ट्रेंडिंग:

>> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की >> समानुपातिकतर्फ चुनाव लड्न ६७ दलले दिए दल दर्ताको निवेदन >> कांग्रेस सभापति देउवा भन्छन् -अन्तिमपटक चुनाव लड्छु >> नेकपा एमालेको महाधिवेशनमा १६ वटा राजनीतिक दललाई निम्तो >> जरिबाना नतिर्ने राजनीतिक दलले चुनाव लड्न पाएनन् >> सर्वोच्चको आदेशपछि सिलवालको प्रतिक्रिया : म बिदामा छु >> थाइल्यान्ड र कम्बोडियाबीच जारी सीमा विवादमा रातभर झडप >> आज फेरि घट्यो सुनको मूल्य, चाँदीको कति बढ्यो ? >> नेकपा एमाले महाधिवेशन : उपाध्यक्ष शाक्य र सचिव भट्टको आज छुट्टाछुट्टै अन्तरसंवाद >> आजदेखि जाँचबुझ आयोगले सशस्त्रका आईजी अर्यालको बयान लिदैँ >> अनेरास्ववियुले भोलिदेखि दुई हप्ता जेनजी महोत्सव आयोजना गर्दै >> हितेन्द्र भन्छन् – न्यायको जीत भयो >> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र

सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्र सुधार्छाैं: मुख्यमन्त्री 

१२ आश्विन २०८१, शनिबार
१२ आश्विन २०८१, शनिबार

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार र समुदाय मिलेर स्वास्थ्य क्षेत्रमा सुधार गरिने बताएका छन् । गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले विश्व मुटु दिवसको अवसरमा बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले स्वास्थ्य क्षेत्रको सेवाका लागि सरकार र समुदाय विच सहकार्य गरिने बताएका हुन्।

‘म गम्भीर रोगलाइ जितेर यहाँसम्म आइपुगेको छु । बिरामी हुँदा कस्तो अनुभुती हुन्छ, परिवारले कस्तो संकट भोग्नुपर्छ त्यो सबै अनुभुती म सँग छ । त्यसैले स्वास्थ्य क्षेत्रमा बिरामी र तिनका परिवारले भोग्ने समस्याहरु समाधान गर्न सरकार तयार छ,’ उनले भने ‘स्वास्थ्य क्षेत्रलाई नजिकबाट बुझ्ने अवसर पनि मिल्यो, हामी सुधार गर्ने ठाउँमा छौं । अनुभुती हुनेगरी सुधार गर्छौं ।´

मुख्यमन्त्री आचार्यले मुटुसँगै मृगौलाको उपचार र डायलाइसिस सेवालाई पनि सहज बनाउने बताए । समुदायबाट स्वास्थ्य क्षेत्रमा गरिएको योगदानको प्रशंसा गर्दै उनले अस्पतालको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको जग्गा प्राप्ति र भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व स्वास्थ्यमन्त्री बिष्णु पन्थीले सरकारी स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको ढिलासुस्ती र लापरवाहीका कारण सरकारले स्वास्थ्य उपचारमा आलोचना खेप्नुपरेको भन्दै सरकारले गरेका निति नियमहरुको कार्यान्वयन गर्ने तहमा बसेका कर्मचारीहरु नसुध्रिएसम्म कुनैपनि क्षेत्र सुधार गर्न नसकिने बताए।

उनले सरकारले अगाडी सारेका स्वास्थ्यका योजनाहरु कार्यान्वयन गर्न र सहज बनाउन कर्मचारी र स्वास्थ्यकर्मी पूणर्रूपमा तयार हुनुपर्ने बताए । ‘कपिलवस्तुको जितपुरमा डायलाइसिस सेन्टरको अनुमति ल्याउन म आफै दुईवर्ष सम्म धाउँदा पनि सकस परेको छ । दुई बर्ष निरन्तर पहल गर्दा बल्ल अनुमति ल्याउन सकियो, यस्तो ढिलासुस्तीले जनताले कहिले सहज र सुलभ रुपमा स्वास्थ्य सेवा पाउन सक्छन्, कर्मचारी तहबाट ढिलासुस्ती हुनु राम्रो होइन,’ पन्थीले भने।

प्रदेशसभा सदस्य चिन्तामणी पाण्डेले समुदायले स्वतःस्फुर्त रुपमा संचालन गरेका गैरनाफामुलक संस्थाले सरकारले सघाउनुपर्ने बताए ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले रुपन्देहीका उद्योगी व्यवसायी, विभिन्न रोटरी क्लब तथा समाजसेवीहरुको सहयोगमा अस्पताल स्थापना गरिएको भन्दै अब अस्पतालको जग्गा प्राप्ती र भवन निर्माणमा अभिभावकत्व लिन मुख्यमन्त्री आचार्यलाई आग्रह गरे ।

कार्यक्रममा अस्पतालका निर्देशक बरिस्ठ मुटुरोग विशेषज्ञ डाक्टर समीर गौतमले अस्पतालमा हालसम्म भएका गतिविधि तथा मुटुरोगबाट जोगिन अपनाउनुपर्ने सावधानी बारे जानकारी गराएका थिए।

कार्यक्रममा रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, रोटरी क्लब अफ बुटवलका अध्यक्ष प्रज्वल थान्जु,  अस्पतालका  उपाध्यक्ष रामप्रसाद बस्याल, सहसचिव बाबुराम बोहरालगायतले सम्बोधन गरेका थिए।

२०७० साल पुस १० गते स्थापना भएको मुटु अस्पतालबाट झण्डै ११ सय मुटुका विरामीले क्याथल्याबबाट सेवा लिईसकेका छन्। लुम्बिनी प्रदेशमै पहिलो पटक क्याथल्याब सेवा सुरु गरेको अस्पतालमा एन्जियोग्राफी, एन्जियोप्लाष्ट, पेशमेकर, पेरिकार्डियोसेन्टिसिस, पिटिएमसि र आरएचसि, सिटिस्क्यान लगायतका सेवा प्रदान हुँदै आएका छन् ।

लुम्बिनी प्रदेशका मात्र होईन नवलपरासीदेखि पश्चिमका अधिकांश जिल्लाका विरामीले यहाँबाट सेवा लिंदै आएका छन् । यस्तै लुम्बिनी प्रदेशमा करिब ८ सय मृगौलाका विरामी रहेकोमा ५ सय भन्दा बढि मृगौलाका विरामीले मुटु अस्पतालले विभिन्न स्थानमा संचालन गरेका डायलाईसिस सेन्टरबाट नियमित मृगौलाको डायलाईसिस सेवा लिँदै आएका छन् ।

बुटवलको अस्पतालसँगै दाङको लमही, पाल्पा, वालिङमा डायलाईसिस सेन्टर संचालन भईरहेका छन् । कपिलवस्तुको जितपुरमा आगाम १७ गतेदेखि डायलाईसिस सेन्टर संचालन हुंदै छ भने नवलपरासीको परासीमा पनि निकट भविश्यमै संचालनको तयारीमा रहेको अस्पतालले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?