ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

समस्यामा सुकुम्बासी

१० आश्विन २०८१, बिहीबार
१० आश्विन २०८१, बिहीबार

बाँके, १० असोज ।
बाँकेका सुकुम्बासीका छोरा छोरीलाई रोज्दा ठुलो भएर भारत काम गर्न जाने, बर्षाै बित्दा पनि सुकुम्बासीहरूले लालपूर्जा पाएनन् ।
वन ऐन र सरकारको केही नितिका कारणले राष्ट्रिय भुमि आयोगले भुमीहिन सुकुमबासी, भूमिहिन दलित सुकुम्बासी र अव्यवस्थित सुकुम्बासीहरूलाई जग्गाको लालपुर्जा वितरण गर्न ढिलाई भएको छ । बाँकेमा भुमिहिन सुकुम्बासी, भूमिहिन दलित सुकुम्बासी र अव्यवस्थित बसोबास सुकुम्बासीहरू करिब ५७ हजार सुकुम्बासी रहेका छन् ।

बाँकेमा बसोबास गर्दै आएका सुकुम्बासीहरूले जग्गाको लालपुर्जा पाउन सकेका छैनन् । उनीहरूले जग्गा र जग्गाको लालपुर्जा पाउनका लागि बेला बेलामा सरकारको ध्यान केन्द्रीत गर्नका लागि र्याली समेत निकाली राखेका हुन्छन् तरपनि सरकारको ध्यान उनीहरू तर्फ जनासकेको छैन । बर्षाै देखि बसोबास गर्दै आएका तर लालपुर्जा नपाएका कारणले घरयासी काम लगायत बालबालिकाहरूको शिक्षामा समेत प्रत्यक्ष असर परेको खजुरा गाउँपालिका वडा नं ६ कि हजुरा वमले बताईन । उक्त वडामा भुमिहिन सुकुम्बासीहरूको बसोबास मात्र रहेको र हल सम्मा कसैलेपनि लालपुर्जा नपाएको वमले बताईन । चुनावको बेला सुकुम्बासीहरूलाई भोट बैंकको रूपमा प्रयोग गर्ने र चुनाव जितेर गएपछि अवस्था समेत कसैले सोध्न नआएको बताईन । २०४५ सालमा बसाएको त्यो बस्तीमा हल सम्मा कसैले पनि लालपुर्जा पाएको छैन ।

राम बहादुर कामी २०३८ साल देखि बैजनाथ गाँउपालिका ६ नं वडा २८ घर लालपुरमा बसोबास गर्दै आएका छन् । त्यही बस्तीमा बसोबास गर्दै आएका आर्थिक स्थिति राम्रो भएका मानिसहरूले २०४६ सालमा प्रति कट्ठा ११ हजार रूपैंयाका दरले तिरेर लालपुर्जा बनाए तर दैनिक छाक तार्न धौ धौ भएका अझ सम्मा लालपुर्जा पाएका छैनौ । लालपुर्जा नभएका बारणले आफ्ना बालबच्चाहरूलाई शिक्षा दीक्षा दिन नसकेको र वैदेशिक रोजगारमा समेत पठाउन नसकेको राम बहादुर कामीले बताए । हाल सम्म बाँकेको ८ पालिका मध्य ५ पालिकाले तथ्याकं उपलब्ध गराई सकेको राष्ट्रिय भुमि आयो जिल्ला समिति बाँकेका अध्यक्ष श्रवण कुमार यादवले बताए । डुडुवा गाँउपालिका, नरैनापुर गाउँपालिका र नेपालगञ्ज उपमहानपालिकाको तथ्याकं हल सम्मा उपलब्ध भएको छैन । सुकुम्बासीहरूलाई वन ऐेन र सरकारका केही नितिका कारणले लालपुर्जा वितरणमा ढिलाई भएको अध्यक्ष यादवले बताए ।

बाँकेमा अधिकंस पालिकाहरू वन क्षेत्रमा पर्ने र गाँउपालिकाले छिटो तथ्यांक उपलब्ध नगराएको देखिएको छ । वन कार्यालयले क्षेत्र तोकेर भूमि आयोगलाई काम गर्न दिए सुकुम्बासीहरूलाई छिटो लालपुर्जा उपलब्ध हुने देखिन्छ र पालिकाले छिटो सुकुम्बासीहरू याकिन गरि भुमि आयोगलाई तथ्यांक उपलब्ध गराए आयोगलाई सहज रूपमा काम गर्न सजिलो हुने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?