Butwal Today

लायन्स बुटवल स्टार्सद्वारा पिस पोष्टर्स प्रतियोगिता

१७ आश्विन २०८१, बिहीबार
अ+
अ-

असोज, १७ असोज ।
बुटवल– लायन्स अन्तर्राष्ट्रिय योजना अनुुसार बिश्व शान्तिको लागी गरिने पिस पोस्टर एक कार्यक्रको बिच सम्पन्न गरेको छ । लायन्स क्लब अफ बुटवल स्टार्सले आयोजनामा बुधबार कान्ती माध्यमिक बिद्मालय हाटबजार लाइनमा सम्पन्न गरेको छ ।
बुटवल उपमहानगरपालीका क्षेत्र भित्र रहेका ९ वटा सामुदायिक माध्यमिक विद्यालयहरू कालिमा मानवज्ञान माध्यमिक विद्मालय, कान्ती माध्यमिक विद्मालय, बुटवल माध्यमिक विद्मालय, लक्ष्मी माध्यमिक विद्मालय, उजिर सिंह माध्यमिक विद्मालय, जनता माध्यमिक विद्मालय, ज्ञानोदय माध्यमिक विद्मालय, सिद्धेश्वरी माध्यमिक विद्मालय र नविन औधोगिक कदरबहादुर रिता माध्यमिक विद्मालय सहभागी रहेका थिए ।

प्रतियोगीतामा ११ जना विद्यार्थीले भाग लिएका थिए । ११ जना मध्ये ३ जनाले उत्कृष्ट भएका थिए । प्रथम पुस्कार, निशा चौधरी – कालिका कानवज्ञान माध्यमिक विद्मालय), दोश्रो पुस्कार प्रयास सुनार ( नविन औधोगिक कदरबहादुर रिता माध्यमिक विद्मालय) तेश्रो पुरस्कार प्रनिधी सारु कान्ती माध्यमिक विद्मालय) भएका हुन विजेतालाई प्रथमलाई रु. ५ हजार प्रमाण पत्रमा, दोश्रोलाई रु. ४ हजार प्रमाण पत्र , तेश्रो रु. ३ हजार प्रमाणप्रत्र प्रदान गरिएको लायन्स स्टार्सका अध्यक्ष भुपेन्द्र अर्यालले बताए ।

उक्त कार्यक्रमा लायन्स इन्टरने्शनल डिष्ट्रिक ३२५ पि का गर्भर पुरुशोत्तम भक्त प्रधानाङ्गले पिस पोस्टर इन्टरनेशनल पिस फाउण्डेसले आयोजना गरेको र विश्वका २ सय बिस राष्ट्रमा हुने लायन्सका नेताहरूले छान्ने उतकृष्ट लाई रु ५ हजार डलर पाउने तथा इन्टरनेशनल कन्भेसनमा सम्मान हुने बताए । त्यतै कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का सेकेन्ड भिडिजी सन्दीप कसौधन ,जिएसटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठ, निर्णयक मना गोल्डी, कान्ती माध्यमिक विधालयक प्रअ गोविन्द ज्ञवाली, जोनचेयर पर्सन एन्जील खान, तृतिय उपाध्यक्ष किरण कुमार केसी, सचिव रामबहादुर शाही लगाएत बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?