ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

दसैंको जोखिमपूर्ण यात्रा, सावधानी जरूरी

१७ आश्विन २०८१, बिहीबार
१७ आश्विन २०८१, बिहीबार

आज घटस्थापना । आजदेखि नौं रात्र सुरु भएको छ । दशैंको पहिलो दिनको प्रवेशसंगै विभिन्न स्थानबाट घर फर्किने यात्रुको चाप बढ्ने अवस्था छ । यही बेला गत साता परेको भीषण बर्षाका कारण मुलुकका दुई दर्जन बढी सडक क्षतविक्षत भएका छन । दशैंको पूर्व सन्ध्यामा सडकको अवस्था बिजोग हुँदा यात्रा जोखिमपूर्ण र कष्टकर बनेको छ । दशैंमा घर जानैपर्ने बाध्यता छ । तसर्थ अहिले यात्रा नगर्न आग्रह गरिएपनि रोकिने अवस्था छैन् । सडक यात्रा असुरक्षित बन्दै गएको अवस्थामा सावधानी पहिलो सर्त हुनुपर्दछ । नारायणगढ मुग्लिङ र मुग्लिङ काठमाण्डौं सडक त दुर्घटनाको पर्याय नै बनिसकेको छ । दुर्घटना आकस्मिक रूपमा हुने हुनाले त्यसलाई रोक्न सकिन्न तर सावधानी अपनाउन सकिएको खण्डमा दुर्घटना न्यूनिकरण हुने निश्चित छ । अहिले दशैंको बेला भएकोले यात्रुका लागि घर फर्किनुपर्ने बाध्यता छ ।

काठमाण्डौंबाट घर फर्किनेहरूको ताँती लाग्न थालेको छ । यस्तो बेला यातायात व्यवसायीले चालकलाई सचेत वनाउने, बसमा निर्धारित यात्रु संख्यामात्रै राख्ने तथा भार क्षमतामा निगरानी गर्नु जरूरी छ । त्यसैगरी दिनहुँ दुर्घटना र भबितब्यको संख्या बढ्ने अनि त्यो रोक्न आफूबाट हुनुपर्ने दायित्व पूरा नगर्ने सरकार जवाफदेहीको घेराबाट मुक्त हुन सक्दैन् । झ्याप्ले खोलामा गएको पहिरोले पु¥याएको ठूलो मानवीय क्षतिको घाउ अझै पुरिएको मात्र छैन, त्यस क्षेत्र भएर यात्रा गर्न समेत जोखिम हुने अवस्था छ । आफ्नो परम्परा, धर्म र संस्कृति अनुसारको पर्व मनाउने क्रममा काठमाण्डौं उपत्यकाबाट लाखौं मानिस घर फर्किदैछन् । यो बेला राष्ट्रिय राजमार्गमा ठूलो ट्राफिक चाप पर्ने निश्चित छ । यस्तो बेला सुरक्षित र सहज यात्राको अधिकार कसरी सुनिश्चित गर्ने ? सोचनीय बिषय छ । एकातिर सार्वजनिक यातायातका साधनहरूको कमी र अर्कोतर्फ दुर्घटनाको जोखिमले यात्रुलाई गन्तब्य पुग्न समेत चुनौति थपिएको छ । हवाई यात्राको अवस्था पनि उही छ ।

बुधबारमात्रै पनि राजधानी छिर्ने र बाहिरिने क्रममा सवारी चापका कारण ठूलो जाम लागेको देखिएको छ । तसर्थ सडक यात्रा अहिले जोखिमपूर्ण रहेकोले यातायात व्यवसायी, सवारी चालक, यात्रु लगायत सवैले सावधानी अपनाउनु आवश्यक छ । सरकारी निकायले दसैँमा निर्धारित सिट संख्याभन्दा बढी यात्रु नराख्न जारी गरेको आदेश कानुनी, व्यावहारिक र सुरक्षा दृष्टिकोणले जायज छ । तसर्थ सुरक्षित यात्राका लागि सरकारी निकायबाट जारी निर्देशन सवैले पालना गर्नेतर्फ कुनै कञ्जुस्याई गर्नु हुँदैन । अहिले हवाई यात्रा अत्यन्त महंगो भएको छ । हवाई सेवा प्रदायक कम्पनीहरूले ठिक यही बेला हवाई भाडा महंगो बनाएका छन् । सरकारको निर्देशन समेत उनीहरूले अटेर गरेका छन् । देश नै शोकमा परेको बेला मौकामा चौका छोप्ने दाउ गरेर हवाई सेवा प्रदायकले यात्रुमाथि ठूलो अन्याय गरेका छन् ।

अहिले अधिकांश यात्रुहरूको आर्थिक अवस्था र नेपाली चाडपर्वको महँगो या भड्किलो प्रवृत्तिका कारण उनीहरू सडक यात्रा नै रुचाउँछन् । त्यसैले पनि सहज र सुरक्षित यात्राको उनीहरूको अधिकार सुनिश्चित गर्ने दायित्वबाट सरकार पन्छिन पाउँदैन् । यस्तो बेलामा पनि भाडा बृद्धि गर्नेमाथि सरकारले कारवाही गरोस् । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत यस्तो बेला आम नागरिकलाई सुविधा दिन आग्रह गरेका छन् तर प्रधानमन्त्रीको आग्रहको समेत कुनै सुनुवाई नहुनु बिडम्वना हो । अतः सवैले सरकारको निर्देशन पालना गर्दै यात्रालाई सुनिश्चित र सुरक्षित वनाउनेतर्फ ध्यान दिनु जरुरी छ । यात्रुलाई बढी भन्दा बढी सुविधा दिएर गन्तब्यसम्म पु¥याउने दायित्वबाट यातायात व्यवसायी बिमुख हुनुहुँदैन । अहिले प्राकृतिक प्रकोप चुनौति बनेकोले राष्ट्रिय राजमार्गमात्र होइन, पहाडी सहायक मार्गहरूमा समेत सुरक्षित यात्राको व्यवस्थापनमा सरकार र यातायात व्यवसायीको ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?