ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

शसस्त्र प्रहरीद्वारा घाईतेको उद्वारबारे ‘डेमो प्रदर्शन’

१६ आश्विन २०८१, बुधबार
१६ आश्विन २०८१, बुधबार

बुटबल, १६ असोज ।
शसस्त्र प्रहरी बल नेपाल २७ गण हेडक्वाटर रूपन्देहीले सडक दुर्घटना सम्बन्धित संयुक्त उद्वार अभ्यासको डेमो प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त सुरक्षा टोलीले जुनसुकै समयमा आईपर्ने बिपदका बेला घाईतेहरूलाई सुरक्षित तरिकाले कसरी छिटोछरितो उद्वार गर्न सकिन्छ भन्ने बारे डेमो प्रदर्शन गरीएको थियो । बुटवलको नयाँ बसपार्कमा गरीएको डेमो प्रदर्शनमा एउटा यात्रुबाहक बस सडक दुर्घटनामा परेपछि बस भित्रका यात्रुहरूलाई उद्वार गरीएको बारे डेमो प्रदर्शन गरीएको हो । प्रहरीलाई खबर आउँछ बस दुर्घटना भयो । तत्कालै नजिकै रहेको नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थलमा तत्काल गर्न सकिने उपचार सामग्री फ्रष्टेज बक्स स्टेचर सहित घटना स्थल पुग्छन तत्कालै उद्वारमा खटीन्छन । उद्वार टोलीले दुर्घटनामा परी गम्भीर घाइते भएका मानिसहरूलाई तत्कालै एम्बुलेन्स मार्फत अस्पताल पुराउने ब्यबस्था गरीएको हुन्छ भने सामान्य घाईतेलाई घटनास्थलमा सामान्य उपचार गरेर अस्पताल पुराउने गरी काम गरेको देखिन्छ । घटना स्थलबाट उद्वार गर्दै गर्दा समेत घाईतेहरूको अवस्था बारे बुझदै सम्झाउँदै काम गरेको प्रदर्शन गरेको डेमोमा देखाईएको थियो ।

बिपदमा परेका मानिसहरू बारे समयमा सूचना पाए बिपदबारे हुने मानबिय क्षेतिलाई कम गर्न यस्ता उद्वारकार्यले ठूलो सहयोग मिल्ने डेमो हेरीरहेका दर्शकहरू बताउँछन । समयमा खबर पाए सुरक्षा निकायहरूले गर्ने उद्वार धेरै राम्रो सुझबुझका साथ गरेकाले घटनामा परेका मानिसहरूको ज्यान जोगीने देखीएको डेमो हेरीरहेका दर्शकहरूको बताईरहेका थियो । संयुक्त डेमो हेरीरहेका बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पान्डेयले पछिल्लो समय दुर्घटनामा परेका घाईतेहरूको उद्वार गर्ने भन्दा फोटो खिच्ने भाईरल बनाउने कामले प्रश्रय पाईरहेको यसलाई रोक्नु जरुरी रहेको बताए । तिनवटा सुरक्षा फौज शसस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाले गरेको उदारकार्य धेरै आशालाग्दो रहेको भन्दै घाईतेहरूले समयमा उद्वार पाए धेरैको ज्यान जोगिने भन्दै प्रमुख पाण्डेयले भने बिशेष गरेर शसस्त्र प्रहरीले बिपदका बेला उद्वारमा राम्रो काम गर्दै आएको बताए । डेमोले उद्वारमा थप सहयोग मिल्ने भन्दै प्रमुख पाण्डेयले भने देखाएको भन्दा अझै राम्रो गरी जनताको उद्वारमा लागेको देख्न पाईयोस शुभकामना छ । रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुनैपनि समयमा आईपर्ने घटनामा परेका मानिसहरूको समयमा उद्वार गर्दा धेरैेको जीवन बच्ने हुँदा सबैपक्ष उद्वारमा ध्यानपूर्वक लाग्नुपर्ने उनको भनाइ छ । शसस्त्र प्रहरी नेपाल २७ नम्बर गण हेडक्वाटरका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले शसस्त्र प्रहरीले बिपदमा परेका मानिसहरूको उद्वार कार्यमा ठूलो भूमिका खेलेको बताए ।

पछिल्लो समय शसस्त्र प्रहरीका सबै कर्मचारीलाई बिपदबारे आधारभूत तालिम दिँदै आएको भन्दै शसस्त्र प्रहरीले सिमा सुरक्षा, आन्तरिक सुरक्षा राजश्व चुहावट नियन्त्रण सँगै बिपद उद्वारका क्षेत्रमा बिशेष बनाउँदै लगीरहेको प्रमुख थापाको भनाइ छ । देशमा हुने बिपदबाट हुने क्षतिलाई न्यूनीकरण गर्न समय समयमा यस्ता डेमो प्रदर्शनले ठूलो भूमिका खेल्ने र कुनैपनि घटना दुर्घटनाबाट हुने क्षति तथा उद्वारलाई थप बलियो बनाउन सहयोग पुग्ने प्रमुख थापाको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?