ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

प्राकृतिक विनासले पु¥याएको अकल्पनीय क्षति

१५ आश्विन २०८१, मंगलवार
१५ आश्विन २०८१, मंगलवार

तत्काल आउँदै गरेको हामी नेपालीहरूको महान् चाड दशैँ र तिहारको मुखमा ठूलो प्राकृतिक प्रकोप भएको छ । अधिकांश नेपालीहरूले आफ्ना पितृहरूलाई कुनै न कुनै रूपमा सम्झना गर्ने समय सोह्र श्राद्धका बीचमा भएको यस प्राकृतिक विनासबाट हामी नेपालीहरू अत्यन्त स्तब्ध भएका छौँ । विशेषतः नेपालको मध्य भाग बागमती प्रदेशमा भएको यस प्राकृतिक प्रकोपको दुर्घटनाबाट धेरै नेपालीहरूले ठूलो धनजन गुमाउनु परेको छ । दैवको लेखन भनौँ कि हाम्रो हेलचेक्राइँ भनौँ बुटवलबाट काठमाडौँका लागि गइरहेको हायस पहिरोमा पर्दा दुईवटा परिवारका तीन–तीनजना सदस्यहरूले यस संसारबाटै विदालिनु परेको छ । ती अबोध बाबु जसले यो संसारमा आएर बल्लमात्र आमाको पुकार गर्दै थिए, उनले पनि राम्रोसँग आफ्नी आमालाई समेत चिन्न नपाउँदै आमासँगै पृथ्वी आमामा मिल्नु परेको छ । त्यस्तै ती बाबु जो जीवनभर कमाईका लागि भारतमा बसे अब नफर्कने गरी नेपाल फर्किएर मातृभूमिको सेवा गर्ने उद्देश्य थियो उनको पनि त्यो उद्देश्य पूरा नै हुन पाएन । त्यस्तै अझ अर्को भावविह्वल क्षण, जसलाई सुन्दा नै पनि शरीर काँप्दछ, त्यस किसिमको अर्को विभत्स घटना सुन्नुपरेको छ । वंगलादेशमा हुन लागेको कुनै कार्यक्रमका भाग लिनका लागि गएका जुम्ल्याहा दाजुबहिनी पनि आफ्नी प्राणप्यारी आमा सहित पहिरोबाट बग्नुपरेको छ । कसैले चार घण्टासम्म जीवनको पुकारा गर्दा समेत गुहार नपाएर नदीसँगै बग्नुपरेको छ ।

अब त वर्षात्को समय गइहाल्यो । त्यसैले त्यति ठूलो पानी पर्दैन । परे पनि ठूला ठूला बाढी पहिरा त पक्कै पर्दैनन् भन्ने सबैलाई लागिरहेको थियो । त्यसैले पनि एक–दुई दिन अगाडिदेखि आइरहेको पानीको पनि पर्वाह नगरी सबैजना आफ्ना गन्तव्यतिर लागिरहेका थिए । आर्थिक मन्दीका कारणले चल्न नसकेका आफ्ना व्यवसायहरू दसैँ तिहारको मौकामा त केही राम्रो होलान् भन्ने आसयमा धेरैको गन्तव्य काठमाडौँतिर गएर सामान ल्याउनका लागि पनि थियो । आर्थिक मन्दीकै कारणले गर्दा त्यति चल्न नसकेका यातायातका साधनपनि दसैँ तिहारका अघि पछि चलाउन पाए केही कमाई त गर्न सकिन्थ्यो कि भन्ने भाव साहु र चालक समेतलाई थियो । त्यसैले पनि मुसलधारे पानीको पनि प्रवाह नगरी सबैले आ–आफ्ना गन्तव्य रोजेका थिए ।

वर्षाका समयमा ठूलै प्रकोप मच्चिएको मुग्लिङ्ग र नारायणगढको बीचको स्थान कटियो भने त चाँडै नै स्वस्थानमा पुगिएला भन्ने भाव यात्रुहरूका मनमा थियो । त्यसपछि त्रिशुली नदीको किनारै किनारै गल्छि पुगिसकेपछि त झन् यात्रुहरूको मनमा अब त काठमाडौँ आइपुगिहालिन्छ भन्ने नै थियो । त्यसमापनि अझ नौविसे कटिसकेपछि त सबै आ–आफ्ना गन्तव्य स्थानमा पुगिहालिन्छ भनेर आफन्तहरूलाई फोन लगाउँदै थिए । चालकहरू पनि अहिलेसम्म कुनै ठूलो प्राकृतिक घटना नभएको स्थानमा त्यस किसिमको लेदो आउला र यसरी सबै बगिएला कि भन्ने कुनै पनि किसिमले शङ्कामा थिएनन् । तर, के गर्ने नपत्याउने खोलाले बगाउँछ भने झैँ भयो । मुग्लिङ्ग र नारायणगढ बीचको सडकमा भएको विभत्स दुर्घटनाबाट हामीले सिक्न सकेनौँ । रातीको समय जसरी पनि घातक हुँदो रहेछ भन्ने कुरालाई विर्सियौँ ।

प्राकृतिक घटना त घटिरहन्छन् । यी घटना प्रकृतिले जानेर बुझेर गरिदिने पनि होइनन् । हाम्रा धर्मशास्त्रमा– धर्मो रक्षति रक्षितः भनेको छ । अर्थात् जसले धर्मको रक्षा गर्दछ त्यसलाई धर्मले पनि रक्षागर्दछ । कति वैज्ञानिक र व्यावहारिक कुरो छ । त्यस्तै प्रकृतिको नियममा पनि यही कुरा लागू हुन्छ । प्रकृतिलाई जसले रक्षा गर्दछ उसलाई प्रकृतिले पनि रक्षा गर्दछिन् । अधिकांश प्राकृतिक घटना हाम्रा कारणले भएका छन् । हाम्रा चेतनाले काम नगर्दा घटेका छन् । शहरीकरणका नाममा नदी–नालाहरूका प्राकृतिक बाटाहरू हामीले ओगटेका छौँ । ती प्रकृतिका बाटाहरू मिच्दा प्रकृतिले पनि बेला–बेलामा आफ्नो विशाल रूप लिएर हामीलाई शिक्षा दिने गर्दछिन् । २०७२ सालको भूकम्पपछि पनि केही वर्ष अगाडि सिन्धुपाल्चोकमा भएको नदीजन्य घटनाका माध्यमले प्रकृतिले हामीलाई सबक सिकाएरै गएकी थिइन् । तर, त्यो वैराग्य हामीहरूको मनमा धेरै समय रहन सकेन । खोला–नालाका नजिकबाट हामी टाढा जान सकेनौँ । त्यसैले पुनः काभ्रे जिल्लामा रोशीखोलाका कारणले धेरै जनधनको नास हुन पुगेको छ । काठमाडौँको त झन् कुरै गर्न परेन । धेरै पटक नदी नालाहरूले हामीलाई खबरदारी गरिरहेका छन् । केही वर्ष अगाडि बल्खु खोलाले हामीलाई सचेत गरायो । फेरि हामी जस्ताको तस्तै भयौँ । त्यसको केही समय पछाडि विष्णुमती र बाग्मतीले त्यस्तै खबरदारी गराए । त्यो नदीको भविष्यवाणी पनि सुनेको नसुन्यै गर्यौँ । अहिले पुनः तिनै नदीनालाका साथमा हनुमन्ते खोलाले पनि खबरदारीको भाषा बोलिसकेको छ । तर हामीले यसलाई प िनविर्सने छौँ । अनि कुनै न कुनै दिन फेरी हाम्रा नदीनालाले हामीले पनि यी सबै कुरा थाहा नपाउने गरी हामीलाई पनि लैजाने छिन् । त्यसपछि के हुनेछ त्यो प्रकृतिलाई मात्र थाहा हुनेछ ।

हामीले धर्म धर्म भन्ने गरेका छौँ । यो धर्म भन्ने चिज हामीमा मात्र नभएर यी प्रकृतिमा पनि हुने रहेछ । यिनले पनि आफ्नो धर्म अनुसार काम गर्ने रहिछन् । आफूलाई कसैले विघ्न बाधा उत्पन्न गर्यो भने आफ्नै धर्म अनुसार ठिक गर्ने रहिछन् । यी नदी नालाहरूको धर्म सफा भएर हामीहरूको जीवन चलाइदिनु हो । अर्थात् परोपकारायवहन्तिनद्यः । यिनमा हामीले ढल–नल बगायौँ भने यिनलाई पनि जरो आउने रहेछ । यिनको आकारलाई घटाइदिन थाल्यौ भने यिनलाई पनि क्रोध आउने रहेछ । यी पहाडहरूमा पनि चेतना हुने रहेछ । त्यसैले यिनलाई अनावश्यक दुःख दिँदा यिनीहरूले पनि आफ्नो स्वरूपलाई विकलाङ्ग बनाउने रहेछन् । आखिर हामीले बुझ्नुपर्ने भनेको के भने जुनपनि काम प्रकृतिको नियम अनुसार गर्न सक्यौँ भने अनिमात्र हाम्रो जीवन सहजरूपले चल्न सक्दो रहेछ । ईश्वर खोज्न बाहिर जानुपर्ने रहेनछ । प्रकृति नै ईश्वर रहेछ । अवचेतन जस्तो देखिने प्रकृतिलाई हामीले रिस उठायौँ भने कुनै न कुनै दिन हामीले सजाय भोग्नैपर्ने रहेछ । त्यसैले आफ्ना नजिक हुँदै गरेका विकास हाम्रालागि कतै विनासको रूप लिएर त आउने हैनन् ? यस कुरालाई विचार गर्दै विकासको गति चलाउन सक्यौँ भने प्रकृति माताले पनि हामीलाई बचाएर राख्नेछिन् । जय प्रकृति ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?