ट्रेंडिंग:

>> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान

लालपूर्जाको लज्जा

११ आश्विन २०८१, शुक्रबार
११ आश्विन २०८१, शुक्रबार

बाँकेका सुकुम्बासीको आश्वासन पाउँदा जन्मिएका छोरा छोरी हुर्किएर भारत काम गर्न जाने भएका छन् । तर लालपूर्जाको आश्वासन पाएको बर्षाै बित्दा पनि सुकुम्बासीहरूले लालपुर्जा पाएका छैनन् । वन ऐन र सरकारको केही नीतिका कारणले राष्ट्रिय भूमि आयोगले भुमीहिन सुकुमबासी, भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित सुकुम्बासीहरूलाई जग्गाको लालपुर्जा वितरण गर्न ढिलाई भइरहेको छ । बाँकेमा भुमिहिन सुकुम्बासी, भुमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबास सुकुम्बासीहरू करिब ५७ हजार सुकुम्बासी रहेका छन् । बाँकेमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । उनीहरूले जग्गा र जग्गाको लालपुर्जा पाउनका लागि बेला बेलामा सरकारको ध्यान केन्द्रीत गर्नका लागि र्याली समेत निकाली राखेका हुन्छन् तरपनि सरकारको ध्यान उनीहरू तर्फ जनासकेको छैन । बर्षाै देखि बसोबास गर्दै आएका तर लालपुर्जा नपाएका कारणले घरयासी काम लगायत बालबालिकाहरूको शिक्षामा समेत प्रत्यक्ष असर परेको खजुरा गाँउपालिका वडा नं ६ कि हजुरा वम बताउँछिन् । उक्त वडामा भुमिहिन सुकुम्बासीहरूको बसोबास मात्र रहेको र हल सम्मा कसैलेपनि लालपुर्जा पाएका छैनन् । चुनावको बेला सुकुम्बासीहरूलाई भोट बैंकको रूपमा प्रयोग गर्ने र चुनाव जितेर गएपछि अवस्था समेत कसैले सोध्न नआएको स्थानीयको आरोप छ । २०४५ सालमा बसाएको त्यो बस्तीमा हालसम्म कसैले पनि लालपुर्जा पाएको छैन ।

राम बहादुर कामी २०३८ साल देखि बैजनाथ गाँउपालिका ६ नं वडा २८ घर लालपुरमा बसोबास गर्दै आएका व्यक्ति हुन् । त्यही बस्तीमा बसोबास गर्दै आएका आर्थिक स्थिति राम्रो भएका मानिसहरूले २०४६ सालमा प्रति कट्ठा ११ हजार रूपैंयाका दरले तिरेर लालपुर्जा बनाए । तर दैनिक छाक तार्न धौ धौ भएका अझसम्म लालपुर्जा पाएका छैनन् । लालपुर्जा नभएका बारणले आफ्ना बालबच्चाहरूलाई शिक्षा दीक्षा दिन नसकेको र वैदेशिक रोजगारमा समेत पठाउन नसकेको उनले गुनासो गर्ने गरेका छन् । अहिलेसम्म बाँकेको ८ पालिका मध्ये ५ पालिकाले तथ्याकं उपलब्ध गराई सकेको बताइन्छ । डुडुवा गाँउपालिका, नरैनापुर गाँउपालिका र नेपालगञ्ज उपमहानपालिकाको तथ्याकं उपलब्ध भएको छैन । सुकुम्बासीहरूलाई वन ऐेन र सरकारका केही नितिका कारणले लालपुर्जा वितरणमा ढिलाई भएको छ । बाँकेमा अधिकंस पालिकाहरू वन क्षेत्रमा पर्ने र गाँउपालिकाले छिटो तथ्यांक उपलब्ध नगराएको देखिएको छ । वन कार्यालयले क्षेत्र तोकेर भुमि आयोगलाई काम गर्न दिए सुकुम्बासीहरूलाई छिटो लालपुर्जा उपलब्ध हुने देखिन्छ । पालिकाले छिटो सुकुम्बासीहरू यकिन गरि भुमि आयोगलाई तथ्यांक उपलब्ध गराए आयोगलाई सहज रूपमा काम गर्न सजिलो हुनसक्छ । तर सरकार नै यो कामलाई तीब्रता दिन खोजिरहेको छैन् ।

चुनावमा दलहरूले लालपुर्जाको नारा लगाउँदै जनतालाई आश्वासन बाँडिरहेका छन् । यो क्रमले दशकौदेखि निरन्तरता पाएको छ । अहिलेको आयोग गठन र विघटन गर्ने सरकारपिच्छेका घटनाले उनीहरूमा निराशा पैदा भएको छ । राजनैतिक स्वार्थमा भूमिहिन वा लालपुर्जाको प्रतिक्षामा रहेका जनता आयोगपिच्छे कागजात बनाउनमा झन्झट बेहोरिरहेका छन् । यसका लागि राजनैतिक दलगत स्वार्थ होइन दलहरूले साझा मापदण्ड र नीति बनाएर मात्रै भूमिहिनका नाममा लालपूर्जा बाँड्नुपर्छ । यो दलले बाँड्ने लालपूर्जाको रूपमा राजनीति हुनु हुदैन । लालपूर्जाको लज्जाबाट दल माथि उठ्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?