Butwal Today

सरकारले राहत र उद्धारको काम प्रभावकारी ढङ्गले गरेको छ : प्रधानमन्त्री

१४ आश्विन २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विपद्का बेला सरकारले प्रभावकारी काम नगरेको भनेर विरोधका लागि विरोध मात्र गरिएको बताएका छन् ।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारले सोधेको प्रश्नको जवाफ दिएका हुन् ।  ‘विरोधका लागि विरोध होला तर सरकारले तत्काल गर्न सक्ने काम सरकारले गरेको छ’, प्रधानमन्त्रीले भने, ‘उद्धार र राहतको काम सरकारले तत्काल पुर्‍याएको छ ।’

उनले आफू बाहिर हुँदा पनि घटनाबारे जानकारी लिएको भन्दै आवश्यक निर्देशन समेत दिएको बताए ।  उनले यस्तो संवेदनशील बेलामा सबै मिलेर नागरिकको पीडामा जुट्नुपर्ने पनि बताए ।