रता दिइएको कँडेलले जनाए ।

विवादका कारण अवरुद्ध रहेको चिसापानी —बाबियाचौर —सुर्खेत ३३ केभि प्रसारण लाइनमा सहजीकरण पश्चात वीरेन्द्रनगरस्थित पावर स्टेशनमा जोडिएको छ । यस्तै कोहलपुर सुर्खेत १३२ केभिए प्रसारण लाइनको लागि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु आरक्षणमा पर्ने रुख कटानको लागि अनुमतिप्राप्त भई रुख कटान शुरु भएको छ ।

बागमति लगायतका प्रदेशमा हालै गएको बाढी पहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा सघाउन प्रदेश सरकारको तर्फबाट प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा रु ५० लाख जम्मा गर्ने निर्णय भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?