ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

छरुवा धानमा लहलह बाला

१२ आश्विन २०८१, शनिबार
१२ आश्विन २०८१, शनिबार

नेपालगञ्ज, १२ असोज ।
बर्दिया मैनापोखका किसान जगदिश थारुले गत जेठको तेस्रो साता छरेको धानको बाला अहिले खेतमा लहलह झुलेको छ । उनले धानको ब्याड नराखेर सिधै खेतमा छर्ने गरेकाछन् । उनको खेत वरिपरि उनका छिमेकीले रोपाइँ गरेको धान र उनले छरेको धानमा कुनै फरक देखिँदैन । छरुवा खेती गर्न थालेको दुई बर्ष भएको जगदिश बताउँछन् ।

धान खेतीमा लगानी र उत्पदन जोड्दा बराबर भएपछि छरुवा धान प्रविधि अपनाएको उनको भनाई छ । ‘खेताला बिना २५ कठ्ठा क्षेत्रफलमा छरुवा धान खेती गर्दै आएको छु ।’ जगदिश भन्छन्, ‘एकजना खेताला बराबर ७ सयको दरले ज्याला खर्च अझ उनीहरूलाई खाजा खुवाउनु पर्छ, भनेको समयमा खेताला पनि पाईदैन ।’ जगदिशलाई देखेर यस बर्ष बर्दियाको बढैयातल गाउँपालिका–६ मैनापोखरका करिब ८ जना बढी किसानले छरुवा धान खेती गरेकाछन् । ५६ बर्षिय जगदिशले छिमेकी ६ जनाको खेतमा आफैले धान छरेर सहयोग गरेको सुनाए । एक घण्टामा करिब दुई बिघा क्षेत्रफलमा धान छर्न सक्ने बताउने जगदिशलाई मैनापोखर क्षेत्रमा धान छर्ने बेला सबैले सम्झिने गरेका छन् । हातले छर्दा पनि एउटै दुरीमा धान झर्ने अनुभव भएको भन्दै धान छर्ने बेला सबैले बोलाउने गरेको जगदिश बताउँछन् ।

बढैयाताल ७ तिलकानाका ३१ बर्षिय युवा आशिष भट्टराईले पनि गत बर्ष १० बिघा क्षेत्रफलमा छरुवा प्रविधिबाट धान खेती गरे । कम लागतमा बढी उत्पादन भएपछि उनले यस बर्ष थप १० बिघा जमिन लिजमा लिएर ब्यवसायिक धान खेती गरेकाछन् । उनी भन्छन् ‘सायद अब म कहिल्यै रोपाई गर्दैन, मलाई लाग्छ छरुवा प्रविधिबाट ४० बिघा क्षेत्रफलमा पनि एक्लैले खेती गर्न सक्छु ।’ भट्टराईले खेत हेरफेर गर्न र पानी लगाउनको लागि अर्का एकजना सहयोगी राखेका छन् । उनी सँगै अफूपनि खेतमा बराबर खटिने गर्छन् । सिँचाइको सुविधा भएको खेतमा सहि समयमा धान छर्ने र समयमै झार मार्ने औषधि छर्न सकेमा अरू मेहनत त्यति गर्न नपर्ने भट्टराईको अनुभव छ । छरुवा खेती गर्दा रोपाइँ गर्ने खेताला र धान गोड्ने ज्यामीको खर्च लागत घट्ने उनी बताउँछन् । जुनसुकै धान छरेपनि उत्पादन राम्रो हुने भट्टराईको अनुभव छ ।

‘यस बर्ष ‘बहुगुणी दुई’ जातको धान छरेको छु, हेर्दा रम्रै फलेको छ ।’ घरको खेतमा रोपेको धान घरमा खान ठिक्क हुने र लिजमा लिएर खेती गरेको धान सहकारीलाई बिउको रूपमा बिक्री गर्दै आएको भट्टराई बताउँछन् । ‘यहि खेतमा तीन बाली लगाउने गरेको छु ।’ उनी भन्छन् –‘अब बर्खे धान काटी सकेपछि लगत्तै आधा जमिन तोरी र आधामा गहुँ छर्नकोलागि खेत तयार हुन्छ, तोरी पछि त्यसमा बसन्ते मकै खेती हुन्छ ।’ सहज रूपमा कृषि पेशालाई निरन्तरता दिईरहन छरुवा प्रविधि उपयुक्त रहेको भट्टराई बताउँछन् ।

बर्दिया राजापुर नगरपालिका– ३ नंगापुरका किसान नाचुराम थारुलाई छरुवा धान खेतीको अझ धेरै अनुभव छ । उनले विगत ६ बर्षदेखि चैते र बर्खेधान खेती गर्दा छरुवा प्रविधि नै अपनाउँदै आएको बताउँछन् । उनी भन्छन् ‘छरुवा प्रविधि अपनाएदेखि रोपाई गर्ने तर्फ ध्यान नै जाँदैन, चैते र बर्खे धान सबै छरेर खेती गर्दै आएको छु ।’ नाचुरामले चैते र बर्खे खेती गर्दा ‘हर्दिनाथ’ जतको धान छर्ने गरेको र रोपाइ गरेको धान भन्दा उत्पादनमा कुनै फरक नपाएको बताउँछन् । छरुवा धान कस्तो फल्दो रहेछ भनेर टाढा टाढाबाट कृषकहरू आफ्नो धान खेत अवलोकन गर्न आउने गरेको नचुराम बताउँछन् । उनी भन्छन् ‘मेरो धान खेत अवलोकन गर्न आएका कृषकहरू जो पनि प्रभावित भएर जानुहुन्छ ।’ आफूले जानेको छरुवा खेतीको अनुभव सुनाउँदा धान खेत अवलोकन गर्न आउनेहरू अब छरुवा नै गर्ने भनेर उत्साहित भएर जाने गरेको र कतिपयले आफूलाई देखेर छरुवा खेती गर्न थालिसकेको नाचुराम बताउँछन् ।

बर्दिया भन्दा सुदुरपश्चिमको कञ्चनपुरमा अझ बढी किसानले छरुवा प्रविध अपनाउन थालेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जनाएको छ । पछिल्लो समय एउटै दुरीमा धान र मल सँगै छर्ने कृषि यन्त्रले छरुवा प्रविधिमा किसानलाई थप सहज भएको परियोजना कार्यान्वयन इकाई कञ्चनपुरका वरिष्ठ कृषि अधिकृत सन्जु उपाध्याय रिमालको भनाई छ । उनी भन्छिन् ‘सि ड्रील मेसिनले लाईनमा बिउ छर्न सकिने भएकाले मान्छे लगाएर गोड्न र बजारमा पाईने रोटेटरी वीडर मेसीनले गोडन् पनि किसानलाई सहज हुन्छ ।’ आधुनिक कृषि यन्त्र सि ड्रील मेसिनले रोप्दा चिसो तर भुरर्भुराउँदो माटोमा रोप्न मिल्ने र हातले छर्दा ब्याड छरे जस्तै हिलोमा छर्न सकिने वरिष्ठ कृषि अधिकृत रिमालको भनाई छ । सुदुरपश्चिममा छरुवा धान खेतीलाई आधुनिक कृषि यन्त्र र प्रविधिसँग जोडेर धेरै कृषकहरूले अपनाउन थालेको उनको भनाई छ ।
पछिल्लो समय ज्याला महंगो र आवश्यक परेको समयमा खेताला पाउन मुस्किल भएपछि छरुवा प्रविधि अपनाएको किसानहरू बताउँछन्, तर, धान सँगै उम्रिने झारपात नियन्त्रण नै छरुवा धान खेतीको एक मात्र चुनौती रहेको कृषकहरूको भनाई छ । उम्रीनु भन्दा अगाडी र उम्री सकेपछि सिफासि गरिएको अनुपातमा सावधानी पूर्वक झार मार्ने विषादी प्रयोग गर्न सकेमा किसानले छरुवा प्रविधबाट धेरै लाभ लिन सकिने कृषि विज्ञहरूको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?