Butwal Today
अरुण, दूधकोसी, नारायणी, तिनाउ र वाणगंगाले पार गरे ‘थ्रेसहोल्ड’

सुनकोसी र बागमतीको जलसतह खतरास्तरभन्दा माथि

१२ आश्विन २०८१, शनिबार
अ+
अ-

काठमाडौँ ।

अविरल वर्षाका कारण पूर्वमा सङ्खुवासभास्थित अरुणदेखि पश्चिममा कपिलवस्तुको बाणगङ्गासम्मका लगभग सबै नदीमा जलसतह खतराकोस्तर नजिक पुगेको छ।

जल तथा मौसम विज्ञान विभागद्वारा गएराति जारी विशेष बाढीसम्बन्धी सूचनामा अरुण, दूधकोशी, सुनकोशी, बागमती, नारायणी, तिनाउ र वाणगङ्गा तथा तिनका सहायक नदीमध्ये केहीले चेतावनीस्तर पार गरिसकेका र केही खतराको स्तर नजिक पुगेको उल्लेख छ।

विभागका अनुसार, सुनकोशी र बागमती नदीमा जलसतह खतरास्तरभन्दा माथि रहेको तथा अरुण, दूधकोशी, नारायणी, तिनाउ र वाणगङ्गा सबैले पनि सतर्कताको ‘थ्रेसहोल्ड’ पार गरिसकेको उल्लेख छ। अहिले पनि ती सबै नदीको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको र आगामी २४ घण्टा थप भारी वर्षाको पूर्वानुमान गरिएको विभागले जनाएको छ। विभागले निरन्तर वर्षा भइरहेकाले अनावश्यक यात्रामा ननिस्कन र सुरक्षित रहन समेत सबैलाई आग्रह गरेको छ।