Butwal Today

हवाई उडानमा एकतर्फी चाप, भद्रपुरबाट रित्तै फर्कियो जहाज

१७ आश्विन २०८१, बिहीबार
अ+
अ-

काठमाडौं।

चाडपर्व र राजमार्गमा अवरोधका कारण आन्तरिक उडानका जहाजमा चाप अत्यधिक बढेको छ, तर यो चाप एकतर्फी देखिएको छ। बुद्ध एयरले बिहीबार भद्रपुर–काठमाडौं रुटको जहाज रित्तै काठमाडौं फर्कनु परेको जानकारी दिएको छ।

बिहीबार भद्रपुर–काठमाडौंमा कुल दुई उडान भएका थिए, जसमा एउटा जहाज रित्तै फर्किएको र अर्कोमा मात्र १० जना यात्रु रहेका थिए। बुद्ध एयरले भद्रपुरमा आजदेखि दैनिक दुई उडान थपेको छ, जससँगै काठमाडौं–भद्रपुर रुटमा दैनिक सात उडान पुगेको छ।

भद्रपुरबाट काठमाडौंको एकतर्फी भाडा ५ हजार रुपैयाँ तोकिएको छ, तर कम्पनीका अनुसार काठमाडौं आउने यात्रुको कमी देखिएको छ। यसबाहेक, त्रिभुवन विमानस्थलमा भने हरेक दिन जसो भीडभाड हुने गरेको छ।

भद्रपुर र जनकपुरमा हुस्सुले समस्या दिएको छ। हुस्सु नहुने र यात्रुको संख्या बढ्न थालेपछि उडान संख्या थप्ने योजना कम्पनीले बनाएको छ।