ट्रेंडिंग:

>> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

रीलमा दशैँहा थारू गीत

१७ आश्विन २०८१, बिहीबार
१७ आश्विन २०८१, बिहीबार

बर्दिया, १७ असोज ।
ए हो मदराके झलारमा मोर दिल बझ्गिल
फूलहस सुन्दर मोरे गोरी दिल बैठगील ।

मादल माथि राखिएको कपडाको झलराले दिल बुझ्यो । फूलजस्तो सुन्दर मायालुसंग दिल बस्यो । एक महिनाअघि थारु गाउँमा दसैंका गीत यसैगरी गुन्जिन्थे । भदौंको हरेरी पूजापछि एक दिन बिराएर हुरडुङ्गा नाच हुन्थ्यो । तर पछिल्लो पुस्ताको पालामा यस्ता दसैंहा गीत कमै गुन्जिन थालिसके ।मादल बजाउने (मिरडँगीया) र नाच्ने (नाचनिया) बीच पैँया लगाएको दृश्य हराउन थालेपछि केही युवाहरूले म्युजिक भिडियो मार्फत संरक्षणमा जुटेका छन् ।

दसैं नजिकिदै गएपछि परम्परागत गीतका म्युजिक भिडियो छायांकन धमाधम भइरहेका छन् । थारु मोडेल राजकुमार थारुले आफ्नै लगानिमा दसैं गीत गीतको म्युजिक भिडियो ‘बैथक्कु’ बनाएका छन् । बर्दियाको ठाकुरबाबा नगरपालिका मिर्चैया गाउँमा छायाँकन गर्दा हेर्नको भिड लाग्यो । स्थानीयले पम्परागत दसैंहा गीत आफ्नै घर आँगनमा हेर्न पाएमा खुसी जनाए । ‘हाम्रा पुर्खाले बचाएको दशैंहा गीत आजकल मुस्किलले सुन्न पाईन्छ । पहिले एक दिन बिराएर नाचगान हुन्थ्यो । अहिले भिडियो बनाउने बेलामात्रै हेर्न पाईन्छ ।’

‘रियलमा दसैंको गीत लोप हुन थालिसक्यो । दसैंको अष्टमी र नवमीका दिन मुस्किलले नाच हुन्छ । त्यसैले पुर्खाले जोगाएर यहा“सम्म ल्याई पुर्याएको संस्कृतिको संरक्षणमा सहयोग पुर्याउन प्रयास गरेको छु,’ मोडेल राजकुमारले थारुले भने,‘नयाँ पुस्ताका युवाहरूलाई थारु संस्कृति तर्फ आकर्षित गर्न दशैंहा गीतको भिडियो निमार्ण गरियो ।’

दसैंको आगमनसंगै थारु युवाहरूले म्युजिक भिडियो निमार्ण गरिरहेका छन् । यसअघि पनि दसैंसंग सम्बन्धित थुप्रै म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् । फरक संस्कृति, कलामा रमाउन थारु समुदायको संस्कृति धरापमा पर्दै गएको छ । तर युवाहरूमा भने आफ्नो मौलिक संस्कृतिप्रति चेत आउन थालिसकेको छ ।

चाडपर्वका बेलामा केही हदसम्म परम्परागत गीत गुन्जिन्छन् । चाडपर्व अगावै थारु गाउँमा रौनक र खुसीको महोल छाउनु उक्त समुदायको अर्को विशेषता हो । यति बेला गाउँमा दसैंको चर्चा सुरु भइसकेको छ । गाउँमा नभएपनि सार्वजनिक कार्यक्रममा युवायुवतीहरू हुरडुङवा, सखिया र छोक्रा नाच गरेर परम्परा जोगाउने प्रयासमा छन् । परम्परा र मौलिक गीत, नृत्य र बाद्यबादन बिर्सिन थालेका केही थारु युवाहरूले पुराना पिढीबाट सिक्न थालेका छन् ।

दसैंका सबैजसो गीत रमायण र देबीदेउटासंग सम्बधित रहेको जानकारहरूले बताउँछन् । पुराना पुस्ताले थारु संस्कृति र मौलिक गीतलाइ २१ औ शताब्दिसम्म ल्याइ पु¥याएका छन् । बर्षापछि धान लगायतका वाली हरियाली भएपछि थारु गाउँमा हरेरी पुजा हुन्छ । त्यसदिनदेखि थारु गाउँमा मादल बज्थ्यो । बालीनालीमा किरा नलगोस भनेर गरिने हरेरी पूजाले दसैं आउन थालेको संकेत गर्छ । त्यही दिनदेखि थारु समुदायले नाचगान गरी दसैंको अगामनलाइ स्वागत गर्ने चलन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?