Butwal Today

दशैँका लागि सुकिला नोट आजदेखि साट्न सकिने

१३ आश्विन २०८१, आइतबार
अ+
अ-

काठमाण्डाै –

दशैँका लागि आजदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि असोज २२ गतेसम्म सुकिला नोटको सटही व्यवस्था मिलाएको हो ।

बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाण्डौ उपत्यका बाहिरका सबै शाखा कार्यालयका सहटी केन्द्र तथा बैंक तथा वित्तीय संस्थाबाट सुकिला नोट साट्न सकिने व्यवस्था छ ।

सरकारले यसअघि दशैँका लागि नयाँ नोट वितरण गर्दै आएको थियो । तर यसपाली नयाँ नोटको सट्टामा सुकिला नोट पाइनेछ ।