ट्रेंडिंग:

>> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन

अन्नबाली कटान गर्न भित्रियो कम्बाइन हार्बेस्टर

१२ आश्विन २०८१, शनिबार
१२ आश्विन २०८१, शनिबार

भैरहवा, १२ असोज ।
रूपन्देही जिल्लामा धान, गहुँ लगायतका अन्नबाली कटानमा प्रयोग हुँदै आएको टायरबेसमा आधारित हार्वेस्टरको विकल्पमा रूपन्देहीमा किसानले ट्रयाक बेसमा आधारिक कम्बाइन हार्वेस्टर भित्र्याएका हुन् ।
केही वर्षयता कृषि क्षेत्रमा भइरहको यान्त्रिकरण पछ्याइरहेका जिल्लाका किसानले जमिनको भू–बनोटअनुसार साँगुरो गहरा र हिलोखेतमा समेत सहजै बाली कटान गर्न सकिने र लागत पनि कम पर्ने भएपछि ट्रयाकबेसमा आधारित हार्वेस्टर भित्र्याएका हुन् ।

मायादेवी गाउँपालिका वडा नं ४, गुण्डीमा रहेको सिद्धार्थ एग्रोभेट सेन्टरका संचालक किसान लाला लोधले पहिलोपटक रूपन्देहीमा टायरबेसको विकल्पमा ट्रयाक बेसमा आधारित कम्बाइन हार्वेस्टर भित्र्याएका हुन् । अहिले प्रयोगमा आइरहेको टायरबेस सरह क्षमता, सानो, सस्तो, तेल कम खाने र भू–बनोटअनुसार स–साना खेतका गहराहरूमा समेत प्रयोग गर्न मिल्ने भएपछि ट्रयाकबेसमा आधारित हार्वेस्टर भित्र्याएको उनको भनाइ छ ।‘कृषि प्राविधिक, बिक्रेता कम्पनी र विज्ञसँग बुझ्दा यो हार्वेस्टर राम्रो छ भन्ने जानकारी पछि मैले खरिद गरेको हुँ’, उनले भने, डिजलको कम खपत गर्ने समेत पायौं, हिजोबाट प्रयोगमा ल्याएका छौं । रिजल्ट केही समय प्रयोगपछि पक्कै थाहा हुनेछ ।’ यो प्रविधिको हार्वेस्टर रूपन्देहीमा पहिलोपटक प्रयोगमा ल्याइएको उनले जनाए । ट्रयाकबेसको खरिदपछि लोधले प्रयोगमा ल्याइरहेका टायरबेसमा आधारित दुईवटा हार्वेस्टर विस्थापित गर्ने योजना समेत बनाएका छन् ।

‘मसँग अहिले पनि दुईवटा ठूला टायरबेसका हार्वेस्टर छन्, म १८ बर्ष देखी प्रयोग गर्दै आएको छु । मैले सुने र बुझेअनुसार यसको रिजल्ट राम्रो आयो भने पुराना विस्थापित गर्छु’, उनले भने । नेपालको भौगिलोक बनोट अनुसार पनि ट्रयाकबेसको हार्वेस्टर राम्रो मानिने कृषि प्राविधिकहर बताउँछन् । लोधले करिब ४० लाख रूपैयाँ लगानी गरेर हार्वेस्टर खरिद गरेका हुन् । किसानले धान, गहुं कटानमा हार्बेस्टरको प्रयोगले प्रती कठ्ठा सुख्खा ५ सय रुपियाँ र हिलोमा प्रती कठ्ठा ६ सय रुपियाँ शुल्क लाग्ने लोधले बताए । गुण्डीस्थित धानबाली खेतमा धान काटेर यो प्रविधिको हार्वेस्टरको बिहीबार प्रयोग गरिएको हो ।
चीनमा बनेको ट्रयाक बेसमा आधारित हार्वेस्टर मुक्तिनाथ बैंक लिमिटेडको प्रमुख लगानी रहेको मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपालमा भित्र्याएको हो । सातै प्रदेशमा कार्यालय खोलेर अहिले कम्पनीले किसानलाई ट्रयाकबेसमा आधारित हार्वेस्टर प्रयोग गर्न प्रोत्साहन गरिरहेको कम्पनीका लुम्बिनी प्रदेश निर्मल भुसालले जानकारी दिए ।

उनका अनुसार करिब ८ लिटर डिजेलमा प्रतिघण्टा डेढ विघा खेतको धान, गहुँ कटान गर्न सक्ने क्षमता यो हार्वेस्टरको छ । ‘अगाडिको हेडर फेरेमा मकै बाली कटान गरी भित्र्याउन पनि सकिन्छ’, उनले भने, ‘यो बहुउपयोगी, किसानलाई फाइदा दिने र सस्तो छ ।’ लुम्बिनी प्रदेशमा बाँके, बर्दिया पछि रूपन्देहीमा प्रयोगमा ल्याइएको भुसालले बताए ।
कम्पनीका अनुसार ट्रयाकबेसमा आधारिक हार्वेस्टरको प्रयोग गर्दा माटोको भौतिक गुणमा कुनै असर गर्दैन भने हिलो र साँगुरा खेतमा पनि सहजै प्रयोग गर्न सकिन्छ । यस्तै टायरसेब भन्दा चलाउन सहज छ । जुनसुकै व्यक्तिले दुईतीन दिनको तालिमले चलाउन सिक्छन् । ‘हामीले विक्री मात्रै होइन्, यो हार्वेस्टर चलाउन पनि किसानलाई तालिम दिइरहेका छौं, प्रदेशका तीन जिल्लामा प्रयोगमा आइसकेको छ, बाँकी जिल्लाहरूमा पनि यसको महत्व बुझ्दै गएपछि किसानले खरिद गरेर प्रयोगमा ल्याउनु हुनेछ भन्ने हाम्रो विश्वास छ’, उनले भने ।किसान एबं कृषि विज्ञहरूका अनुसार यो हार्वेस्टर प्रयोगले उत्पादन लागत निकै सस्तो पर्न जान्छ । टायरबेसमा भन्दा प्रतिघण्टा किसानको करिब एक हजार रूपैयाँ बचत हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?