Butwal Today

घर लिप्न कमेरो लिन गएका दुई जनाको मृत्यु

१६ आश्विन २०८१, बुधबार
अ+
अ-

सुर्खेत ।

घर लिप्ने माटो ( सेतो कमेरो) खन्ने क्रममा हुम्लामा दुई जनाको मृत्यु भएको छ । दशैं नजिकिएसँगै घर लिप्ने माटो लिन गएका बेला माथिबाट आएको मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ताँजाकोट गाउँपालिका वडा—३ रामा गाउँका २५ वर्षीय प्राविधिक ध्रुव शाही र सोही गाउँकी २४ वर्षीया मनसरा मल्ल रहेका छन् । सँगै माटो लिन गएका सोही ठाउँका २६ वर्षीय लालबहादुर शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

उनीहरु आज बिहान आठ बजे घरभन्दा आधा घण्टाको दुरीमा रहेको जंगलमा माटो लिन गएका थिए ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सुचना अधिकारी नरेन्द्र चन्दका अनुसार ताँजाकोट गाउँपालिका–३ राम गाउँका उनीहरू दसैँमा घर सजावटका लागि बुधबार बिहान माटो खन्न गएका थिए ।

‘यता दशैंमा घर सजावट गर्नको लागि माटो तथा सेतो कमेरोले घर लिपपोत गर्ने चलन छ’ उनले भने, ‘यही माटो खन्ने क्रममा उनीहरुलाई माटोको ढिस्कोले पुरेको रहेछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?