ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु

रोल्पाले बेच्यो २२ करोडको खसीबोका

१७ आश्विन २०८१, बिहीबार
१७ आश्विन २०८१, बिहीबार

रोल्पा, १७ असोज ।
खाद्यान्न, दुध र अण्डामा परनिर्भर रहेको रोल्पा मासुमा भने आत्मनिर्भर देखिएको छ । ७० प्रतिशत अण्डा, २२ प्रतिशत दुध र ९३ प्रतिशत माछा अपुग हुदा मासुमा भने आत्मनिर्भर भई जिल्ला वाहिर समेत निर्यात हुन थालेको छ । मासुका लागी वोईलर कुखुरा जिल्ला बाहिरवाट आयात गर्नु पर्ने भएपनि खासी, वोका र वंगुर भने निर्यात हुने गरेको छ । खसीबोका र वंगुर निर्यात गरेर यहाँका किसानले वर्षेनी करोडौ रूपैयाँ आम्दानी समेत गर्न थालेका छन ।

रोल्पाका किसानले गत वर्ष जिल्ला वाहिर खसी वोका निर्यात गरेर २२ करोड ३८ लाख ५३ हजा रूपैयाँ आम्दानी गरेका छन । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक अनुसार रोल्पाका किसानहरूले सो वर्ष तेह्र हजार ५६७ वटा खसी बोका जिल्ला बाहिर निर्यात गरेका थिए ।

सोही वर्ष जिल्लाबाट करिब १ हजार वंगुर निर्यात भएका थिए । वंगुर निर्यातवाट रोल्पाका किसानले करिव ३ करोड आमदानी गरेका थिए । भेडाको १ हजार ५०० किलो उनबाट ७ लाख ५० हजार आमदानी भएको भेटरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाको अभिलेखमा उल्लेख छ ।

जिल्लामा वितेका दुई वर्षमा अन्य पशुपालनको संख्या घट्दै गएपनि मासुका लागि पालिने वाख्रा र वंगुरको संख्या भने वृद्धी हुँदै गएको देखिएको छ । जिल्लाका किसानहरू सँग आर्थिक वर्ष ०७९/०८० मा २ लाख ३ हजार ५४२ वाख्रा रहेकामा ०८०/०८१ मा यो संख्या वढेर २ लाख ५ हजार ७४० पुगेको थियो । सो वर्ष वाख्रामा भएको वृद्धी करिव १ प्रतिशत भन्दा वढी हो । यसैगरी भेडामा समेत वृद्धी भएको देखिएको छ । आर्थिक वर्ष ०७९/०८० मा १४ हजार ३५७ भेडा रहेकोमा ०८०/०८१ मा यो संख्या १४ हजार ४२२ पुगेको थियो । वढेको यो संख्या ०.४५ प्रतिशत हो । यहाँका किसानले आर्थिक वर्ष कुखुरा ०७९/०८० मा ३ लाख ६९ हजार कुखुरा पालन गरेकोमा ०८०/०८१ मा यो संख्या करिव २ं५ प्रतिशतले वृद्धी भई ३ लाख ७८ हजार पुगेको थियो ।
आर्थिक वर्ष ०७९/०८० मा १ लाख ५ हजार गाई रहेकामा ०८०/०८१ मा यो संख्या घटेर १ लाख ३ हजार पुगेको थियो । विगत दुई वर्षको तुलना गर्दा जिल्लामा भैसीको संख्यामा पनि उल्लेख्य गिरावट आएको थियो । आर्थि बर्ष ०७९/०८० मा ५४ हजार भन्दा वढी भैसी रहेकोमा ०८०/०८१ यो संख्या करिव ४३ प्रतिशतले घटेर मा ३० हजार ७०० सयमा झरेको थियो । ती दुई वर्ष गाई र भैसीको दुध समेत घटेको थियो । आर्थिक वर्ष ०७९÷०८० मा १६ हजार ८८९ मेटिक टन दुध उत्पादन भएकोमा ०८०/०८१ मा उत्पादनमा १ प्रतिशत भन्दा वढी गिरावट आई १६ हजार ६०० मेटिक टन मात्रै उत्पादन भएको थियो ।

रोल्पामा पशुपालन, तरकारी र फलफुलको मेघा प्राजेक्ट चलाउन सकिने लुम्विनी प्रदेश सभा सस्दय दिपेन्द्र पुनमगरको भनाई छ । विप्रेशनमा आधारित अर्थतन्त्र राम्रो होईन, आफ्नै उत्पादनवाट आउने अर्थतन्त्रले मात्रै देशको आर्थिक विकास गर्न सक्छ सांसद पुनले भने । अहिले खसी वोका र वंगुरहरू ठूलो संख्यामा जिल्ला वाहिर निर्यात भईरहेका छन, यसले पनि पशुपालन क्षेत्रको सुखद भविष्यको संकेत गर्छ पुनले भने । आयातित खाना खाएर आत्मनिर्भरताका नारा लगाउने काम भईरहेको वताउदै सरकारले समेत कृषि क्षेत्रलाई प्राथमिता दिने भने पनि वजेट भने हरेक वर्ष घटाउने गरेको गुनासो गरे ।

रोल्पा पशुपालनको दृष्टिले उर्वर भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका वरिष्ट पशु विकास अधिकृत डा. शंकर न्यौपानेको भनाई छ । किसानहरूमा संस्थागत ढंगले अभिलेख राख्ने कुराको कमी हुँदा हरेक वर्ष उनीहरूलाई उत्पादनमा आधारित अनुदान दिन नसकिएको न्यौपानेको भनाई छ । मासुमा अनुदान दिने गरी कार्यक्रम आउने गरेको र किसानहरूको व्यवस्थित अभिलेख नहँुदा त्यस्तो वजेट फिर्ता हुने समस्या रहेको डा.न्यौपानेको भनाइ छ । लम्कि स्कृनका कारण अघिल्ला वर्षहरूमा रोल्पामा चार हजार वढी पशु मर्दा समेत जिल्लामा पशुको संख्या घट्न गएको उनको भनाई छ ।
जिल्लामा यतिधेरै पशुपालन भएपनि पशुधनको सुरक्षणमा भने खासै चासो देखिदैन । किसानको पशुधनको सुरक्षणका लागी पशु विमा कार्यक्रम लागु भएपनि यहाँका निकै कम पशुको मात्रै विमा गरिएको छ । जिल्लामा ६८७ वाख्रा, ६४ भैसी, १२ गाईगोरु, ९ वंगुर र २ भेडा गरी ७७४ पशुधनको मात्रै विमा गरिएको भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अभिलेखमा उल्लेख छ ।

पशुपालनको दृष्टिकोणले पनि रोल्पाको भौगोलिक अवस्था र हावापानीलाई उत्तम मानिन्छ । यहाँको करिव २४ प्रतिशत क्षेत्र चरणको लागी उपयुक्त रहेको छ । जिल्लामको ८४ प्रतिशत जनसंख्या पशुपालनमा आश्रीत रहेको वताईन्छ । जसमा ४४ हजार १०० किसान परिवारले पशुपालन गर्दछन । यति ठूलो संख्यामा किसानहरू आश्रीत रहेपनि उनीहरूको प्राविधिक सहयोगका लागी खटिने पशु प्राविधिकको संख्या भने निकै कम छ । पालिकामा कार्यरत ४६ र विज्ञ केन्द्रमा कार्यरत २० गरी ६६ जना प्राविधिकहरूले यहाँका किसानहरूलाई यो सेवा दिईरहेका छन । पशु क्षेत्रका एक जना प्राविधिकले यहाँका ६६८ घरधुरीको सेवा गर्नु पर्ने वाध्यता रहेको छ । सरकारले उपलव्ध गराउने वजेट अनुपात समेत निकै न्यून हुने गरेको छ । पशु पालन क्षेत्रमा विनियोजित कुल वजेटको अनुपात एक जना किसनालाई एक हजार ११२ रूपैयाँ मात्रै पर्ने गरेको देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?