ट्रेंडिंग:

>> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले

नदी कटानले सयौँ घरपरिवार खतरामा अरुलाई बास दिने कै उठीबास

१५ आश्विन २०८१, मंगलवार
१५ आश्विन २०८१, मंगलवार

चन्द्रौटा (कपिलवस्तु), १५असोज ।
“नदी कटानले गाउँ आउने जाने बाटो बन्द भयो । पचासौँ बिगाहा जमिन थियो, अरुलाई बस्न दिन्थेँ । अहिले आफूलाई कसले बस्न दिन्छ भन्ने भैसक्यो । थोरै जग्गा जमिन भएका बसाइ सरिसके अब बस्न कसले दिने कोहि छैन ।” राम सागर कुर्मी चौधरीले भने । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर–१२ भदुई घर भएको उनी करिब ५ दशक पहिले ५०सौँ बिगहा भन्दा बढी खेतीयोग्य जमिन भएको गर्वका साथ सुनाउँथे । जहाँ अन्न उत्पादन गरी चौधरीले अरूलाई आश्रय र रोजगार दिन्थे ।

अहिले जमिन कटानले गर्दा बचेको १० बिगहामा मात्र निर्भर हुनु, विगतको त्यो समृद्धि र सम्पन्नताको स्मृति खल्लो महसुस भएको चौधरीले बताए । कटानले ४० बिगहा बढी जमिन कटानले बगर बनी सकेको उनी बताउँछन् । जमिनदार भएर के गर्नु छिमेकी देश भारतको शरणमा जानुपर्ने बाध्यता हुन थाल्यो । यता हाम्रो सरकारले देख्दैन माया त नेपालकै लाग्छ । कुनै बेला जमिनदार र आश्रयदाताको भूमिकामा रहेका मानिसहरू अहिले आफ्नै जमिन गुमाएर अन्यत्र शरणार्थी बन्न बाध्य छन् ।

कटानका कारण जमिन गुमाउँदा धेरैको जीविकोपार्जन गुम्ने मात्र होइन, तिनहरूको पहिचान, स्वाभिमान, र पुख्र्यौली थलो समेत बगेर जाने स्थिति सिर्जना भएको छ । सरकारको ध्यान नपुग्नु र यस समस्यामा कुनै प्रभावकारी समाधानको अभावमा उनीहरूले आफ्नो मातृभूमिबाट टाढिनुपर्ने अवस्था आएको छ । गाउँ र जमिन गुम्नुको पीडा केवल उनको आर्थिक स्थिति बिग्रनु मात्र होइन । यो त आफ्नो पहिचान र अस्तित्व समेत गुमाउनुजस्तै हो । यस समस्याको समयमै समाधान नभए भविष्यमा अझ धेरै घर परिवारहरूको अस्तित्व नै संकटमा पर्न सक्ने समेत राम सागरले जिकिर गरे ।

यस्तै स्थानीय इदरसी पठानले गाउँको तिन तिरैबाट चरिंहवा (अर्ररा) नदीले प्रति बर्ष सयौँ बिगहा खेतियोग्य जमिन कटान गर्दै आएको बताए । उनका अनुसार कटान गर्दा १ देखि २ सय मिटर दुरीमा रहेको नजिकै रहेको भदुई, मानपुर, जोशिडिहवा, हथियागढ, बरइपुर, ठकुरापुर, शिवभारी, महादेव, बैदौली, लखौरा लगायत दर्जनौँ गाउँ बस्ती विस्थापित हुने अवस्था छ । यतिबेला जमिनदार मात्र होइन, आम नागरिकको समेत जमिन कटानले बषौँ देखिको इतिहास नै गुमाउने खतरा छ । जगलाल खटिक र ओजिर पठानको करिब एक दशक यता करिब ३२ बिगहाभन्दा खेतियोग्य जमिन नदी कटानले बगर बन्दै पशुहरूको चरी चरणको क्षेत्रमा परिणत भएको प्रष्ट देखिन्छ ।

कुल्ले कुर्मी, जनक कुर्मी, जग प्रसाद उपाध्याय, बलिराम मुराउ, र भागीरथी कुर्मी लगायतका व्यक्तिहरूको कथा राम सागर कुर्मी चौधरीको जस्तै दुःखदायी र पीडादायी छ । उनीहरूको मात्र होइन, उनीहरूको गाउँबस्तीका सयौँ घरपरिवारको जमिन पनि नदी कटानले तहसनहस भएको छ । हजारौँ बिगहा जमिन गुमाउँदा उनीहरू आफ्नो पुर्ख्यौली सम्पत्ति र स्थायित्व गुमाएर विचल्लीको अवस्थामा पुगेका छन् । कटानले गाउँका परिवारहरूको अर्थतन्त्र, जीविकोपार्जन र सामाजिक जीवनलाई पूर्ण रूपमा अस्तव्यस्त बनाएको छ । एक समय ठूलो जमिनमा खेती गरेर आत्मनिर्भर जीवन बिताएका यी परिवारहरू अहिले आफ्नो अस्तित्व बचाउनकै लागि संघर्ष गरिरहेका छन् । आफ्नो खेतबारी र बस्ती गुमाउँदा उनीहरूलाई ठाउँठाउँमा विस्थापित हुनुपर्ने र श्रम मजदुरीमा निर्भर हुनुपर्ने स्थिति आएको छ ।

नदी कटान रोकथामका लागि तत्काल व्यवस्था गर्न आवश्यकता रहेको अगुवाहरूको भनाइ छ । यस अवस्थामा, यस्ता परिवारहरूको पुनर्वास, जमिन कटान रोकथाम, र दीर्घकालीन समाधानको आवश्यकता छ । यता कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले नदी कटानले ठूलो क्षति भएको बताए । उनले भने, “नदी कटानले धेरै घरपरिवार विस्थापित भएका छन्, र हजारौँ बिगहा जग्गा बगरमा परिणत भएको छ । यसले समाजलाई गहिरो आर्थिक र सामाजिक क्षति पुर्याएको छ ।” नदी कटान नियन्त्रण गर्न नगरको बजेटले ठेग्न नसक्ने बताउँदै ठूलो बजेट आवश्यक रहेको उनले बताए । नदी कटान क्षेत्र अनुगमन गर्दै माथिल्लो निकायसँग पहल गर्ने मेयर शाहले प्रतिबद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?