ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि

राप्ती सोनारी गाउँ बाख्रा पालनमा

१७ आश्विन २०८१, बिहीबार
१७ आश्विन २०८१, बिहीबार

बाँके, १७ असोज ।
बाँकेको राप्ती सोनारी गाँउपालिका २ कचनापुरको पुरै गाँउनै बाख्रा पालन गरेर अम्दानी गरिरहेका छन । गाउँ वारीपरि जंगल भएकाले सजिलै घाँस पाउने भएकोले बाख्रा पालन गर्न सजिलो भएको हो । गाउँ मै रहेको जननी समाजिक महिला उद्धमी महिला सहकारी सस्थाले प्रति बाख्रा ६५ रूपैयामै ५ हजार बराबरको बिमा गर्न थालेपछि गाँउका मानिसहरू थप उत्साहित भएका छन ।

बाँके जिल्लाको राप्ती सोनारी गाँउपालिकामा अधिकंस क्षेत्रमा वन जंगल छ । घर छेउ वरीपरी वन जंगल भएको कारणले राप्ती सोनारी गाँउपालिका २ कचनापुरका किसानहरू बाख्रा पालन तर्फ अकार्षित भएका छन् । बाख्रा पालन गर्नका लागि गाँउमै रहेको जननी समाजिक उद्यामी महिला सहकारी सस्था बिक्रि वितरण तथा बाख्राहरूलाई चाहिने दाना उपलब्ध गराउने र प्रति बाख्रा ६५ रूपैँयामा ५ हजार बराबर बिमा गर्दै आइरहेको छ । सहकारीका सबै सदस्याहरूले बाख्रा पालन गरेर अम्दानी गरिरहेका छन् । पहिला किसानहरूले सहकारीलाई र सहरकारीले व्यपारीहरूलाई बिक्रि गर्दा बिचौलियाले नाफा खाइदिने र धेरै समय लाग्दा किसानहरूले घाटा व्यहोर्न परेको थियो । ६५ रूपैँयामै ५ हजार बराबरको बिमा गर्न पएपछि किसानहरू बाख्रा पालनमा थप उत्साहित भएको सहरकारीका अध्यक्ष गणेष खत्रीले बताए ।

कचनापुर गाँउमै भद्रविर रोकले करिब २ दशक देखि बाख्रा पालन गर्दै आइरहेको छन् । उनले बर्षिक ५ देखि ६ लाखको बाख्रा बिक्रि गर्ने गरेका छन् । उनलाई बाख्राको खोर निर्माणका लागि भेटेनरी अस्पताल तथा पशु विज्ञा केन्द्र नेपालगन्जले ५० प्रतिशत अनुदान दिएको थियो । ४ लाख लागतमा निर्माण गर्नु पर्ने खोरलाई निर्माण गर्नका लागि ५० प्रतिशतको २ लाख रकम उपलब्ध गराएको थियो । उनको छोराले पनि आफ्नो छुट्टै फार्म दार्ता गराएर बाख्रा पालन गरी रहेका छन् । बाख्रापालन गर्न निकै गह्रो रहेको छ उत्पादन भएका बाख्रा समयमा बिक्री गर्न सक्दैनौ र बढीमा बिचौलियाको हातबाट बिक्रि गर्दा घाटा प्यहोर्नु पर्ने बताए ।
गाँउका मानिसहरूले बाख्रा पालनबाट राम्रो अम्दानी गर्न थालेपछि विगत लामो समय देखि बसोबास गर्दै आएकी दिल कुमारी शर्माले पनि बाख्रा पालन शुरु गरेकी छिन उनी सँग अहिले एउटा बोयर बोका र लोकल जातका ३० बढी पाथा पाथि छन् । अहिले उनी बाख्रा र खोर निर्माणमा करिब ४ लाख लागत लागाइ सकेको बताईन । शुरूमा केही अम्दानी नभएपनि पछि गएर राम्रो हुने आशाले बाख्रा पालन व्यवसाय शुरू गरेको बताइन ।

राप्ती सोनारीका धेरै सहकारीहरूले कृषकहरू सँग साझेदारी गरेर काम गरि रहेका छन् । किसानहरूले उत्पादन गरेका खद्यान्न तथा बाख्रा, खुकुरा लगातका खरिद बिक्रि तथा वितरण गरिरहेका छन् । गाँउमै पशु चिमित्सक अपश्यक पर्ने औषधी र दाना समेत पाउन थालेपछि कचनापुरका किसानहरूलाई थप उत्साहित भएको देखिन्छ ।
यस्तै राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् ।

गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको दसैँतिहार मनाउने योजनामा रहेका छन् । यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँतिहारमा ठूलो मात्रामा खसीबोका बिक्री गर्ने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताइन् ।
‘महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छौं’, व्यवस्थापक गुरुङले भनिन् ‘यो वर्षको दसैँतिहारमा २५० खसीबोका बिक्री गर्ने लक्ष्य रहेको छ ।’

विगतमा बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन् ।
व्यावसायिक रूपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन् । महिलाले व्यावसायिक रूपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको व्यवस्थापक गुरुङको भनाइ छ ।
महिलाले वर्षमा अहिले १० देखि १२ सम्म खसी बिक्री गर्न थालेको उनले जानकारी दिइन् । पहिले फाटफुट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन् । गाउँमा महिला समूहमा आबद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झन्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?