ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

गढवाका किसान व्यवसायिक बाख्रापालनमा

११ आश्विन २०८१, शुक्रबार
११ आश्विन २०८१, शुक्रबार

लमही, ११ असोज ।
कम समयमा बढी आम्दानी हुने अबसरबाटै बिक्री भएपछि गढवा गाउँपालिका दुर्गम बस्ती र मुक्त कमैया बस्तीका किसानहरू बाख्रापालनतर्फ आकर्षित भएका हुन् । केही बर्षदेखि स्वान, हेफर नेपालले महिलाहरूलाइ ती बस्तीमा समूह बनाएर बाख्रा उपहार दिए पचि उनीहरू व्यवसायिक रूपमा बाख्रा पालना लागेका छन ।

कोइलाबास, मुसिनाका, नयाँबस्ती, गोबहडिहा लगायतका मुक्त कमौया बस्ती र आर्थिक अबस्था कमजोर भएकाहरूका लागू बाख्रा पालन मुख्य पेशा भएको पालिकाका उपाध्यक्ष सारदा चौधरीले बताइन् ।उनीहरूका लागि पालिका र गैरसरकारी संस्थाहरूले व्यवसायिक रूपमा बाख्रा पालन लागि सहयोग गर्दै आएको उनी बताउँछिन ।

उनीहरूले उत्पादन गरेका बाख्रा आफ्नै टोलवाट बिक्री हुन थाले पछि उनिहरू थप उत्साहीत भएको बताउछन् । केही बर्ष यता पालिका मासुका लागि आत्मनिर्भर भइ मासु बाहिर बिक्री हुँदै आएको पनि उपाध्यक्ष चौधरीले बताइन् ।

किसानकाइ बाख्रापालन सम्बन्धी ज्ञान दिदै बाख्रा बितरण व्यवसायिक फार्म र उत्पादित खसीबोका वृद्धि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका परीचालन गरिएको हेफरका कार्यक्रम निर्देशक महेश आचार्य बताउछन् । आव २०७९/८० मा भन्दा २०८०/८१ मा बाख्रापालन गर्ने किसानको संख्यामा उल्लेख्य वृद्धि भएको र यसले उत्पादन पनि बढेको उनले बताए । “आव २०८०/८१ मा नयाँ २ दर्जन बाख्रा फार्म उतिक्कै मात्रामा समूह बनाइ व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आएको गढवा गाउँपालिकाका पसुसेवा केब्द्रले जनाएको छ ।

अहिले पालिकामा व्यावसायिक बाख्रा पालन गर्ने महिला समुह संख्या दुई सय पुगेको छ”, उनले भने । समूह , फार्म नै दर्ता गरेर बाख्रापालन गर्नेको अनुपातमा व्यक्तिगत रूपमा खोर बनाएर बाख्रा पाल्ने संख्या अझ उल्लेख्य रहेको पाइएको छ । पालिकामा आव २०७९/८० मा ४३ हजार नौ सय ९० वटा बाख्रा रहेकामा गत आवमा सो संख्या २३ हजार सात सय ८९ ले थप भई ६७ हजार सात सय ७९ पुगेको विज्ञ केन्द्रको तथ्याङ्कमा देखिएको छ ।

“पछिल्लो तीन वर्षमा ४५ हजार दुई सय २२ बाख्रा थप भएका छन”, प्रमुख आचार्य भने, “तुलनात्मक रूपमा बाख्रापालनमा कम मेहनत लाग्ने र छिटो नगद आम्दानी हुने भएकाले यसतर्फ अग्रसर भएको देखिन्छ ।” बाख्रापालन गर्ने किसानको सङ्ख्या बढेसँगै यहाँ मासुको उत्पादन पनि बढेको पाइएको छ । आव २०७९/८० मा खसीबोकाको मासु पाँच सय ८१ मेट्रिक टन उत्पादन भएकामा गत आवमा ९५ मेट्रिक टनले वृद्धि भई छ सय ७६ मेट्रिक टन पुगेको प्रमुख आचार्यले बताए ।

उत्पादन भएको खसीबोका किसान आफैँले नभौ गढवा गाउपालिका द्वारा संचालित भिटा परियोजना अन्तर्गत गठन भएको श्री गढवा सामाजिक उद्यमी महिला सहकारी संस्थाद्वारा खसी बोकाको सामुहिक बजारीकरण गर्दै आएको छ । सहकारीमार्फत सङ्कलन गरेर बिक्री गर्ने गरिएको छ । “गत आवमा यहाँ उत्पादन भएको खसीबोकामध्ये एक सय ६६ मेट्रिक टन सहकारीमार्फत सङ्कलन गरी बिक्री गरिएको छ भने पाँच सय ११ मेट्रिक टन किसान आफैँले बिक्री गरेका छन”, उनले भने । गढवा गाउँपालिका भिटा परियोजनाकाद्वारा सञ्चालित गढवा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडकोले कृषकहरूसंग २० किलो भन्दा कम तौलको खसी ४सय ७० रूपैयाँ प्रतिकिलो, २० देखि ३० किलो सम्मका ५ सय ३०रूपैया प्रतिकिलो, ३० देखि ४० किलो तौल सम्मको ५ सय ४० र ४० किलो भन्दा माथीका बोका ५ सय ५० रूपैया प्रतिकिलोको दरले घरआगनबाटै खरिद गरेको छ। भने बोका ५ सय २० रूपैयाँ प्रति किलोको दरले खरिद गरेर बजारीकरण गर्न लागेको महिला सहकारी संस्था लिमिटेडकी अध्यक्ष रावत क्षेत्रीले जानकारी दिए । गाउँघरमा पुग्ने व्यवसायीले आफै मूल्य तोक्ने र खरिद गर्दै आउँदा किसान ठगिने अवस्था थियो । तर अहिले स्थानीय सरकारले खसीबोकाको सामूहिक बजारीकरण गर्न थालेपछि किसानले ढुक्कसँग खसीबोका बिक्री गर्न पाएको गढवा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष तुल्सीराम अधिकारीले बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?