ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना

१७ आश्विन २०८१, बिहीबार
१७ आश्विन २०८१, बिहीबार

नवलपुर, १७ असोज ।

नवलपरासी पूर्व नवलपुरमा प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेको छ । चाडपर्वको समयमा हुन सक्ने चोरी ,लुटपाट अन्य घटना नियन्त्रण गर्न विशेष योजना तयार पारिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक यादव ढकालले बताए ।

प्रहरीले चाडपर्वको समयमा यात्रुबसमा विशेष निगरानी राख्ने भएको छ । जस अनुसार जिल्लाको गैंडाकोट देखि दाउन्ने सम्म यात्रु बसमा सादा पोशाकका प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक ढकालको भनाइ छ । बस भित्र हुने सक्ने चोरी, लुटपाट, बढी भाडा लिए नलिएको लगायतको निगरानीका लागि सादा पोशाकका प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक ढकालले बताए ।

गैंडाकोटबाट प्रवेश गर्ने बसमा उक्त स्थानबाट सादा पोशाकका प्रहरी बसमा चढ्ने र दाउन्नेतर्फबाट आउने बसमा सोही स्थानबाट प्रहरी बसमा चढेर निगरानी गर्नेछन् । सबै बसमा निगरानी गर्न सम्भव नभएपनि छड्के रुपमा यस क्षेत्रमा चल्ने बसमा प्रहरीले निगरानी गर्ने प्रहरी उपरीक्षक ढकालले बताए।

कुनै शंकास्पद गतिविधि देखिए,यात्रुलाई कुनै असजिलो परे उक्त सूचना नजिकको प्रहरी कार्यालयमा दिने र प्रहरीले आवश्यकता अनुसारको कारवाही गर्ने उनको भनाई रहेको छ । प्रहरीले सार्वजनिक क्षेत्र, यात्रु चढ्ने ,उत्रने मुख्य स्थानहरुमा समेत निगरानी बढाउने उहाँले बताउनुभयो । यात्रु सहायताका लागि जिल्लाका विभिन्न स्थानमा यात्रु सहायता कक्ष समेत निर्माण गरिने उनको भनाई छ ।

यस बाहेक प्रहरीले विभिन्न युनिट निर्माण गरि अन्य क्षेत्रमा गस्ति गर्ने ढकालले बताए। चाडपर्वको समया हुन सक्ने घटना नियन्त्रणका लागि सुरक्षा प्रदान गर्न जिल्ला भर ३ सय ४५ प्रहरी परिचालन हुने प्रहरी उपरीक्षक ढकालले बताए । उनले पत्रकारसँगको भेटघाटमा आफूले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, प्राकृतिक स्रोतको चोरी नियन्त्रण गर्न, जुवातास लगायतका अवैध गतिविधि नियन्त्रण गर्न लागि पर्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?