ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पूर्वाधार बन्यो लाईसेन्स बनेन

१५ आश्विन २०८१, मंगलवार
१५ आश्विन २०८१, मंगलवार

नवलपरासी, १५ असोज ।
गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढि राजस्व संकलन गर्दै आएको जिल्ला स्थित यातायात ब्यवस्था सेवा कार्यालयको सेवा थपमा ढिलाई भई रहेको स्थानिय जनप्रतिनिधिले चाँसो देखाएका छन् । चारपाँग्रे सवारीको चालक अनुमतिपत्र (लाईसेन्स) दिन परिक्षण गर्ने सबै पूर्वाधार भए पनि सो सेवा बिस्तार प्रति जनप्रतिनिधिहरूले हस्ताक्षर नै गर्दै सेवा विस्तारमा चाँसो देखाएका हुन् ।

चारपाँग्रे सवारी साधनको लाईसेन्स जारी गर्नका लागि ट्रयाल गर्ने पुर्वाधार निर्माण भएको बर्ष दिन पुग्न लाग्यो तर कसैले सेवा विस्तरमा रोक लगाउने र कसैले ल्याउन पहल गर्ने गर्दै आएको स्थानिय सन्दिप यादवले बताए । ट्रायलका लागि सबै पूर्वाधार निर्माण भई सकेको छ, उनले भने, तर स्वीकृति नआउदा सो सेवा सञ्चालन हुन सकेको छैन् । विगत बर्षमा पनि यातायात ब्यवस्था कार्यालय जिल्लामा ल्याउनका लागि सर्वपक्षिय भेला गरेर मन्त्रालयसम्म दौडधुप गरेर जिल्लामा यातायात ब्यवस्था सेवा कार्यालय ल्याइएको थियो । शुरु शुरुमा सवारी साधनको नविकरण मात्रै थियो, उनले भने, तर पछि दुई पाँग्रे सवारीसाधनको लाईसेन्स पनि जारी गर्ने गरि सेवा थपियो, यसले गर्दा यहाँका जनतालाई भैरहवा र बुटवल जाने बाध्यता ट्र्यो, अहिले जनताले राहत महशुस गर्दै आएको यादवको भनाइ थियो । चारपाँग्रे सवारीसाधनका लागि लाईसेन्स यहिँबाट पाउन थालियो भन्ने जिल्लाबासीका लागि थप राहत पुग्ने उनको भनाइ थियो ।

कार्यालय प्रमुखले पत्र लेखेर सेवा विस्तारका लागि मन्त्रालयसँग निरन्तर पहल गर्दै आएका छन्, उनले थपे, तर यातायात ब्यवस्था मन्त्रालयका मन्त्रीसँग यसै जिल्लाका प्रदेश साँसदले नै सेवा नपठाउन भन्दै आएको कुरा सुन्नमा आईरहेको छ । यसको समर्थनमा जिल्ला स्थित सबै स्थानिय तहका प्रमुख, जिल्ला समन्वय समिति, राजनीतिक दलका प्रमुख र प्रतिनिधि सभा सदस्य (सांसद) धु्रव बहादुर प्रधान तथा लुम्बिनी प्रदेश सभा सदस्य (प्रदेश साँसद) बैजनाथ जैसवाल बाहेक सबैले हस्ताक्षर बुझाउदै कार्यालयमा सेवा थप गर्न आग्रह गरेका छन् ।

यसका लागि यातायात ब्यवस्थासँग सरोकार राख्ने अन्य संघसस्थाहरूले पनि माग गर्दै आएको उनले सुनाए । यता प्रदेश साँसद जैसवालले आफुले सँसदमा सेवा विस्तारका लागि निरन्तर कुरा उठाउदै आएको दाबी गर्दै आफू लक्षित गरिँदै आएको आरोप निराधार रहेको बताउँदै आएका छन् ।

मन्त्रालयले सेवा थपका लागि चाडै नै स्वीकृति प्रदान गर्ने जानकारी गराएको यातायात ब्यवस्था सेवा केन्द्रका प्रमुख मुतिm प्रसाद पाण्डेले जानकारी गराए । उनका अनुसार पुर्वाधार निर्माण भई सकेको छ । मन्त्रालयले सेवा थप गर्नका लागि प्रतिवद्ध रहेको छ । यसमा पनि यहाँका जनप्रतिनिधिले पनि निरन्तर चाँसो ब्यतm गर्दै आएको हुदा चाडै नै सेवा विस्तार हुनेमा आफु विश्वस्त रहेको सुनाए । अहिलेसम्म दुई पाँग्रे सवारी साधनको लाईसेन्सका लागि परिक्षा लिईने, प्रयोगात्मक (ट्रायल) जाँच समेत हँुदै आएको छ । त्यसैगरि सवारी साधनको नविकरण, रुट इजाजत,प्राविधिक जाँचपास, पटके सेवा, बढी लोड बोकेका सवारी कारवाही गर्ने सेवा पनि हुँदै आएको छ ।

त्यसै गरि गत आर्थिक बर्षमा १३ हजार ३ सय ३१ नयाँ सवारी चालक अनुमतिपत्र दर्ता गरिएको कार्यालय प्रमुख पाण्डेले जानकारी गराए । ९ सय ९९ बर्गथपका लागि अनुमतिपत्र दर्ता,५ हजार ३ सय ३८ सवारी चालक अनमतिपत्र नविकरण गरिएको छ । उनका अनुसार ९ वटा प्रतिलिपि,९ हजार ७ सय ९१ जनाको लिखित परिक्षा, र ए बर्ग तर्फ ८ हजार ६ सय ६२ वटा र के बर्ग तर्फ १ हजार ९ सय ७१ वटा प्रयोगात्मक परिक्षा गरिएको थियो । ३ हजार ८ सय ४९ वटा नयाँ सवारी चालक अनुमतिपत्र जारी गरिएको थियो,भन्ने २ सय ९१ वटा वर्ग थप सहितको अनुमति पत्र जारी गरिएको थियो ।

यसै गरि राजस्व तर्फ गत आर्थिक बर्ष (२०८०/०८१) मा कुल राजस्व २० करोड ३८ लाख ७ हजार १ सय ५६ राजस्व संकलन भएको थियो । जबकी अघिल्लो आर्थिक बर्ष (२०७९/०८०) मा १२ करोड ८६ लाख ४ हजार ३ सय ९५ रुपिया मात्र भएको थियो । सेवा बिस्तारले जनताले आफ्नै गाँउ ठाँउमा सेवा पाउने मात्रै होईन्,राजकोषमा उनीहरूले योगदान समेत पुर्याउने छन् । यसले गर्दा सेवा बिस्तारले राज्य र जनता दुबैको लाभ हुन्छ, कार्यालय प्रमुख पाण्डेले भने, चार पाँग्रे तथा तिन पाँग्रे सवारी चालकको लाईसेन्स सेवा थप गरेमा हजारौ टेम्पु चालक र ग्रामिण भेगका ट्रयाक्टर चालकले आफ्नै गाँउ ठाँउमा लाईसेन्स प्राप्त गर्ने छन् । साथै राजकोषमा योगदान समेत दिईने छन् । कानुनी जटिलता समेत हट्ने छ । लाईसेन्स नहँुदा यदि दुर्घटना भयो भन्ने कर्तब्य ज्यान अपराधसँग जोडिन्छ, जुनकी दुर्घटना भवितब्य भएको हुन्छ । यसले कानुनी समस्या पनि झेल्दै आएका छन् । सेवा विस्तार गर्न सकिए राज्यलाई राजस्व र जनतालाई राहत पुग्ने उनको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?