Butwal Today

दाउन्नेमा अवरुद्ध सडक एकतर्फि सुचारु

१५ आश्विन २०८१, मंगलवार
अ+
अ-

सुनवल, १५ असोज ।
पुर्व पश्चिम राजमार्ग अन्र्तगत पश्चिम नवलपरासीको दाउन्नेमा अवरुद्ध सडक एकतर्फी रुपमा सुचारु भएको छ । सडक भासिदा हिजो देखि अवरुद्ध सडक एक तर्फी रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाँलले जानकारी दिए। रातभर दुइ वटा डोजर प्रयोग गरेर सडक सुचारु गराइएको हो । दुइ तर्फी सडक सुचारु गराउन काम भइरहेको जनाइएको छ । बर्दघाट ४ दाउन्ने जंगल स्थीत खुर्सानीखोलामा सडक माथिको पर्खाल भत्किएर हाइटेन्सन लाइन ढलेको थियो भने ३ मिटर सडक भासिएको थियो । अहिले सवारी साधनको दुवैतर्फ लामो लाम छ । पहिले यात्रुवाहक सवारीलाइ पहिलो प्राथमिकतामा दिएर गन्तव्य तर्फ पठाउन सुरु भएको प्रहरीले जनाएको छ । ठेकेदार कम्पनी चाईना स्टेट कन्ट्रक्सन संग समन्वय गरी गएराती बाटै काम सुरु गरी समयमै राजमार्ग सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले बताइन् ।