ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

सयौँ विघा धान खेती डुबानमा, किसान चिन्तित

१५ आश्विन २०८१, मंगलवार
१५ आश्विन २०८१, मंगलवार

सुनवल, १५ असोज ।
पश्चिम नवलपरासीमा अविरल वर्षापछि आएको बाढिले झन्डै २ हजार विगाहामा लगाईएको धान खेती डुबानमा परेको छ । भर्खरै पसाउँदै गरेको धान डुबानमा परेपछि किसान चिन्तीत भएका छन् । जिल्लाको पाल्हीनन्दन गाँउपालिकाको वडा नम्बर १ र ६ मा ८ सय र सरावल गाउँपालिकाको वडा नम्बर ६ र ७ मा १२ सय विगाहामा लगाईएको धान डुबेको छ ।
वर्षायाममा डुबानमा नपरेको क्षेत्रमा अहिले बाढि पसेपछि धान नष्ट हुने जोखिम देखिएको सरावल गाँउपालिकाका अध्यक्ष सुखाडी चौधरीले बताए । डुबान क्षेत्रको स्थानीय तहले क्षतीको विवरण संकलन सुरु गरेको बताएका छन् । सरावलमा धनेवा खोलाको डिल बाढिले भत्काउदा धेरै क्षती भएको छ । यता भुजहवाको भारत संगको सिमावर्ती क्षेत्रमा झरही खोलाले कटान संगै डुबान भएको छ । पाल्हीनन्दन तर्फ तटबन्ध भएपनि सरावल क्षेत्रमा तटबन्ध नहुदा बाढि धान खेतमा पसेको हो । भुजहवा क्षेत्रमा तटबन्ध गर्न खोजेपनि स्थानीय प्रशासनले तटबन्ध गर्न रोक लगाउँदा धेरै क्षति भएको गाँउपालिका अध्यक्ष चौधरीले बताए । प्रमुख जिल्ला अधिकारीले तटबन्ध गर्न खोज्दा सिमावर्ती क्षेत्र भन्दै रोक लगाउनुभयो जसले गर्दा धेरै क्षती भयो सरावल गाँउपालिका अध्यक्ष चौधरीले भने ।

असार साउन र भदौ महिनामा डुबानको समस्या नभोगेका किसानलाई असोज महिनामा भारी वर्षाको समाना गर्नुपरेपछि किसानलाई लगानी समेत नउठ्ने चिन्ता थपिएको छ । धनेवा र झरही खोलाका कारण पाल्हीनन्दन र सरावल गाउँपालिकाका वर्षेनी डुबान हुने गरे पनि डुबान नियन्त्रणका लागी प्रभावकारी काम भने हुन सकेको छैन् ।
जिल्लामा अविरल वर्षाका कारण ३ सय घर डुबानमा परेका छन् भने एक दर्जन घर भत्किएको प्रहरीले जनाएको छ । नारायणीपारीको सुस्ता गाँउमा झन्डै २ सय घरमा पानी पसेको छ । अझै पनि लेदो सहितको पानी बस्तीमा रहेकाले सुस्ताबासी समस्यामा छन् । कच्चि घर भएका स्थानिय धेरै पिडित भएपनि सो क्षेत्रका जनप्रतिनिधिले चासो नदिएको गुनासो गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?