ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

तीन महिनादेखि महासंघको कार्यालयमा ताला

१७ आश्विन २०८१, बिहीबार
१७ आश्विन २०८१, बिहीबार

प्यूठान, १७ असोज ।
पत्रकारहरूको छातासंस्था नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको कार्यालयमा ताला लागेको तीन महिना वित्दा पनि ताला खोल्नेमा महासंघले तदारुकता देखाएको छैन । जिल्ला कोषाध्यक्ष सहितका जिल्लाका पत्रकार नेताहरूले ताला लगाएको ताला तीन महिना बित्ता पनि खुलेको छैन् ।

सुर्खेत मापदण्डले गैरपत्रकारहरूलाई हटाउने र क्रियाशिल पत्रकारलाई सदस्यता दिने उद्देश्यका लागि मापदण्ड बनाएपनि विवादित सिफारिस गरिएको थियो । मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रको एक परियोजनामा कार्यरत पहाडीले आफ्नै सदस्यता जाने भएपछि असार १५ गतेमा आफु कोषाध्यक्ष रहेको शाखामा तालाबन्दीको नेतृत्व गरेका थिए । महासंघको कार्यालयमा तालासंगै सूचना केन्द्र झाडिले ढाकेको छ ।

आफ्नै कार्यसमितिका पदाधिकारी समेतले लगाएको तालाबन्दिको विषयमा अध्यक्ष रिजाल राजनीतिक दलका भातृ संस्थाले लगाएको भन्दै पन्छिँदै आएका छन् । उनले जिल्लाले उनीहरूको माग सम्बोधन गर्न नसक्ने बताए । ‘यो केन्द्रको समस्या हो, केन्द्रमा मिलेपछि जिल्लामा आफै मिल्छ ।’ रिजालले भने,‘ उनीहरूको माग हामीले सम्बोधन गर्न सक्दैनौं ।’ सदस्यतामा केन्द्रले विवाद सिर्जना गरेको उनको धारणा छ ।

रिजाल जिल्ला अध्यक्ष नेपाल प्रेस युनियनबाट प्रतिनिधित्व गर्दै बनेका हुन् । जिल्ला कोषाध्यक्ष प्रज्वल पहाडी प्रगतिशील पत्रकार संघबाट प्रतिनिधित्व गरेका हुन् । तर महासंघकै कोषाध्यक्ष, जिल्लाका सदस्यहरू सहित प्यूठानको कार्यालयमा ताला लगाइएपछि महासंघ बेखवर जस्तै छ । पत्रकार महासंघ प्यूठानका पूर्व उपाध्यक्ष मेगराज भट्टले पत्रकार महासंघ नियमन हुन नसकेको बताएका छन । नियमन गर्ने निकाय नै कमजोर बनेपछी सामाजिक अभियान कमजोर बनेको उनको बुझाइ छ ।
महासंघले समानुपातिक तवरले सदस्यता नदिएको र पाउनुपर्ने पत्रकारले सदस्यता नपाएको कारण महासंघमा ताला लगाईएको नेपाल प्रेस युनियन प्यूठानका अध्यक्ष मधुसुदन भण्डारीले बताए । ताला खोल्न जिल्ला शाखाले कुनै चासो नदेखाएको उनको भनाइ छ । ‘ताला खोल्न महासंघको समन्वयकारी भूमिकै भएन’ भण्डारीले भने ।

महासंघ सबै नागरिकलाई विधी तथा पद्दती सिकाउने संस्था रहेपनि त्यसको मापदण्डमा महासंघ नरहेको पे्रस सेन्टर नेपाल प्यूठानका संयोजक टिकाराम पोख्रेलले बताए । सदस्यताको बिषयमा महासंघ प्यूठानले उस्तै प्रकृतीका राख्ने र उस्तै प्रकृतीका फाल्ने राजनीतिक पूर्वाग्रह राखेको उनको बुझाइ छ ।

प्यूठानमा पत्रकारको कार्यालयमा लगाएको ताल्चा नखुलाउदा सिङ्गो महासंघ नै कमजोर बनेको पत्रकार महासंघ प्यूठानमा पूर्व अध्यक्षहरूको गुनासो छ । जिल्लाका हरेक सूचनाहरूलाई सहज जनतामा पू¥याउन सञ्चालनमा ल्याइएको सूचना केन्द्र अलपत्र छ भने ताला खोल्न महासंघले कुनै चासो नदेखाउँदा सदस्यहरू चिन्तित छन् ।

त्यसैगरी पत्रकार महासंघको नविकरणमा विवादका कारण नयाँ पत्रकारहरू महासंघको सदस्य बन्न पाएका छैनन् । पत्रकार महासंघले क्रियाशिल पत्रकारलाई सदस्यता नदिनु दुःखद पक्ष भएको जिल्लाका अग्रज पत्रकारहरूको भनाइ छ । यसले गर्दा पत्रकारहरूको पेशागत मुद्धा उजागर गर्ने नेतृत्वदायी संस्थाको गरिमा गुम्दै गएको छ । सदस्यता सुद्दीकरण अभियानमा महासंघले दलीय कार्यकर्ता भर्ना गर्ने प्रवृत्ती देखिएको प्रेस चौतारी प्यूठानका अध्यक्ष बासुदेव गिरीले बताए ।
लामो समयदेखि पत्रकारीतामा क्रियाशिल रेडियो महिला आवाजकी स्टेशन म्यानेजर सुशिला बुढा मगर, यसअघी रेडियो माण्डवी, रेडियो रुकुमपुवमा काम गरेका र हाल रेडियो झुलेनीमा कार्यरत बिर बहादुर घर्ती (बिबश जि.एम.), रेडियो स्वर्गभूमिमा कार्यरत सन्तोष सुनार,रेडियो माण्डवीमा कार्यरत प्रमोद ओली, रेडियो स्वर्गभूमिमा कार्यरत बबिता रिजाल, राष्ट्रिय समाचार समितिका प्यूठान संबाददाता केशर सुनार, रेडियो झुलेनीमा कार्यरत भुवन सुनार, रामप्रसाद सुवेदी लगायत विभिन्न मिडियाका क्रियाशिल पत्रकारहरू महासंघको सदस्य छैनन् ।

पत्रकार महासंघ प्यूठानका अध्यक्ष सन्जय रिजाल अध्यक्ष रहेको रेडियो माण्डवीमै ४ बर्षदेखी कार्यरत प्रमोद वलीले सदस्यता नपाएको गुनासो गरेका छन । ७ बर्षदेखी पत्रकारीता गर्दै आएका हाल रेडियो झुलेनीमा कार्यरत बिवस जिएम ले २ पटक सदस्यताको लागि निवेदन दिएपनि नपाएको गुनासो गरे । त्यस्तै ५ बर्षदेखी क्रियाशिल हाल रेडियो महिला आवाजकी स्टेसन म्यानेजर रहेकी सुशिला बुढामगरले सदस्यता नपाएकोमा गुनासो गरिन ।

सुर्खेत मापदण्डले गैरपत्रकारहरूलाई हटाउने र क्रियाशिल पत्रकारलाई सदस्यता दिने उदेश्यका लागि मापदण्ड बनाएपनि महासंघको प्यूठान शाखाले पुराना सदस्यको नविकरणका लागि गरेको सिफारिस बिबादित बनेको थियो । कार्यकालभरी एकजना पनि नयाँ पत्रकारले सदस्यता पाएका छैनन् । नेपाल पत्रकार महासंघमा कतिपय गलत नियत बोकेका मान्छेहरू प्रवेश गरेकाले सदस्यता शुद्धिकरण अभियान कार्यन्वयनमा समस्या देखिएको नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एवं प्यूठान शाखाका पूर्वअध्यक्ष सुशील पोखरेलको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?