ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

विपद् प्रतिकार्यलाई सशक्त बनाउन मुख्यमन्त्रीको पहल, सुरक्षा निकाय र समुदायबिच सुदृढ सहकार्य

१३ आश्विन २०८१, आइतबार
१३ आश्विन २०८१, आइतबार

दाङ, १३ असोज ।

लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरिएको छ । प्रदेशका १२ जिल्ला भित्र बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनिकरण गर्न सुरक्षा निकाय र समुदायका नागरिकहरु स्वयंसेवकको रुपमा परिचालन भएको र जसबाट क्षति न्यूनिकरण गर्न भूमिका खेलेको मुख्यमन्त्री चेतनारायण आचार्यले बताएका छन् ।

प्रभावकारी खोज तथा उद्धार कार्यमा सुरक्षा निकाय र स्थानीय समुदायका बिच सुदृढ सहकार्यले क्षति न्यूनिकरण गर्न मद्दत पुगेको हो ।‘यो विपदको घडीमा एकले अर्काको मुख ताकेर बस्ने बेला होइन । जसले जहाँ जसरी सहयोग गर्न सक्छ, त्यसैगरी परिचालन हुन जरुरी छ’, उनले भने, ‘समुदायका नागरिकहरु पहिलो रेस्पोन्डर भएकाले सुरक्षित स्थानको पहिचान गरेर सबै नागरिकलाई त्यहाँ सम्म पु¥याउन सुरक्षा निकायलाई सहयोग गर्न सकिन्छ । यो भूमिका समुदायका नागरिकले निभाउनु भएको छ ।

यस्तै आपतकालिन उद्धारटोली मार्फत अवरुद्ध सडक सुचारु गरिएको, बाढी तथा पहिरोमा परेकाहरुको खोज तथा उद्धारको काम भएको छ । तीन वटै सुरक्षा निकायका प्रमुखहरु संग निरन्तर संवाद भएको र अवरुद्ध सडक सुचारु गर्न आपतकालिन उद्धारटोली खटिएको मुख्यमन्त्री आचार्यले बताएका छन् ।

जिल्ला सदरमुकाम जोड्ने सडकहरु सुचारु भएका छन् । भालुवाङ–प्युठान सडक खण्ड, गोरुसिङ्गे–अर्घाखाँची, दाङ–सल्यान राप्ती लोकमार्ग सुचारु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । रोल्पा जोड्ने सहिद मार्ग, पाल्पाको रानी महल जोड्ने, दाङ–प्युठान जोड्ने भित्री सडक, गुल्मी छत्रकोटको भित्री सडकमा झरेको पहिरो पन्छ्याउने काम चलिरहेको छ । तराइका जिल्लामा सडक सुचारु अवस्थामा छ ।

विपद् भएको ठाउँमा तुरुन्त उद्धारटोली परिचालन भएको र स्थानीय नागरिकहरुले स्वयंमसेवकको समेत भूमिका निर्वाह गरेका छन् । बाढी र पहिरोको जोखिममा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा सारिएको समेत मुख्यमन्त्री आचार्यले बताए ।

‘नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुखहरुसँग निरन्तर सम्पर्कमा छु । जहाँ विपद् आइपर्छ त्यहाँ तत्कालै सुरक्षाकर्मी परिचालन गरिन्छ’, उनले भने, ‘समुदाय स्तरबाट पनि खोज तथा उद्धारको काम गर्न सकिन्छ । सुरक्षाकर्मीको समन्वयमा स्थानीय बासिन्दा पनि स्वयंसेवकको रुपमा परिचालन हुनुपर्छ, हाम्रो प्रदेशमा यो सहकार्य भएको पनि छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?