ट्रेंडिंग:

>> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो

पहिरो पीडित परिवारलाई ७ लाख राहत

१३ आश्विन २०८१, आइतबार
१३ आश्विन २०८१, आइतबार

गुल्मी, १३ असोज ।
गुल्मीको मुसिकोट नगरपालिकामा–१ स्थीत बिसौनामा गत दुइ महिना अघि पहिरोमापरि ज्यान गुमाएका बिक परिबारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति गुल्मीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको नेतृत्वमा वर्षादको झरीमा पनि गाउँमै पुगेर मृतकका परिबारलाई ७ लाख रूपैयाँ राहत रकम हस्तान्तरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शर्माद्वारा प्रदेश सरकार र संघिय सरकारको विपद व्यवस्थापन कोषबाट प्राप्त राहत रकम मुसिकोट नगरपालिका प्रमुख जिवलाल खरेल जीवन, उपप्रमुख गंगा श्रेष्ठ सहित जिल्ला स्थीत सुरक्षा निकायका प्रमुख र स्थानीयहरूको रोहबरमा मृतकका परिवारलाइ हस्तान्तरण गरिएको हो ।
पहिरोमापरि ज्यान गुमाएका मसुरी विक र उनकी छोरी सहित चारै जनाका आफन्तहरूलाई प्रदेश सरकारबाट प्राप्त ४ लाख र संघीय सरकारबाट उपलब्ध गराउन बाँकी रहेको ३ लाख गरि ७ लाख रूपैंया हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए । रकम हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले शोकाकुल परिवारलाई भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन भन्दै संघीय र प्रदेश सरकारबाट पडित परिवारलाई उक्त राहत उपलब्ध गराएको बताए ।

राहत रकम हस्तान्तरण कार्यक्रमा मुसिकोट नगरपालिका प्रमुख जीवलाल खरेल जीवनले नगरपालिकाबाट मृतकका परिवारलाई यस अघि किरिया खर्च वापतको रकम उपलब्ध गराईसकेको र घाईतेहरूको सम्पुर्ण उपचार खर्च नगरपालिकाले व्यहोर्ने जानकारी गराएका थिए । उनले पीडित परिवारलाई चाँडै नि पुर्नवासको व्यवस्था मिलाउने तयारी गरिरहेको बताए ।

गत साउन १६ गते पहिरोमा परेर मुसिकोट नगरपालिकामा–१ स्थीत बिसौनामा चार जनाको मृत्यु भएको थियो । पहिरोमा विस्थापित बनेका परिवारहरू यतिबेला स्थानीयहरूको घरमा आश्रय लिएका छन ।
यस अघि गत असार १४ गते मालिका गाउँपालिका –६ स्थीत कँडेलपाटामा पहिरोमापरि मृत्यु भएका एकै घरका पाँच जनाको परिवारलाई जिल्ला विपद व्यवस्थापन समिति गुल्मीबाट रु ११ लाख राहत रकम हस्तान्तरण गरिएको थियो । पहिरोका कारण गुल्मीको मालिका गाउँपालिका र मुसिकोट नगरपालिकामा गरि यस पटक नौ जनाको मृत्यु भएको छ । मृत्युहुनेहरूमा सबै दलित समुदायका विक परिवार रहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?