ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

माछाको समर्थन मूल्य कायम गर्न कार्यदल गठन

११ आश्विन २०८१, शुक्रबार
११ आश्विन २०८१, शुक्रबार

नवलपरासी, ११ असोज ।
माछा उत्पादक कृषक समुहलाई रातह हुने गरि केन्द्रिय स्तरमा माछाको मूल्य अध्ययन गर्न कार्यदल गठन भएको छ । नेपाली माछाको उत्पादन लागत अध्ययन गरी प्रतिवेदन गर्नका लागि केन्द्रिय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रकी सरिता गौतमको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

जस्मा कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका मनोज धिताल कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका प्रतिनिधि, पशु सेवा विभागका प्रतिनिधि, नेपाल मत्स्य ब्यवसायी संघका निरन्जन थापा, माछा ब्यवसायि कालीमाटी फलफूल तथा बजार विकास समितिका रामबाबु यादव सदस्य र केन्द्रिय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्रका प्रशान्त सापकोटा सदस्य सचिव रहने गरि उक्त कार्यदल गठन भएको नवलपरासी माछा उत्पादक कृषक संघका अध्यक्ष भवानीशंकर यादवले जानकारी गराए । सो कार्यदलले माछा किसानको माछा उत्पादन लागतको अध्ययन गर्नेछ, उनले भने, अध्ययन पश्चात माछाको समर्थन मुल्य कायम गर्न सिफारिस गर्नेछ ।

यस्तो कार्यदलको ब्यवस्था नेपालमा पहिलो पटक भएको हुदा माछा उत्पादक कृषकलाई राहत पुग्ने उनको भनाई थियो । कम्तीमा सरकारी स्तरबाट समर्थन मुल्य कायम भए पछि माछाको खरिद विक्रिमा बजारका ब्यवसायिको एकाधिकार मूल्य निर्धारण गर्ने कार्यको अन्त्य हुने विश्वास लिइएका छौं । जति सक्दो छिटो सो कार्यदलले आफ्नो प्रतिवेदन बुझाउने त्यती नै छिटो माछाको मूल्य निर्धारण हुने हुदा माछा कृषकमा एक प्रकारको उत्साह थपिएको उनले विश्वास ब्यक्त गरेका थिए । पहिला माछा ब्यवसायि संघको आफ्नो हालीमुहाली मात्रै थियो, उनले थपे,तर देश भरि नै लागु हुने गरि सरकारी र्सयन्त्रबाट माछाको समर्थन मुल्य निर्धारणले माछा पाल्ने किसानलाई घाटा ब्यहोर्ने समस्याको अन्त्य हुनेछ । नेपालमा भारतिय माछाले बजार पाउने तर नेपाली किसानको माछा बिक्री नहुने अवस्था रहेको उनले सुनाए ।

कालीमाटीमा मात्रै दैनिक २५ मे.ट.माछा खपत हुन्छ,त्यसको ७० प्रतिसत औपचारिक माछा पैठारी भारतबाट हुन्छ,अनौपचारिक तस्करीको माछाको त तथ्याँक नै छैन् । कालीमाटीमा भारतिय माछाले स्थान पाउने तर नेपाली किसानका माछाले गाँउमा बजार नपाउने कालीमाटीमा स्थान नपाउने समस्या ब्यहोर्दै आएका थिए । अध्यक्ष यादवका अनुसार भारतको अन्द्र प्रदेशबाट प्रति केजी ५५ रुपियामा माछा ल्याएर नेपाली बजारमा भारतिय माछा छ्यापछ्याप्ती बनाईने र नेपाली किसान पोखरीमा माछालाई दाना खुवाउदै बस्ने अवस्था विद्यमान छ । माछाको वृद्धि हुने एउटा चरण हुन्छ, उनले भने, माछाको वृद्धिको अवधी सकिए पछि खासै वृद्धि हुदैन्,त्यो बेलासम्म माछा विक्रि गर्न सकिएन भने माछा बचाई राख्न दाना लागत बढदै जाने गर्छ । त्यो भएर कम्तीमा सरकारले एक समर्थन मुल्य निर्धारण गरिदिए पछि नेपाली किसानले बेलामै माछा विक्रि गरेर लाभ लिन सक्ने अवस्था हुन्छ, अध्यक्ष यादवले भने,–‘माछा किसानहरूको लामो संघर्ष पछि यो अवस्था आएको छ,तर मुल्य निर्धारण नभईसकेसम्म पर्ख र हेरकै अवस्थामा नेपाली माछा किसान बस्नु पर्ने अवस्था छ । चाडै मुल्य निर्धारण होस भन्ने हामी निरन्तर पहल गरिरहेको र कार्यदलबाट पनि छिट्टै प्रतिवेदन प्रस्तुत गरिने आश्वासन आई रहेको उनले जानकारी गराए ।

प्रति केजी ५५ (भारु) अर्थात ८८ रुपियाको माछा नेपालमा भित्रिदा प्रति केजी दुई सय भन्दा बढि मुल्यमा विक्रि हुने गरेको छ । यसले गर्दा अहिले पनि भारतबाट कालीमाटी बजारमा मात्रै दैनिक ५० लाखको माछा खपत हुने गरेको छ, जस्मा माछा ब्यवसायीलाई दैनिक २८ लाख नाफा हुने अवस्था छ,त्यही भएर माछा ब्यवसायिहरूले भारतिय नेपाली किसानको माछा भन्दा भारतिय माछालाई प्राथमिकता दिईने गरेकाछन् । तर भारतबाट आउने माछा तिन महिनासम्मको बासी माछा र केही रसायनबाट संरक्षित गरेर आउने माछा आम उपभोक्ताका लागि अस्वथ्यकर रहेको छ ।

गत बर्ष काठमाडौ महानगरले नेपाली माछाका लागि छुट्टै बजार बनाईदिइने स्थान तोक्न लागेको थियो, तर कालीमाटीका माछा ब्यवसायिहरूले त्यसको विरोध गरेका कारण सफल हुन सकेन । यो बर्ष पनि नेपाली माछा किसानले सरकारसँग कि कालीमाटी बजारका माछा ब्यवसायिहरूले नेपाली किसानलाई सहज रूपमा माछा विक्रि गर्न दिईने वातावरण बनाई दिन कि छुट्टै स्थान तोक्न दवाव दिदै आएका थिए । त्यसको मध्यमार्गको बाटो निकाल्नका लागि सरकारी स्तरबाट बजार छुट्टै तोक्नु भन्दा नेपाली किसानको माछाको समर्थन मुल्य तोक्न तर्फ लागेका हुन् ।

सय मे.ट.बैखी माछा आफ्नो पोखरीमा विक्रि योग्य भएको तर भारतिय माछाका कारण विक्रि हुन नसकेको गुनासो अध्यक्ष यादवले सुनाए । बैखीमाछा अन्य माछा भन्दा संवेदनशिल माछा हुन् उनले भने, स्थानिय बजारमा विक्रिका लागि यदि एक दुई मे.ट.झिक्ने हो,भन्ने अन्य पोखरीका माछाहरू सातादिनसम्म भोकहडताल गरिदिन्छन्,जस्ले गर्दा दाना खादैनन् । माछाको तौल घटेर जान्छ, यस्ले गर्दा एउटा पोखरीको माछा एक पटक झिकेर बिक्रि गर्नु पर्ने बाध्यता सुनाए ।

माछाको अवस्था र समस्या माछा किसानलाई मात्रै थाहा हुन्छ,बाहिरबाट हेर्ने र सुन्नेलाई सबै कुराको जानकारी नै हुदैन् । यस्तो समस्या सरकारी संयन्त्र भित्र पनि रहेको छ । नेपाली माछा किसानको समस्या जटिल छ, धेरै दिन पोखरीमा राखियो भन्ने दाना लागत बढेर उल्टै घाटा लाग्ने अवस्था आउछ,बजारमा भारतिय माछा गर्दा स्थान पाएको छैन् । यस्तै समस्याले गर्दा पनि नेपालका माछा उत्पादक किसानहरू केही दिन माछा पाल्ने र समस्यासँग जुध्न नसकेर माछापालन गर्न छाड्ने गरेका छन् । यस्तो समस्या सरोकारवाला निकाय पनि प्रभावमा परेर माछा किसानको कुरा भन्दा माछा ब्यवसायीको समस्या सुन्न थाल्छन्, जस्ले गर्दा नेपालमा माछा उत्पादन निरुत्साहित हुदै गएको दुखेसो उनले पोखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?