ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

अबैध कारोवार रोक्न व्यवसायीको ज्ञापन

११ आश्विन २०८१, शुक्रबार
११ आश्विन २०८१, शुक्रबार

बुटवल, ११ असोज ।
रूपन्देहीमा क्रियाशिल ४ व्यवसायीक संस्थाहरूले कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरी निकासी कारोवारले राजश्व संकलन तथा व्यवसायिक कारोवारमा असर गरेको भन्दै त्यसलाई रोक्न भन्सार कार्यालय तथा जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् ।

बुटवल उद्योग वाणिज्य संघ, रूपन्देही उद्योग संघ, उद्योग व्यापार संघ र रूपन्देही व्यापार संघले बिहीवार संयुक्त रूपमा भैरहवा भन्सार कार्यालय, बेलहियाका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी र रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भरत अर्याललाई ज्ञापनपत्र बुझाउँदै कडाईसाथ भन्सार नियमन नगरिँदा तथा खुल्ला सीमाबाट भैरहेको अबैद्य कारोवारले सरकारको राजश्व संकलनमा असर पर्नुका साथै नीजि क्षेत्रका व्यवसायीहरूको व्यवसायलाई समेत प्रभाव पारेको उल्लेख गर्दै सीमा क्षेत्रमा कडाई गर्न आग्रह गरेका छन् ।
ज्ञापनपत्रमा विभिन्न कारणबाट देशको अर्थतन्त्रमा मन्दी आएको र त्यसको प्रभावले देशका व्यवसायीहरू धाराशाही बनेको अवस्थामा सिमा नाकाबाट हुने अबैद्य कारोवार र खुल्ला गतिविधिले थप पलायन हुन अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।

कमजोर निर्यात क्षमता र आयातमा आधारित अर्थतन्त्रमा सिमा नाकाबाट हुने अबैद्य कारोवार र खुल्ला गतिविधिले धेरै नै असर गर्ने बताउदै ज्ञापनपत्रमा सरकारी निकायले आयात राजश्वलाई आम्दानीको मुख्य स्रोतको रूपमा लिदै आएको बर्तमान अवस्थामा भन्सार तथा खुल्ला सीमाबाट भैरहेको अबैद्य कारोवारले प्रभाव पार्ने भन्दै सुधारका लागि आग्रह गरिएको छ ।

सरकारले एकातिर भन्सार राजश्वलाई आम्दानीको मुख्य स्रोत मान्दै आएको छ भने अर्कोतर्फ कमजोर भन्सार नियमन र खुल्ला सीमाबाट हुने चोरीनिकासी कारोवारले राज्यको राजश्व गुम्नुकासाथै नेपालको व्यवसाय क्षेत्र धाराशाही बन्दै गएको बताउदै राजश्व बलियो बनाउन तथा व्यवसायलाई धाराशाही हुनबाट जोगाउन भन्सार तथा खुल्ला सीमा नियमन अति आवश्यक रहेको सुझाव ति संस्थाहरूले दिएका छन् ।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले दशैतिहार जस्ता प्रमुख चाडहरूमा नेपाली वजार सुनसान हुने भारतिय वजार गुल्जार हुने बातावरण सरकारी निकायको कमजोरीका कारण भएको उल्लेख गर्दै देशको अर्थतन्त्र दरिलो पार्न र नेपालको व्यवसायलाई बचाएर लैजानका लागि भन्सार तथा खुल्ला सीमा नियमन थप कडाई गर्दै जान अनुरोध गरे ।

रूपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले अबैद्य कारोवारका कारण नेपाली उद्योगहरूको उत्पादन ५० प्रतिशतमा झरेरको बताउँदै सीमा नियमन कडाई गर्दै अबैद्य रूपमा हुने सबैप्रकारका कारोवार रोक्न, अनुगमन तथा निगरानी बढाउन भन्सार कार्यालयलाई आग्रह गरे ।

उद्याग व्यापार संघका अध्यक्ष विष्ण प्रसाद पाण्डेले सरकारी कार्यालयहरूको समन्वय र सक्रियामा देखिएको ढिला सुस्तीले अबैद्य कारोवारीले प्रश्रय पाएको अरोप लगाउदै भन्सारमा कडाई गर्ने कुरामा गम्भिर बन्न अनुरोध गरेका थिए ।सो अवसरमा रूपन्देही व्यापार संघका अध्यक्ष दिपक प्रसाद अधिकारी अबैद्य कारोवार रोक्न र भन्सार नियमन गर्न व्यवसायीक संस्थाहरूले सधै साथ दिने बताए । अवसरमा ज्ञापनपत्र बुझ्दै भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले सीमाबाट हुने अबैद्य कारोवार र भन्सार नाकाहरूमा देखिएको सुस्ताप्रति आफू सचेत रहेको उल्लेख गर्दै त्यसमा सुधार गर्ने कुरामा आफू गम्भिर भएर लाग्ने प्रतिवद्धता जनाए ।

उहाले भन्सार तथा सीमा नियमन कडाई नगरिए कर तथा राजश्वको असुलीमा असर पर्ने कुरामा आन्तरिक समिक्षा पनि भएको जानकारी गराउँदै त्यसका लागि राज्यका निकायहरूमा समन्वय र निजी क्षेत्रका व्यवसायीक संस्थाहरूको सहयोग जरुरी रहेको कुरामा जोड दिए ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापनपत्र बुझ्दै सीमा क्षेत्रको सुरक्षा प्रवन्धका देखिएका कमजोरीमा सुधार गर्दै कुनै पनि प्रकारका अबैद्य धन्दालाई निरुत्साहित गर्ने कुरामा आफु जिम्मेवार बन्नेर अगाडी बढ्ने प्रतिवद्धता जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?