ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

झ्याप्लेखोला पहिरो : ३ वटा गाडीमा पुरिएका ३५ जनाको पहिचान खुल्यो

१७ आश्विन २०८१, बिहीबार
१७ आश्विन २०८१, बिहीबार

काठमाडौँ ।

धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरू सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले बताए ।

दुई वटा माइक्रो र एउटा बसमा सवार यात्रुलाई असोज ११ मा पहिरोले पुरेको हो । गोरखाबाट काठमाडौँ आउँदै गरेको ना.४ ख २२७० नम्बरको बसमा ४ जना सवार थिए । चितवनबाट काठमाडौँ आउँदै गरेको बा.२ ख १३४५ नम्बरको हायसमा १७  जना र लु. १ ज ४५७७ नम्बरको विङ्गरमा १४ जना सवार थिए ।

घटनास्थलबाट सङ्कलन गरिएको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ ।

यस्तो छ सनाखत भएकाहरूको विवरण :

१. प्रकाश कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३५ वर्ष)

२. अनुप तल ठकुरी कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (३३ वर्ष)

३. सिर्जना कुँवर, बुटवल उपमहानगरपालिका –१६ बस्ने (२९ वर्ष)

४. रमेश प्रसाद लुइँटेल, रुपन्देहीको देवदह नगरपालिका–४ (५० वर्ष)

५. बोमबहादुर खाम्चा, अर्घाखाँची सि.न.पा–७ (२५ वर्ष)

६. सुमन बजगाईं, धादिङ धुनिवेशी नगरपालिका–९ बस्ने (३३ वर्ष)

७. सिता भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (४५ वर्ष)

८. दिपिक भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)

९. दिपेश भट्टराई, स्याङ्जा गल्याङ नगरपालिका–३ बस्ने (१४ वर्ष)

१०. जुद्धबहादुर रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३२ वर्ष)

११. प्रमिता भुषाल, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (३१ वर्ष)

१२. कृशव रायमाझी, गुल्मी दरबार गाउँपालिका–७ बस्ने (२ वर्ष)

१३. साइमन तामाङ, नुवाकोट सामरी–५ बस्ने (२१ वर्ष)

१४. पुष्पा शर्मा, पर्वत कुश्मा नगरपालिका–२ बस्ने (३१ वर्ष)

१५. नवराज पन्त, गोरखा बारपाक सुलिकोट–७ (२८ वर्ष)

१६. तेजबहादुर विष्ट, रुकुम पश्चिम मुसिकोट–१५ (३९ वर्ष)

१७. नवराज तिवारी, गोरखा गण्डकी गाउँपालिका–४ (४० वर्ष)

१८. नवीन सिंह, बझाङ जयपृथ्वी नगरपालिका–१ (२३ वर्ष)

१९. अनिता थापामगर, चितवन भरतपुर नगरपालिका–२१ (२१ वर्ष)

२०. सन्तु विक, मकवानपुर मनहरी–९ (३३ वर्ष)

२१. आनन्द राजवंशी, काठमाडौँ महानगरपालिका–१६ (४८ वर्ष)

२२. सिद्धार्थ गुरुङ, चितवन खैरहनी नगरपालिका–३ (१९ वर्ष)

२३. जनक कुँवर, तनहुँ भानु नगरपालिका–३ (२६ वर्ष)

२४. मोहनदास आचार्य, चितवन भरतपुर–९ (५३ वर्ष)

२५. नरेन्द्र खत्री, चन्द्रागिरी नगरपालिका–१ (५६ वर्ष)

२६. मदन परियार दमै, गोरखा भिमसेन गाउँपालिका–४ (४७ वर्ष)

२७. विनायक भट्टराई, गोरखा भिमसेन गाउँपालिका–४ (१५ वर्ष)

२८. सुके दमै, गोरखा धोर्चे गाउँपालिका–७ (२७ वर्ष)

२९. इन्द्रजित राना, बागलुङ बडिगार्ड गाउँपालिका–२ (५२ वर्ष)

३०. भिमकुमारी राना, बागलुङ बडिगार्ड गाउँपालिका–२ (४० वर्ष)

३१. हरिबहादुर बुढा, जुम्ला सिजा गाउँपालिका–६ (३९ वर्ष)

३२. लिलामाया तामाङ, धादिङ ज्वालामुखी गाउँपालिका–२ (२६ वर्ष)

३३. वसन्त शाह, सर्लाही चक्रघट्ट गाउँपालिका–६ (१७ वर्ष)

३४. नन्दप्रसाद किशोर चौधरी, सप्तरी सप्तकोसी नगरपालिका–७ (२८ वर्ष)

३५. लेखनाथ ओझा, तनहुँ ब्यास नगरपालिका–५ (३४ वर्ष)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?