ट्रेंडिंग:

>> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे

अस्ताए ‘मेधावि विद्यार्थी’

१४ आश्विन २०८१, सोमबार
१४ आश्विन २०८१, सोमबार

बुटवल, १४ असोज ।
कालिका मानवज्ञान माविका मेधावि विद्यार्थी दीपेश र दीपिका भट्टराई धादिङ्ग झ्याप्ले खोला पहिरोसंगै अस्ताएका छन् । उनी संगै उनकी आमा पनि संसारबाट विदा भईन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीको आयोजनामा हुने नेसनल एस्ट्रोनोमी ओलम्पियार– २०२४ मा भाग लिन आमा सीतासँगै उनीहरू शुक्रबार बुटवलको राजमार्ग चौराहाबाट काठमाडौंका लागि हिँडेका थिए । लु १ ज ४५७८ नम्बरको माइक्रो बसमा काठमाडौंको यात्रा गरेका दाजु बहिनी दीपेश र दीपिका जुम्ल्याहा हुन् ।
आफैंले अनलाइन फारम भरेर दाजुबहिनी नै अन्तर्राष्ट्रिय स्तरको ‘कन्फ्रेन्स’ मा छनोट भएका थिए । कक्षा १० मा अध्ययनरत उनीहरू आउँदो एसईई परीक्षाको तयारीसँगै एस्ट्रोनोमिकल सोसाइटीको पहिलो चरणमा छनोट भएर दोस्रो चरणका लागि बंगलादेश जाने सपना बोकेर काठमाडौं जाँदै थिए ।
बंगलादेशमा आयोजना हुने उक्त ‘कन्फ्रेन्स’मा ३२ देशका विद्यार्थी सहभागी हुने बताइएको छ । ओलम्पियारमा सहभागी हुने उनीहरूको सोचलाई विद्यालयले पनि साथ र समर्थन दिएको विद्यालयका विज्ञान शिक्षक दिपक बन्जाडेले जानकारी दिए ।

उनीहरू चढेको गाडी शनिबार धादिङको झ्याप्ले खोलामा लेदोसहित आएको पहिरोले पुर्दा १५ वर्षका दीपेश र दीपिका तथा ४० वर्षकी आमा सीतासहित बुटवलबाट गएका १४ जना त्यहीँ अस्ताएका छन् ।पहिरोमा पुरिएकामध्ये दीपेश र सीताको सनाखत भइसकेको छ । दीपिकाको शव पहिचान हुन बाँकी छ । स्याङ्जाको गल्याङ नगरपालिका– ३ स्थायी घर भएको भट्टराई परिवार बुटवल उपमहानगरपालिकास्थित योगीकुटीमा बस्दै आएको थियो ।

कालिका मानवज्ञान माविका प्राचार्य दिनेश थापाका अनुसार दीपेश र दीपिका आफैं ‘कन्फ्रेन्सको फारम’ भएर छनोट भएका थिए । ‘कार्यक्रम यही असोज १७ गते हो,’ उनले भने ।
‘कक्षा ४ बाट यही स्कूलमा पढेका दीपेश–दीपिका दुवैले आउँदो एसईई परीक्षामा ४ जीपीए अंक ल्याउने अपेक्षा विद्यालयको थियो । उनीहरूका दाइदिदी पनि यहीँबाट ‘पास आउट’ भएका हुन्,’ थापाले भने, ‘कक्षा शिक्षकसँग बिदा मागेर गएका हुन् । आमा सीता पनि स्कूलमा आएपछि विद्यालयले केही आर्थिक सहयोग गरेर पठाएको थियो । कर्णधार भाइबहिनी अस्ताए । हामी ठूलो पीडामा छौं ।’
दीपेश–दीपिकाका बुवा होमनाथ भट्टराई विगत ५ वर्षदेखि दक्षिण कोरियामा मजदुरी गर्दै आएका छन् । श्रीमती र छोराछोरी बुटवलबाट यात्रा तय गर्ने क्रममा उनीसँग कुराकानी भएको थियो । तर, होमनाथ कामबाट फर्किंदा गाडी पुरिएको खबर पुग्यो ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार अहिलेसम्म ट्राफिक चोकबाट २ वटा समूहका गरी सात जनाले टिकट काटेको बाहेक टिकट काउन्टरमा रेकर्ड देखिएको छैन । पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडकखण्डको झ्याप्ले खोलामा आएको पहिरोमा परेर उक्त गाडी पुरिएको थियो । प्रहरीले गाडी पुरिएको स्थानबाट १४ जनाको शव निकालेको थियो ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अनुसार शुक्रबार बिहान लु१ज ४५७८ नम्बरको उक्त गाडीमा काठमाडौं जानका लागि बुटवलको ट्राफिक चोकमा रहेको काउन्टरबाट ७ जना र राजमार्ग चौराहबाट टिकट लिएर तीन जना चढेका थिए ।यात्रुहरूले नाम नलेखाई समूहमा चढेका कारण टिकट काउन्टरबाट चलानी सिटमा ४ जनाको मात्रै नाम उल्लेख गरिएको छ । तीमध्ये बोम कार्की र प्रकाश कुँवर मात्रै उल्लेख गरिएको छ ।

विद्यालयले दियो शोक विदा
यसैबीच अत्यान्तै मेधावि विद्यार्थी २ जनाको पहिरोको कारण निधन भएपछि आईतबार कालिका मानवज्ञान मावि ले शोक विदा दिएको छ । बिहान करिब १० बजे मात्रै यो घटनाबारे पुष्टी भएपछि अभिभावकहरूलाई खबर गरी विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक दिनेश थापाले जानकारी दिए । कालिका मानवज्ञान मावि देशकै सबैभन्दा बढि विद्यार्थी अध्ययन गर्ने विद्यालय हो । जहाँ ८ हजार भन्दा बढि विद्यार्थी रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?