ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

मौलिक उत्पादन र दीगो पर्यटनमा जोड

१२ आश्विन २०८१, शनिबार
१२ आश्विन २०८१, शनिबार

बुटवल, १२ असोज ।
पर्यटनको विकासको लागि मौलिक उत्पादन र दिगो पर्यटनमा जोड दिनुपर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरूले जोड दिएका छन । ४५ औ विश्व पर्यटन दिवसको अवसरमा पर्यटन प्रवर्द्धनमा रूपन्देही जिल्लामा रहेका सरोकारवाला संघसंस्थाहरूको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरूले निजी क्षेत्रको लगानीमा अडिएको पर्यटन विकासमा सरकारबाट मौलिक उत्पादन र दिगो पर्यटनमा जोड दिन जरुरी रहेको बताए ।

कार्यक्रममा खोज लेखक तथा विज्ञ युवराज कंडेलले कार्यपत्र पेश गर्दै रूपन्देहीको पर्यटकिय क्षेत्रको अध्ययन, अनुसन्धान र प्रचारप्रसारमा कमजोर हुदा पर्यटन ब्यवसायी लाभ लिन नसकेको बताए । शान्तिका अग्रदुत बुद्घजन्मस्थल लुम्बिनी, नेपाली फौजले अंग्रेज सेनालाई पराजित गरेको जितगढी किल्लासँगै रूपन्देहीमा ६ दर्जन बढी धार्मिक, संस्कृति पर्यटकीय स्थलहरू रहेको उनले दाबी गरे ।

पछिल्लो समय ९०.७ प्रतिशत भैरहवा नाका हुँदै पर्यटक भित्रने भएपनि पर्यटकको बसाई लम्बाउन नसकिएको दुखेसो गरे । प्रत्येक वर्ष मणिमुकुन्द सेन उद्यान, शंकरनगर बनबाटिकामा करिब पाच लाख पर्यटक टिकट काटेर नै भित्रने र सम्भावना बोकेको भएपनि पर्यटन के हो भन्ने कुरा छुट्टाउने र संरक्षणमा कमजोर देखिएको उनले बताए । अर्कोतर्फ पर्यटनमा कथा बताउन जरुरी रहने तर्क पेश गर्दै उनले त्यो पक्षमा समेत कमजोर रहेको उनले दाबी गरे । समयसुहाउदो र मिल्ने कथा सुनाउन जरुरी रहेको उनले बताए ।

सम्पदा शहरका रूपमा पारि बुटवललाई पटकपटक भनिदै आएपनि त्यसको संरक्षण र प्रचार हुन नसकेको उनले दुखेसो गरे । सडकसंजालमा कमजोर, सम्पदा क्षेत्रको प्रचारप्रसारमा कमी, मौलिक उत्पादनमा कमजोर रहेको उनले बताए । लुम्बिनी प्रदेशमा सबैभन्दा कम १७ प्रतिशत पर्यटक बसाइँ रहेको देखिन्छ ।

‘रूपन्देहीको पर्यटनको आधार भनेको यो हिमालदेखि तराई र भारतका पर्यटकलाई जोड्ने मार्ग हो ।’—उनले भने । विश्व सम्पदा सुचिमा सुचिकृत लुम्बिनी पर्यटनको आधार भएको उनले दाबी गरे । निजि क्षेत्रबाट लगानी गरेर पर्यटन गन्तव्य बनाउने काम गरेको छ । त्यस अनुसारको सरकारबाट पर्याप्त सहयोग नभएको गुनासो छ ।

कार्यक्रम पर्यटन डिभिजन कार्यालय भैरहवाका प्रमुख गिता आचार्यले लुम्बिनी प्रदेशका ६ जिल्लाको पर्यटन क्षेत्रको पुर्वाधार विकासको काम गर्ने, नितिगत निमार्ण र कार्ययोजना बनाउने साथै कार्यान्वयन गर्ने डिभिजन कार्यालयको जिम्मेवारी रहेको बताए ।

पर्यटन प्रवर्द्धनमा लागेका निजि क्षेत्रलाई सरकारबाट सहयोग नहुने उदाहरण पेश गर्दै यस विषयमा गम्भिर हुनुपर्ने संघका सल्लाहकार माधव नेपालले बताए । ‘पर्यटन विशाल उद्योग हो ।’—उनले भने । यो पुस्तकमा लेखने, भाषण गरेर नहुने बरु सरकारबाट गम्भीर भएर बुझ्नुपर्ने र कार्यान्वयनमा जोड दिनुपर्ने सुझाव दिए । लुम्बिनी प्रदेशमा केबलकार पर्यटनको विकासको आधार भए पनि त्यहि संचालनको लागि ठूलो कठिनाई भोगेको बताए । जितगढीबाट फुलबारीसम्म सुरुङमार्ग रहेको भन्दै यो उत्खनन् गर्न सके थप ईतिहास उजगार हुने सम्भावना रहेपनि यसमा पुरातत्व विभाग र सरकारबाट नितिगत समस्या रहेको दुखेसो गरे ।

कार्यक्रममा संघका अध्यक्ष लेखनाथ भण्डारीले ब्यवसायीहरूको दक्षता बढाउने गरि कार्यक्रमलाई जोड दिएको बताए । पर्यटनको विषयमा अध्ययन गराउने शिक्षालाई जोड दिएर शैक्षिक केन्द्रहरू खुल्दा यसको फाईदा हुने देखिएको बताए । दक्ष जनशक्ति उत्पादन गर्न मद्यत मिलेको उनले बताए । ‘पर्यटकिय संस्कारको विकास गर्न जरुरी छ ।’—उनले भने । स्थानिय सरकारबिचमा समन्वय अभाव देखिएको छ । आन्तरिक र बाह्य क्षेत्रमा बजारीकरण गर्न सकेमात्र पर्यटन विकास हुन्छ ।

कार्यक्रममा नेपाल होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्ष महेन्द्र श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, नाटा रूपन्देहीका अध्यक्ष रचना पन्तले पर्यटन ब्यवसायीहरूको भूमिकासंगै सरकारको सहकार्य महत्वपूर्ण हुने बताए । नेपालको जिडिपिमा पर्यटन क्षेत्रबाट केवल ३ प्रतिशत योगदान दिएको छ । सम्पदामा धनी भएपनि सरकारबाट उपेक्षामा पर्दा लाभ लिन नसकिएको दुखेसो गरे ।

बित्तीय ब्यवस्थापन, बढ्दो बैदेशिक पलायनका कारण ग्राहक कमी, दैनिक उपभोग्य बस्तुमा कालबजारी र अभाव, ब्यवसाय स्थानन्तरणका लागि स्थानीयको दबाब, पर्यटक रुट तथा सुचना केन्द्रको समस्या, जनशक्ति अभाव, लगानी जोखिम, सुरक्षा चुनौती, पूर्वाधारमा कमी, अब्यवस्थित बसपार्क, छाडाचौपाया, नेपाली खानाको मौलिक स्वाद कायम नहुनु जस्ता कारणको खोजी गरि समाधानमा सरकारको ध्यान जानुपर्ने संघका पर्यटन उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोमाकान्त पाण्डेले बताए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष माधव खनाल, महासचिव अर्जुन थापाले राष्ट्रको आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्रमा योगदान दिँदै आएका होटल ब्यवसायीहरूलाई एकतावद्घ गरि पर्यटनमा टेवा दिने लक्ष्य रहेको बताए । पर्यटन ब्यवसायी र स्थानिय सरकारको पहलमा पर्यटकिय सवारी संचालन रुट, अन्तर ब्यापार आन्तरिक समझदारी कार्यान्वयन गराउने, रूपन्देहीका स्थानीय सरकारको पर्यटन नीतिमा एकरूपता र स्पष्टता बनाउने, ब्यवसायीहरूको पहलमा पर्यटन प्याकेज कार्यक्रम, आर्थिक मन्दिले समस्याग्रस्त पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवर्द्घनका कार्यक्रम चलाउन जरुरी रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?