ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

दुर्घटना न्यूनीकरणमा एकिकृत र साझा योजना

१३ आश्विन २०८१, आइतबार
१३ आश्विन २०८१, आइतबार

बुटवल, १३ असोज ।
सरोकारवालाहरू आआफनो अधिकारसंगै दायित्व र जिम्मेवारी निर्वाह गर्न सके सडक दुर्घटना न्यूनीकरण हुने एक कार्यक्रममा बोल्ने बक्ताहरूले जोड दिएका छन । चाडपर्वहरूमा हुने सवारी चाप एवं दुर्घटनालाई मध्येनजर गर्दै सुरक्षित यात्रा नेपालले आयोजना गरेको दुर्घटना न्यूनीकरण, सुरक्षित, सहज र मर्यादित यात्राका लागि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरूले सडक दुर्घटनाको कारण खोज्ने र रोक्नेगरि परिणाममुखी कार्यक्रममा जोड दिनुपर्ने बताए । कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले दुर्घटना न्यूनीकरणको अभियानमा स्थानिय सरकारलाई सरोकारवाला निकायहरूको साथ जरुरी रहेको बताए । छाडाचौपाया, सवारी ब्यवस्थापन, पार्किङ, सडक मर्मतसम्मका धेरै समस्याहरू रहेको भन्दै उनले शुरुवात भएका काममा सबैको अपनत्व जरुरी रहेको बताए । ‘केवल स्थानिय पालिकाको मात्र दायित्व होईन ।’— उनले भने । सबै सरोकारवाला निकायहरू बजेट छुटाएर लाग्न उनले सुझाव दिए । बुटवलको बसपार्क ब्यवस्थापन गर्न शुरु गर्दा यसमा कठिनाई आएको भन्दै प्रश्न उठाउनेभन्दा पनि सहकार्यको हात अघि बढाउन सुझाव दिए ।

कार्यक्रममा नेपाल प्रहरी लुम्बिनी प्रदेशका प्रमुख नायब महानिरीक्षक कुबेर कठायतले सवारी दुर्घटनासंग प्रहरी स्वत जोडिने भन्दै दक्ष जनशक्ति र प्रविधिको अभाव संस्थामा रहेको बताए । कार्यक्रममा राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलका निमित्त प्रहरी प्रमुख उमेश अमात्यले चाडपर्वलक्षित सुरक्षित र मर्यादित यात्राको विषयमा प्रकाश पारे । दुर्घटना हुनुको मुख्य कारणमा मानविय, यान्त्रिक, सडक र वातावरणिय मुख्य कारण भएको भन्दै मानविय र यान्त्रिक कारणको समाधान भएमा दुर्घटना न्युनिकरण हुने उनले बताए । दुर्घटना भैसकेपछि त्यसको उद्वार र उपचारमा सहजता आउन सके धेरै घाईतेहरू अंगभंग र मृत्यु हुनबाट बच्न सक्ने उनले जानकारी दिए ।

कार्यक्रममा यातायात मजदुर तथा ब्यवसायिक भलाई कोषका अध्यक्ष दिनेश फुलेलले दूर्घटना न्यूनीकरण शिक्षा र चेतनासंग सम्बन्धी कुरा भएको बताए । बढिभन्दा बढि आम नागरिकमा सवारी, सवारी नियमकानुनका बारेमा प्रशिक्षण दिनसके दुर्घटना न्यूनीकरण हुने उनले दाबी गरे । सवारी र सवारी दुर्घटनाका बारेमा पाठ्यक्रममा नै समावेश गरि बालबालिकाहरूलाई शिक्षा दिन जरुरी रहेको उनले बताए । दुर्घटना भएमा जरिवानामात्र नभई कानुनी रूपमा कडाई गर्नुपर्ने उनले बताए ।
कार्यक्रममा संस्थाका सल्लाहकार लोकराज पोखरेलले ससाना विषयमा सजगता अप्नाउन सके दुर्घटना कम हुने भन्दै सबैभन्दा बढि चालक गम्भिर हुनुपर्ने बताए । ओभरलोडको समस्यालाई रोक्न समेत प्रविधिको प्रयोगलाई जोड दिन उनले आग्रह गरे ।

कार्यक्रममा संस्थाका दिपक ढकालले पछिल्लो १० वर्षको अवधिमा संचालन भएका कार्यक्रम र आगामी योजनाबारे प्रकाश पार्दै दुर्घटना न्युनिकरण गर्न सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने बताए । दुर्घटनाको जटिलताका कारण यातायात मजदुरहरू पलायनको अवस्था आएको छ । मजदुरको हकहित र अभिमुखीकरणलाई जोड दिएर संस्थागत रूपमा लाग्न जरुरी रहेको छ । बिमा प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख पुर्ण थापाले अभियान संचालन गरेर त्यसबाट भएका उपलब्धिबारे समेत मुल्याकन जरुरी रहेको बताए । बिमाको सुविधासंगै बीमाको दर बढ्ने उनले तर्क दिदै औषधी उपचारको खर्च बढि हुने उनले बताए । मेरो लेन, मेरो सुरक्षा अभियान लगायत धेरै तालिम चलाईएको भएपनि त्यसको प्रतिफल बाहिर ल्याउन जरुरी रहेको उनले बताए ।

कार्यक्रममा शिखर ईन्सोरेन्सका लुम्बिनी प्रदेशका प्रमुख किरण काफ्लेले कार्यक्रमका लागि कार्यक्रमभन्दा पनि परिणाममुखी कार्यक्रममा जोड दिनुपर्ने बताए ।
सुरक्षित यात्रा नेपालका अध्यक्ष कृष्ण बेल्बासेले नेपालमा राजनितिक परिवर्तन हुदा पनि आम नागरिकको पक्षमा सरकार गम्भिर बन्न नसकेको बताए । दुर्घटनाको कारण हतारलाई मानिने भन्दै उनले दुर्घटना कम गर्न सबैको हातेमालो जरुरी रहेको बताए । चालकप्रतिको सम्मान घटेको भन्दै उनले अब जागरण गराउन जरुरी रहेको उनले बताए । चालक, सहचालकहरूको शिक्षा र स्वास्थ्यलाई निशुल्क गर्न सके यसबाट प्रत्यक्ष फाईदा उपभोक्तालाई हुने उनले दाबी गरे । चालकको मानसिक स्वस्थ्यसंग सवारी दुर्घटना घटबढको दरको प्रभाव पर्ने उनले तर्क दिए । यसैगरि बढ्दो सवारी चाप कम गर्ने, सडकको क्षमता अनुसारको सवारी तोक्ने जस्ता विषयमा सरकार गम्भिर हुनुपर्ने उनले तर्क दिए ।

कार्यक्रममा संस्थाका संरक्षक अर्जुन रानाभाट, पश्चिम नेपाल बस ब्यवसायीका उपाध्यक्ष नारायण घिमिरे, नेपाल पत्रकार महासंघका उपाध्यक्ष विश्वास ढकाल, संस्थाका उपाध्यक्ष प्रकाश गैरे, महासचिव प्रकाश कुमार नेपालले मापसे जाचको बिकल्पमा पछिल्लोसमय चरेससम्मको प्रयोग भएको भन्दै यस विषयमा अझ संवेदनशिल र सजग हुने बेला आएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?