ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

वायुसेवा संचालक संघले सरकार र यात्रुलाई झुक्कायो, झुटो प्रचारमा मन्त्री !

१४ आश्विन २०८१, सोमबार
१४ आश्विन २०८१, सोमबार

काठमाडौँ ।

वायुसेवा संचालक संघले अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै सरकार र आम यात्रुलाई झुक्कएको छ । आइतबार संघले असोज १६ गतेसम्म नेपाल सरकारले तोके बमोजिम लिदै आएको अधिकतम मुल्य (अपर लिमिट) को भाडादरमा टिकट नबेच्ने निर्णय गरेको थियो ।

अहिले सडक सञ्जाल अवरुद्ध रहेको समयमा दुई दिन देखि तीनसम्मको टिकट अग्रिम बुकिङ भइसकेको अवस्थामा संघले तीन दिन अधिकतम मुल्यमा टिकट नबेच्ने भन्दै झुक्कएको हो । अहिले उपलब्ध अनलाइन र विमान कम्पनिका वेभसाइटहरुमा पनि १६ गतेसम्मका टिकट उपलब्ध रहेको छैन ।

वायुसेवा कम्पनि यति एयरलाइन्सको वेभसाइटमा असोज १६ गते काठमाडौँ देखि भैरहवाको भाडादर ८ हजार ५५५ देखाएको छ । जबकी यसअघि सामान्य अवस्थामा यतिले यहि रुटमा ५ हजार २ सयमा टिकट बेचिरहेको थियो । त्यस्तै इसेवामार्फत हेर्दा १७ गतेका लागि ६ हजार २२२ टिकटदर देखाएको छ ।

संकटको अवस्थाक साथै चाडपर्वको अवसरमा वायुसेवा कम्पनीले भाडामा मनोमानी गर्ने गरेको पहिलो पटक भने होइन । हरेक बर्ष चाड पर्वमा हवाई भाडादर आकासिने गरेको पाइन्छ । तर सरकार र नियमन निकाय भने अहिलेसम्म एक्सनमा आएको पाइदैन ।

संघले आइतबार भनेको थियो- संघमा आवद्ध सबै वायुसेवा कम्पनीहरुले यस विपद्को घडिलाई मध्यनजर गर्दै मिति २०८१ असोज १४ गते सोमवार देखि मिति २०८१ असोज १६ गते बुधवारका दिनसम्म नेपाल सरकारले तोके बमोजिम लिदै आएको अपर लिमिटको भाडादरमा टिकट नवेच्ने निर्णय गरियो ।’

अर्को तर्फ पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्री पाण्डेले पनि सचिवालय मार्फत मन्त्रीको पहलमा बायुसेवा कम्पनीले टिकटको मुल्य घटाएको झुटो प्रचार गरे । तर आम यात्रुले १६ गतेसम्म टिकटनै नपाएको अवस्थाको आकलन मन्त्री स्वयंले गर्न सकेको देखिएको छैन ।

मन्त्री पाण्डेको सचिवालयले आइतबार भनेको थियो-

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको विशेष पहलमा वायु सेवा कम्पनीहरुले केही दिनका लागि अधिकतम भाडादरमा टिकट नबेच्ने निर्णय गरेका छन् ।

मन्त्रालयको पहलमा नागरिक उड्डयन प्राधिकरणसँग आज बसेको बैठक पछि हवाई कम्पनीहरुको संस्था वायुसेव सञ्चालक संघ नेपालले विज्ञप्ति जारी गरी सरकारले तोकेको अधिकतम् भाडादरमा केही दिनका टिकट नबेच्ने निर्णय गरेका हुन । देशमा हालै भएको बाढी पहिरोको विपतका कारण उत्पन्न समस्यालाई मध्यनजर गरी सोमबारदेखि बुधबारसम्मका लागि अधिकतम् दरमा टिकट नबेच्ने निर्णय गरेको जनाएको छ ।

बिपदका बेला राजमार्गहरु बन्द भएको र यात्रुहरु अफ्टयारो परेका समयमा सरकारले तोकेको अधिकतम दरमा टिकट विक्री गर्दा सर्वधारणलाई समस्या भएको व्यापक गुनासो पछि मन्त्रालयले भाडा घटाउन पहल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?