ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

विद्यालयलाई पूर्ण निःशुल्क बनाउन कार्ययोजना

१४ आश्विन २०८१, सोमबार
१४ आश्विन २०८१, सोमबार

नवलपरासी, १४ असोज ।
सामुदायिक विद्यालयलाई पुर्ण निःशुल्क र गुणसतरिय शिक्षाका लागि विद्यालयमा सुशासन अभियान सञ्चालन गर्न दवाव समूहले कार्ययोजना बनाएको छ । गाउँपालिका स्थित दवाव समुह, दलित तथा महिला जनप्रतिनिधिहरूकै सहभागितामा आयोजित सरोकारवाला विच सामुहिक कार्यशालाले सो कार्ययोजना निर्माण गरेको हो ।

विभिन्न कार्यक्रम गरि अभियान सञ्चालन गर्दै आएका दवाव समूह र प्रतापपुर गाउपालिकाका कार्यपालिका सदस्य,दलित महिला वार्ड सदस्य विच दुई दिने कार्यशाला सञ्चालन गरि कार्ययोजना नै बनाएर वार्ड वार्ड र टोलमा भेला माइकिगँ गरि सम्मेलन गर्ने जानकारी गराएको हो । गाउपालिकालाई विभिन्न कार्यक्रम मार्फत विद्यालयमा विभिन्न बहानामा उठाइदै आएको शुल्कबारे औपचारिक ज्ञापनपत्र बुझाउदा पनि अनुगमन गर्ने र नियमन गर्ने कार्य नभएको कारण अब गाँउ टोलका चोकहरू भेला गर्ने,पर्चाहरू वितरण गर्ने र कानुनमा भएको ब्यवस्था र कार्यान्वन नगरेको अवस्थाबारे जानकराी गराईने दवाव समुहका अध्यक्ष निवास यादवले बताए ।

नेपालको संविधान २०७२ जारी भएको दशक पुग्यो, उनले भने,संविधानले समेत निशुल्क शिक्षालाई अंगिकार गरेको छ, त्यसमा पनि निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ जारी भएको ७ बर्ष भएको छ,तर सामुदायिक विद्यालयमा सहयोग लगायत विभिन्न नाममा शुल्क उठाउने कार्य रोकिएको छैन् । संविधान र ऐनको कार्यान्वयनका लागि पनि अभियान सञ्चालन गर्न परेको उनको भनाई थियो । सामुदायिक विद्यालयमा विभिन्न बहानामा शुल्क असुल्ने कार्य निरन्त चलिरहेको हुदा संविधान र ऐन कार्यान्वयन तफै स्थानिय तह र स्थानिय जागरुक बनाउन कार्यशाला सञ्चालन गरिएको दवाव समुहका अध्यक्ष यादवले जानकारी गराएका थिए । कार्यशाला सञ्चालनका लागि स्थानिय कानुनी सहायता तथा अनुसंधान केन्द्रले सहजीकरण गरेको थियो ।

दुई दिनसम्म चलेको उक्त कार्यशालाले सरोकारवालालाई उत्साही बनाएको छ, उनले भने,अब ब्यवस्थित तरिकाले विद्यालयमा अभियान सञ्चालन हुनेछ । जनप्रतिनिधिहरूले पनि आफ्ना काम कर्तब्य र अधिकारबारे जानकारी पाएका छन । दवाव समुहले पनि कानुनी विधि प्रकृयाको बुझाई भएको छ । यसले गर्दा विद्यालय शुसासनका मुख्य चार भाग,पार्दर्शिता,सहभागिता,पाठ्यक्रम परिमार्जन र स्रोत ब्यवस्थापनबारे कार्यशालाले प्रष्ट्याएको उनको भनाई थियो । कार्यशाला मै नेतृत्व क्षमताबारे जानकारीले झन शसतm बनायो, उनले थपे, अब विद्यालय, अभिभावक र शिक्षकको अन्तरसमन्वय र जनप्रतिनिधिको भुमिका प्रभावकारी हुनेछ । अभियान पुर्व यदि कुनै वडाले विद्यालयलाई पुर्ण निःशुल्क बनाउने घोषणा ग¥यो,भन्ने ति वार्डका जनप्रतिनिधि र विद्यालयलाई सम्मान गर्ने, घोषणा गर्ने विद्यालयलाई दवाव स्वरूप चोक चोकमा अभिभावक जागरणका लागि भेला सम्मेलन गर्ने कार्य गरिन्छ । त्यसलाई पनि उपेक्षा गरिएमा कानुनी उपचार खोज्ने उनको दाबी थियो ।

विद्यालय र अभिभावकबाट विद्यालयमा उठाईदै गरिएको सहयोग नामक शुल्क गैरकाननुी मात्र नभई विद्यालयको शैक्षिक गुणस्तरमा समेत असर परेको तर्क उनको थियो । निशुल्क शिक्षा सम्बन्धि ऐनमा अभिभावक र विद्यार्थीबाट कुनै पनि शुल्क नलिईने कानुनी प्रावधान छ, तर ती प्रावधानको अवज्ञा गर्दै शुल्क उठाउने कार्य भएका छन्, सो रकमको पादर्शिता समेत नहुँदा नजिकबाट नियाली रहेका अन्य शिक्षकहरूमा विद्यालय प्रशासनसँग असन्ुतष्टि हुदै गुणस्तरिय शिक्षा प्रति ध्यान नदिएको हुदा शिक्षाको गुणस्तर खस्कने गरेको उनले बताए । विद्यालय प्रशासनले आर्थिक भ्रष्टाचार गर्दा अन्य शिक्षकहरू समय र दायित्व प्रति गम्भिर हुन सकेका छैनन्, उनले भने, विना रसिद रकम उठाउने र विद्यालय ब्यवस्थापन समितिलाई भोज खुवाउने जस्ता कार्य पनि विद्यालयमा हुने गरेको भेटिएको छ । यस्तो विकृतिले गुणस्तरिय शिक्षा कसरी हुन्छ ? उनले थपे, विद्यालयको अनुगमन गर्ने प्रमुख प्रशासकिय अधिकृतलाई ध्यानाकर्षण गराउदा पनि अनुगमन हुन सकेको छैन् ।

केही दिन अगाडी दवाव समुहले विद्यालय पुर्ण निशुल्क बनाउनु पर्ने माग गर्दै प्रतापपुरमो ९ बुदे माग राख्दै ध्यानाकर्षणपत्र बुझाएको थियो । संविधान र ऐनको पुर्ण पालना गर्न गराउन कानुनद्धारा अधिकार प्रदत्त गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृतलाई सो ध्यानाकर्षपत्र बुझाएका थिए । ध्यानाकर्ष पत्रमा नेपालको संविधान भाग ३ को धारा ३१ र अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ एवम् प्रतापपुर गाउँपालिकाको शिक्षा ऐन २०७९ (प्रथम संसोधन) समेतले प्राथमिक तह देखि माध्यमिक तह शिक्षा सम्म निशुल्क शिक्षाको ब्यवस्था गरेको छ ।

सोही अनुसार सामुदायिक विद्यालयहरूमा भर्ना र पठनपाठन गर्न गराउन र अभिभावक र विद्यार्थीहरूबाट कुनै पनि बहानामा कुनै पनि शिर्षकमा शुल्क लिन नपाउने बैधानिक व्यवस्था कुरा उल्लेख भएको थियो । प्रतापपुर गाउँपालिकाको शिक्षा ऐनको भाग २ को १० क. मा आवश्यक अनुगमन गर्ने गराउने व्यवस्था अनुसार प्रतापपुर गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत समक्ष समावेशी विद्यालय शिक्षाको लागि समुदाय एक साथ ल्याउने परियोजनाका हामी निःशुल्क तथा अनिवार्य र गुणस्तरीय शिक्षा सम्बन्धी पालिका स्तरीय दबाव समुहले बुझाएका मागका विभिन्न बुँदाहरू कार्यान्वयन गर्न गराउन नियमन गर्ने आवश्यक निर्देशन दिदै कार्यान्वयन गराउनको लागि ध्यानाकर्षण पत्र पेश गराएको थियो ।

दवावसमुहले बुझाएको मागपत्रमा प्रतापपुर गाउँपालिकामा अनिवार्य तथा निशुल्क र गुणस्तरीय शिक्षा पुर्ण रूपमा लागु गर्नु पर्ने, सामुदायिक विद्यालयहरूमा अभिभावक तथा विद्यार्थीहरूबाट नियमित रूपमा सहयोगको नाममा (बाध्य पारेर रकम) शुल्क लिने गरेकोले त्यसलाई रोक्दै निशुल्क शिक्षा लागु गर्नु पर्ने, सामुदायिक विद्यालयहरूमा विद्यार्थीको नाममा आउने छात्रवृति र दिवा खाजाको पैसा विद्यार्थीलाई उपलब्ध नगराई विद्यालयको अन्य प्रायोजनमा खर्च गरेकोले सो को अनुगमन गर्नु पर्ने, सामुदायिक विद्यालयहरूमा समान कक्षाको विद्यार्थीहरूको लागि दुई प्रकारको कक्षा संचालन गरी अंग्रेजी र नेपाली माध्यमबाट शिक्षण गराउना (विद्यालय पोशाक समेत फरक फरक देखाउने ) ले विद्यार्थीको शिक्षण सिकाईमा समानताको हकको चरम उलंघन भएको हुँदा शिक्षण पद्धतिको समान तरिका लागु गर्नु पर्ने रहेको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?