ट्रेंडिंग:

>> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ

तेजस्वी सहकारीको साधारणा सभा

१७ आश्विन २०८१, बिहीबार
१७ आश्विन २०८१, बिहीबार

बुटवल, १७ असोज ।

बुटवल उपमहानरपालिका वडा नम्बर ९ मा रहेको तेजश्वी बचत तथा ऋण सहकारी संस्थाको १२ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । विहिबार बुटवल देवीनगरमा आयोजना गरिएको साधारण सभामा बोल्दै बुटवल उपमहानरपालिका नगर प्रमुख खेजराज पाण्डेयले सहकारीलाई उद्यमशिलता संग जोड्नुपर्ने कुरामा जोड दिएका छन् । उनले बुटवल उपमहनारापलिकासंग अनुमति लिएर सञ्चालनमा आएका सबै सहकारीहरुको व्यवस्थापन, आर्थिक पारदर्शीताको लागि तालिम समेत आयोजना गरिएको जानकारी दिदै सहकारीको नीती, मुल्य मान्यता भन्दा बाहिर जाने जो कोही सहकारी पनि कारवाहीको दायरामा आउने समेत बताए ।

नगर प्रमुख पाण्डेयले सहकारीको उद्देश्य भन्दा बाहिरको कारोबार भएकै कारण कतिपय सहकारीहरु समस्यामा परेको भन्दै उद्देश्य अनुसार काम गर्न समेत सुझाव दिए । उनले भने–‘कृषि सहकारी भनेको छ, बचत तथा ऋणको मात्रै काम गरेकोछ, बहुउद्देश्यले पनि त्यही हालत छ, त्यसो हुनु भएन, बचत तथा ऋणले बचत ऋणको काम गर्न पाउँछ, अन्य सबै नीति अनुसार जान जरुरी छ ।’

कार्यक्रममा सहकारीका संंस्थापक अध्यक्ष तथा सल्लाहकार रुपन्देही बचत तथा ऋण सहकारी संघका अध्यक्ष भोज बहादुर बुढाथोकीले सहकारीमा सहकारिता आवश्यक हुनुपर्नेमा जोड दिए । उनले सहकारीले लिने र दिने मात्रै काम भन्दा पनि लगानी योग्य पुँजी निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । उनले भने–‘अहिले लगानी थुप्रिएको छ, भनिन्छ तर लगानी केमा गर्ने, उत्पादनशिल क्षेत्रमा लगानी आवश्यक छ, त्यसो भएमा मात्रै सहकारीले सहकारिताको विकास गर्छ ।’

कार्यक्रममा सहकारीका सल्लाहकार महेन्द्र नारायण श्रेष्ठ, शेयर सदस्य दिपक पन्थी लगायतले आआफ्नो भनाई राखेका थिए । कार्यक्रममा संस्थाका अध्यक्ष दुर्गा पौडेलले अध्यक्षको प्रतिवेदन प्रस्तु गर्दै सहकारीमा हाल ६६९ जना सदस्यहरु रहेको जानकारी दिदै आगामी दिनमा थप गरी १ हजार बनाउने योजना रहेको बताएका थिए । यस्तै सहकारी को कुल पुँजी वृद्धि गरी लगानी समेत बृद्धि गर्ने योजना रहेको जनाएका थिए । कार्यक्रममा लेखा समितिका प्रतिवेदन सुझाव सहित संयोजक कृष्ण प्रसाद पाण्डेले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष निर्दोष पन्थीले प्रस्तुत गरेका थिए । सो कार्यक्रममा जेष्ठ शेयर सदस्य, उत्कृष्ट ऋणी, एईई परिक्षामा उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यका सन्ताललाई सम्मान गरिएको सहकारीका अध्यक्ष दुर्गा पौडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?